यस वर्ष मात्रै अमेरिकामा गोली हानी १८८ जनाको हत्या, यी हुन यस वर्षका कुख्यात गोली काण्ड

Advertisement

वासिंगटन डिसी, १० कार्तिक । अमेरिकामा गोली हानाहानका घटना अझै रोकिएका छैनन् ।

गत बुधवार अर्थात् अक्टोबर २५ मा पनि ​​माइन राज्यको लेविस्टन सहरमा भएको गोली काण्डमा कुल २२ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।

तीमध्ये केहीको अवस्था अझै चिन्ताजनक रहेको छ । घटना गराउने व्यक्ति फरार छन् । प्रहरीका अनुसार उनी मानसिक रोगी छन् । उनीसँग बन्दुक पनि छ, जसबाट उनले बुधवार अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । समाचार अनुसार बुधवार मानिसहरूमाथि अन्धाधुन्ध गोली चलाउने व्यक्तिको पहिचान रोबर्ट कार्डको रूपमा गरिएको छ। उनी अमेरिकी सेना रिजर्भमा बन्दुक प्रशिक्षक थिए।

एसोसिएटेड प्रेसका अनुसार अमेरिकामा यसरी गोलाबारी गरिएका यस वर्षको ३६ औँ घटना हो । समाचार अनुसार यस वर्ष यस्ता घटनामा कुल १८८ जनाको ज्यान गएको छ ।

यो वर्ष अमेरिकालाई हल्लाउने धेरै गोली काण्डका घटना भएका छन् । जसमध्ये चर्चित र ठुला गोली काण्डका बारेमा जानकारी दिनेछौँ ।

लेक टाउनसिप, ओहायो (अगस्त २४) – प्रहरीका अनुसार सो घटनामा तीन बालबालिकासहित एकै परिवारका पाँच जनाको गोली हानी हत्या भएको थियो ।  मृत्यु हुनेमा जेसन डनहम, उनकी श्रीमती मेलिसा र १५, १२ र ९ वर्षका छोराछोरी रहेका छन् । प्रहरीले घटनालाई घरायसी विवाद भएको बताएको छ । यद्यपि गोली प्रहार कसले गर्‍यो भन्ने खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान जारी राखेको छ ।

एलेन मल्ल, टेक्सास (मे ६) – गत मे ६, २०२३ मा टेक्सासको एलेन प्रिमियम आउटलेट मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको थियो र ७ जना घाइते भएका थिए। यस घटनापछि प्रहरीले बन्दुकधारी एक्लै भएको र उसले अचानक गोली चलाउन थालेको बताएको छ । तर, पछि प्रहरी कारबाहीमा आक्रमणकारी मारिएका थिए ।

हेनरिएटा, ओक्लाहोमा (मे १०) – यस घटनामा आक्रमणकारीले पहिले आफ्नी श्रीमती, तीन छोराछोरी र दुई साथीलाई गोली हानेर हत्या गरे र त्यसपछि आफैलाई गोली हानेका थिए । घटनापछि प्रहरीले अभियुक्त यसअघि पनि धेरै मुद्दामा जेल परेको र हालै जेलबाट छुटेको बताएको थियो ।

क्लिभल्याण्ड, टेक्सास (अप्रिल २८) – क्लिभल्याण्ड, टेक्सासमा गत अप्रिल २८,२०२३  मा एक परिवारलाई लक्षित गरेर गोली काण्ड घटाइएको थियो। प्रहरीका अनुसार आक्रमणकारीले उनको घरको आँगनमा गोली चलाएको थियो जब पीडितहरूले उनलाई रोक्न भनेका थिए। यसले आक्रमणकारीलाई रिस उठ्यो र उसले अन्धाधुन्ध गोली चलाएर पाँच जनाको हत्या गरिदिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"