हेटौंडा । हेटौंडा उपमहनगरपालिका वडा नम्बर–१० टिप्परको ठक्करबाट घाइते भएका स्कुटर चालक भिम बिडारीकाे उपचारका क्रममा मृत्यु भएको छ ।

पुर्व पश्चिम सडक खण्डमा कर्रातर्फ बाट बसपार्क तर्फ आउदै गरेको बा प्र ०३–००५ प ३५११ नबरको को स्कुटरलाई बसपार्कबाट कर्रातर्फ जादै गरेको प्र २–०३–००१ ख ६८५४ नंबरको टिफरले ठक्कर दिँदा हेटौंडा –११ थानाभर्याङ बस्ने ५५ वर्षिय भ बिडारीको उपचारका क्रममा मृत्यु भएको हो ।
टिफरको ठक्करबाट घाइते भएका बिडारीको हेटौंडाको चुरेहिल अस्पताल हुँदै भरतपुर अस्पतालमा उपचारका क्रममा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।





























