काठमाण्डौ / बुधबार पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । तराईका धेरैजसो ठाउँमा हुस्सुले ढाकेको छ । मौसमविद्ले चिसोबाट जोगिन र सावधानी अपनाउन आग्रह गर्नु भएको छ ।

अरु बाँकी ठाउँहरुमा आजको मौसम सामान्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । आज राति पनि कोशी, गण्डकी र बाग्मती प्रदेशका क्षेत्रमा मौसम आंशिक बदली नै रहने अनुमान गरिएको छ ।
उज्यालो अनलाईनबाट साभार गरिएको





























