काठमाडौं /आज बिहानैदेखि देशैभर बादल लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान पोखरा र विराटनगरमा फाट्टफुट्ट वर्षा भएको सूचना आएको महाशाखाका मौसमविद सन्जिव अधिकारीले जानकारी दिए । यद्यपि वर्षाको मात्राको आधिकारिक तथ्यांक भने केही घण्टापछि आउने उनले बताए । उनका अनुसार बुधबार काठमाडौं उपत्यकामा पनि फाट्टफुट्ट वर्षाको सम्भावना छ । तर आजभन्दा भोलि वर्षाको झन् धेरै सम्भावना रहेको उनले बताए ।





























