शुभराज भोम्जन
दक्षिण कोरिया । कोरियन पर्व सलनालको अवसरमा सलनालको दोश्रो दिन १० फेब्रुअरी २०२४ मा आयोजना हुने सलनाल नेपहपमा र्यापर टुकी नआउने पक्का भएको छ । र्यापर टुकी नआए पनि गायक अनिल सिंह र स्थानिय कलाकारहरुले माहोल तताउने भएको छ ।

हार्मोनी भाइबले आयोजना गरिएको रात्रीकालिन कार्यक्रममा र्यापर टुकी आउने भनेर प्रचार गरेता पनि भिषाको कारणले आउन नपाएको आयोजक संस्थाका सदस्य नबिन नापीतले जानकारी दिएको छ । सुवनमा हुने उक्त रात्रीकालिन कार्यक्रममा गायक अनिल सिंह संगै स्थानिय कलाकारहरु दोर्जे जोजो, डिजे आएक्स, बिक्रम लामा, डिजे सबिर र दोर्जे भाञ्जा लगायतको प्रस्तुती रहने छ ।
हाल सम्म कार्यक्रमको लागि गर्नुपर्ने सबै तयारीहरु पुरा भैसकेको जनाएको छ । सामाजिक सेवाभावका साथ आयोजना गरिएको कार्यक्रम भएकोले सहभागिताको लागि लाबा न्युज मार्फत आयोजक संस्थाका सदस्य नबिन नापितले सार्वजानिक रुपमा आह्वान समेत गरेका छन् ।





























