हेटौंडा/ राष्ट्रिय युवा संघ हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा अनिल काफ्ले चयन भएका छन् । शनिबार हेटौंडामा भएको राष्ट्रिय युवा संघको भेलामा कार्य समिति चयन गरिएको हो ।

उपाध्यक्ष पदमा गोबिन्द नेगि, सचीव अर्जुन दुलाल, सह सचीव मनिसा लामा, सह– सचीव सचीन राई, कोषअध्यक्ष बिज्ञान नेपाल गरी ४५ सदस्यलाई कार्यसमितिमा चयन गरिएको हो ।





























