हेटौंडामा २७ गते सोनाम ल्होछार महोत्सव हुने

Advertisement
हेटौंडा/आगामी माघ २७ गते हेटौंडा–१०,स्थित टिसिएन चौरमा तामाङ साँस्कृतिक महोत्सव–२०८० हुने भएको छ । तामाङ समुदायको पर्व २८६० डुक (मु÷पुख्री) ल्हो सोनाम ल्होछारको अवसरमा तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले महोत्सव मनाउने भएको हो । घेदुङले पत्रकार भेटघाट कार्यक्रममार्फत् तामाङ समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव मनाउन लागेको जनाएको छ।  पुरानो वर्षको १२ औं महिनाको पहिलो दिन अनौपचारिकरूपमा मनाइने उक्त पर्वमा तामाङ भेषभुषा झल्काउने पोशाकदेखि परिकारहरु प्रदर्शनमा राखिनेछ । यस्तै, लामा, बोम्बो, ताम्बाडम्फुरेसहितको ¥याली तथा झाँकी प्रदर्शनसमेत गरिने छ ।
महोत्सवमा तामाङ्ग कलाकार संघ मकवानपुरको समन्वय रहने छ। कार्यक्रममा शुभकामना आदानप्रदान तथा सम्मान, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ जसमा सञ्जीव वाईबा, निमा पाख्रीन, जीवन बोम्जन, अविरम मोक्तान, धिरेन लामा, अनराज तामाङ, बिक्रम लुङ्बा, सुजना रुम्बालगायतको  प्रस्तुतीहरु रहनेछन । यस्तै बिमला थिङ, साम्तेन मोक्तान, सोयल लामा, केशर मोक्तान, आशाराम थिङ, सुशिल थिङ, समीर थिङ र अस्मिता तितुङको पनि प्रस्तुती रहनेछ ।
महोत्सवमा ८ वटा स्टलहरु रहने, १० लाख रुपैयाँ खर्च हुने र करिव १० हजारले अवलोकन गर्ने अनुमान छ । घेदुङ, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष कालु घलानकाअनुसार उक्त महोत्सवले तामाङ समुदायको संस्कृति संरक्षण र सम्बर्धनमा सहयोग पुग्ने उनको भनाई छ । यस वर्ष तामाङ समुदाय र शेर्पा समुदायको ल्होछार एउटै दिन परेको घलानले जानकारी दिए । उक्त दिन तामाङ समुदायले सोनाम ल्होछार मनाउने छन् भने शेर्पा समुदायले ग्याल्पो ल्होछार मनाउने छन् ।
सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरुको साझा पर्व हो । सोनाम ल्होछारमा किसानले बालिनाली उठाएपछि मनाइने पर्व पनि हो ।  तामाङ समुदायले पनि सोनाम ल्होछार नयाँ वर्षको आरम्भको रुपमा मनाउने पर्व हो । ल्होछार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष १२ वटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तैः मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ र बाह्र वर्ष समाप्तपछि फेरि उही नाम दोहो¥याउने गरिन्छ ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"