हेटौंडा / हेटौंडामा खेलकुद पत्रकारिता तालिम आज बिहिबार देखि सुरु भएको छ । खेलकुद पत्रकार मञ्च मकवानपुरको आयोजना तथा जिल्ला फुटबल संघ मकवानपुरको सहयोगमा मकवानपुरका सञ्चारकर्मिहरुलाई २ दिने तालिम सञ्चालन गरिएको हो ।

जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका राम लामाको प्रमुख आतिथ्यता र खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष सुबाश विडारिको नेतृत्वमा तालिमको आयोजना भएको छ । तालिमको पहिलो दिन सन्दिप मिश्रले प्रशिक्षण दिएका थिए । यसै गरि सुक्रबार माघ २६ गते सम्म तालिम चल्ने जनाएको छ ।





























