काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका विदेशमन्त्री एस. जयशंकरसँग कम्पालामा भेटवार्ता गर्नु भएको छ ।

युगान्डाको राजधानी कम्पालामा शुक्रबार सुरु भएको असंलग्न आन्दोलन अभियान नाम का मुलुकहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री दाहाल र विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेटवार्ता भएको हो । उक्त अवसरमा दुई पक्षीय हित र सहकार्यबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका अधिकारीले जनाएको छ ।





























