हेटौंडा/ निर्माण व्यवसायी संघ मकवानपुरले मनहरी गाउँपालिकाका राजनीतिक दलले अपमान गरेको आरोप लगाएको छ । जिल्लामा रहेका निर्माण व्यवसायीहरुको छाता संगठनले मनहरीमा रहेको ५ राजनीतिक दलले निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरिएको प्रति खेद प्रकट गरेको हो ।

मनहरी गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुलमै सभा गरी स्थानीय ५ वटा राजनीतिक दलले २०८०÷११÷११ गते नाराबाजी र भाषण गरी अवरोध पु¥याएकोप्रति संघको ध्यानाकर्षण भएको छ । संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यस जेभीसँग कानुनीरुपमा बागमती प्रदेशसभा सदस्य माननीय इन्द्रबहादुर बानियाँको कुनै पनि संलग्ना नरहेको अवस्थामा निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरिएको प्रति हामी खेद प्रकट गर्न चाहान्छौं ।’
संघ अध्यक्ष बालगोपाल कडेँलद्वारा जारी विज्ञप्तिमा पक्की पुल निर्माण कम्पनी हिराचन–बानियाँ जेभीले चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको, गाउँपालिकासँग पुल निर्माण सम्पन्न गर्ने सम्झौताको मिति बाँकी नै रहेको अवस्थामा राजनीतिक आवरणमा विनाआधार सम्बन्धि पक्षसँग छलफल र समन्वय नगरी गरिएको विरोधको यस संघ भत्सर्ना गर्ने बताए ।
उनले पुल निर्माणस्थल राष्ट्रिय निकुञ्जको क्षेत्राधिकार भित्रपर्दा भएको प्राविधिक कठिनाई, वर्षायाममा बाढीका कारण भएको क्षती, ढुंगागिट्टी, बालुवा जस्ता निर्माण सामग्रीको उपलब्धतामा भइरहेको कठिनाइलगायत असहजतालाई झेलिरहेको परिस्थितिमा राजनीतिक दलले सहयोग गर्नुपर्नेमा उल्टै आन्दोलन गर्नु दुःखद् भएको बताए । स्थानीय राजनीतिक दललाई तत्काल पुल निर्माणमा सहजता प्रदान गरी तोकिएकै समयमा काम सम्पन्न गर्ने वातावरण तयार पारिदिन समेत यस अनुरोध गरेका छन् ।





























