हेटौंडा / मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं-५ बाघखोरमा करेन्ट लागेर रोहित रुम्बाको मृत्यु भएको छ । १३ बर्षीय रुम्बाको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार दिउँसो बाघखोरस्थितमा रोड निर्माणको लागि खडा गरेको अमर कन्ट्रक्सनको बाघखोर क्रसरको ट्रान्समिटरको तारमा छुन जाँदा अचानक करेन्ट रुम्बाको मृत्यु भएको हो । उनी मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





























