हेटौंडा/ हेटौंडाको कान्तिलोकपथ अन्तर्गत सडकखण्डमा हेटौंडा–५ पिप्ले राधाकृष्ण मन्दिर नजिक मयुरी र ट्रक एक ठोक्किदा मयूरीमा सवार र चालक घाइते भएका छन् ।

ना १ ह १९१८ नम्बरको मयूरी र विपरीत दिशाबाट आइरहेको ना ६ ख ६५१० नम्बरको ट्रकसँग ठक्कर खादा अटोमा सवार हेटौंडा ७ का ८१ वर्षीय हेम बहादुर खड्का र मयूरी चालक हेटौंडा ५ बस्ने रामेश्वर साह घाइते भएका हो । खड्काको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीवे जनाएको छ । मयूरी चालकको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई वडा प्रहरीले नियन्त्रणमा लिएको छ ।





























