साउदी अबरमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र

Advertisement

काठमाडौँ / साउदी अबरमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र परेका छन् । उनीहरुले कम्पनीले लामो समयदेखि तलब नदिएको र जसका कारण खानबस्न समेत समस्या भएको भन्दै उद्धारका लागि आग्रह गरेका छन् ।

फाईल फोटो,

काठमाडौँको नयाँ बानेश्वरस्थित इशान इन्टरनेशनल ओभरसिजबाट साउदी अरबको खोबरस्थित ‘एफएमएके कन्ट्रयाक्ट्रिङ ईस्ट’ मा गत अक्टोबरदेखि विभिन्न मितिमा त्यहाँ पुगेका नेपाली श्रमिकहरू अलपत्र परेका हुन् । कम्पनीले काम सुरु गरेयता कसैलाई ३ महिना र कसैलाई दुई महिनाको तलब दिएपनि त्यसपछि भने भुक्तानी नगरेको पीडितहरूले बताएका छन् ।

कोठा दुर्गन्धित, साँघुरो र भिडभाडयुक्त रहेको र खान पनि समस्या रहेको भन्दै उनीहरुले साउदीस्थित नेपाली दूतावास, सम्बन्धित मेनपावर तथा सरोकारवालासँग उद्धारका लागि हारगुहार गरेका छन् । उनीहरुले दूतावासमा दिएको निवेदनमा आफूहरूलाई छिटोभन्दा छिटो उद्धार गरेर नेपाल पठाउन आग्रह गरेका छन् । तर, दूतावासले अहिलेसम्म पहलकदमी नलिएको पाइएको छ । मेनपावरका प्रतिनिधि जेबी सापकोटाले भने अधिकांशको समस्या समाधान गरिएको दाबी गरे । यस्तै केहीको समस्या समाधानको प्रक्रियामा रहेको उनको जिकिर थियो । तर, पीडितहरूले भने मंगलबारसम्म कसैको पनि समस्या समाधान नभएको बताउँदै मेनपावर गैरजिम्मेवार बनेको आरोप लगाए ।

रातोपाटीबाट

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"