हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका -२ स्थित बौद्ध माणि टासी गुम्बामा आईतबार देखि फुर्पा बज्रकिलाया पुजा आर्य अपारमिताको पुजा सुरु भएको छ ।

बौद्ध माणि समिति टाशी हिदे गुम्बाको आयोजनामा तिन दिवसीय पुजा आर्य अपारमिताको पुजा आईतबार देखि सुरु भएको हो । पुजामा वाङ अभिषेक कार्यक्रम र केहि महत्वपुर्ण धार्मिक प्रवचन ज्याङम्याङ कुश्याब् रिन्पोछेको निर्माण कार्य अवतारी रुद्धेय धर्म गुरु टुल्कु साङ्गे शेडुब् तेन्जिेन रिपोन्छेको प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष्य कालु घलानको सभा अध्यक्ष्यतामा पुजा भएको हो । पुजाको पहिलो दिन उद्धघाटन सर्तमा औतारी गुरु टुल्कुको पर्व जनमको जिवन ब्षख्या गरिएको थियो । कार्यक्रम मंगलबार सम्म चल्ले समितिका अध्यक्ष्य कालु घलानले बताए ।





























