काठमाडौँ / पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित प्राइम बहुउद्धेश्यिय सहकारीको निक्षेप हिनामिना गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

पोखराको विभिन्न ठाउँमा ८ जनालाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा निवर्तमान अध्यक्ष ६६ वर्षीय निदेश प्रसाद कोइराला, अध्यक्ष ४३ वर्षीय शंकर कार्की, ब्यवस्थापक ३६ वर्षीया निरु थापा केसी, ३७ वर्षीय सुरेन्द्र मणी पौडेल, कानुनी सल्लाहकार इन्द्र प्रसाद बराल, पूर्व कोषाध्यक्ष ५२ वर्षीय कुलदिप भट्टराई, कर्जा अधिकृत ३० वर्षीय सुनिल थापा र सल्लाहकार मान बहादुर गुरुङ छन् । सहकारीका पदाधिकारीहरू र पूर्व सञ्चालकहरूले १ अर्ब ५४ करोड १५ लाख निक्षेप अपचलन गरेकोबारे अनुसन्धान गर्न सहकारी रजिष्टारको कार्यालयले लेखेर पठाएको एसपी थापाले जानकारी दिए ।





























