अञ्जना न्यासुर तामाङ
हेटौंडा / तामाङ र ताम्सालिङ निर्माण सम्बन्धि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार हेटौंडामा सञ्चालन गरिएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा नेपाल तामाङ घेदुङ बागमती प्रदेशको समन्वयमा उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष्य कालु घलानको सभा अध्यक्ष्यता र नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष्य मोहन गोलेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो भने कार्यक्रमको उद्धघाटन जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले गर्नु भएको थियो । ताम्सालिङ प्रदेश निर्माणका लागि सबै एकजुट हौ भन्दै नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष्य मोहन गोलेले प्रशिक्षण दिनु भएको थियो ।

लोकतन्त्रिक राज्य व्यबस्थामा खतरा बडेकोले ध्यान दिनु पर्ने बताउनु हुदै तामाङ समुदायको सभ्यता र संस्कृतिको संरक्षण कसरी हुन्छ गर्नु पर्ने बताउनु भयो । जातिय अस्तित्व सहिदको बहु राष्ट्रिय समाजवादि व्यबस्थामा मात्र सयुक्त ताम्सालिङ राज्य निर्माण हुन सक्ने जिकिर गर्नु भयो । जसमा राज्यले सहजिकरणको भुमिका खेल्ने उँहाले बताउनु भयो । राज्यले तामाङ समुदायलाई मासिन्या मतवालि नाम दिएर विभेद गरेको उँहाको भनाई छ । अभियानलाई निरन्तरता संर्घषलामा जोड विद्रोहको तयारी मार्फत ताम्सालिङ प्राप्ति गर्ने लक्ष्य रहेको बताउनु भयो । आन्दोलनको निशाना जातिगत नरहेको र सरकारलाई केन्द्रित गरेर अगाडि बडेको बताउनु भयो ।
q






























