गाजा /इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार आक्रमणवाट ११० जना घाइते भएका छन् ।

इजरायल–हमास द्वन्द्व शुरु भएदेखि हालसम्म प्यालेस्टिनी घाइतेहरूको कुल सङ्ख्या ७० हजार ३२५ पुगेको छ । केही पीडितहरू अझै भग्नावशेषमुनि रहेको अनुमान छ । बुधबार इजरायली मिडिया आउटलेटले गाजा पट्टीको लडाइँमा दुई अधिकृतको मृत्यु भएको र ७ जना सैनिकहरू घाइते भएको बताइएको छ । योसँगै मृत्यु हुने सैनिकको सङ्ख्या ५८२ पुगेको छ ।
रातोपाटिबाट साभार गरिएको





























