हेटौंडा/ मकवानपुरको थाहा नगरपालिकामा ल्होछारको अवसरामा बृहत सांकृृतिक मेला हुने भएको छ । 
तामाङ समुदायको नयाँवर्ष सोनाम ल्होछार २८६० डुकर मु पुखी ९गरुड वर्ग० को अवसरमा यही माघ २७ गते शनिबार थाहा नगरपालिका वडा नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालयको चौरमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । नेपाल तामाङ घेदुङ थाहा नगरको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक अभियानको लागि ल्होछारका साथ तामाङ समुदायको कला, संस्कृति, भेषभुषा र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य सहित ल्होछारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको घेदुङ थाहा नगरका अध्यक्ष दिपक थिङले जानकारी दिनुभयो।
ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रममा तामाङ संस्कृति, भेषभुषा ,गरगहना,बाजाका साथै विभिन्न खानाको स्टलहरु,झाकी राखिने र थप मनोरञ्जनका लागि भने चर्चित गायकरगायिकाहरु,मिङ्स लामा,सुजना रुम्बा,अमिर भोम्जन,रजनी लामा,उत्सव सुब्बा लामा,धिरेन लामा का साथै चर्चित गायिका आशा लामा सहित मकवानपुर आइडल,थाहा आइडल र हेटौंडा आइडलको समेत बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
ल्होछार मेलाको सांस्कृतिक कार्यक्रम जनकल्याण माध्यामिक विद्यालयको प्रागणमा २७ गते बिहान १० बजेबाट सुरु हुनेछ उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन र भरपुर मनोरञ्जन लिनका लागि सम्पूर्ण ल्होछार प्रेमी दर्शक महानुभावहरुलाई आयोजकको तर्फबाट निमन्त्रणा गरिएको छ ।





























