हेटौंडा/ हेटौंडा सिमेन्ट उद्योग नेकपा माओवादी केन्द्र निकटका अखिल नेपाल औद्योगिक मजदुर सङठनका ४१ जना मजदुरहरुले सङगठन परित्याग गरेका छन् । संगठन परित्याग गरि नेकपा एकीकृत समाजवादी पार्टी निकट एकीकृत ट्रेड यूनियन महासंघको घटक संगठन नेपाल औद्योगिक मजदुर संगठनमा प्रवेश गरेका छन् ।

मजदुर संगठन इकाई कमिटी हेटौंडा सिमेन्ट उद्योग लिमिटेड गठन गर्ने भन्दै दिपक सिं थोकरको संयोजकत्वमा तदर्थ समिती समेत गठन गरिएको हो । समितिमा काशीनाथ सुवेदी , भरत ठाकुर , अनिलकुमार महासेठ , राम बहादुर थापा , गजेन्द्र कुमार पण्डित , भिमबहादुर वाइबा , शुसिला भ्लोन , जुनु अधिकारी , छुनु अधिकारी , कौशल कुमार शाह , सन्तोष प्रधान लगायतका रहेका छन् । नवगठित समितिलाई बधाई दिन्दै एकीकृत ट्रेडयूनियन महासङ्गका केन्द्रिय उपाध्यक्ष दिनेश राई , पार्टी का केन्द्रिय सदस्य मुनु सिग्देल , नगर प्रमुख मिनाकुमारी लामा , प्रदेश कमिटी सदस्य गायत्री सुवेदी , जिल्ला अध्यक्ष बिस्णु दाहाल , सचीव धुर्ब भुजेल लगायतले स्वागत गर्दै बधाई दिएका थिए । कार्यक्रममा नेकपा एसका रास्ट्रीय प्रतिनिधि परिषद सदस्य यादव गजुरेल , जिल्ला कमिटी सदस्य तथा मजदुर इन्चार्ज दिपाक बस्नेत लगायतकाको उपस्थित रहेको थियो ।





























