हेटौंडा/ नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले यहीँ जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएको थियो ।

उक्त मितिमा मतदान नहुने भएको छ । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रमौ मतदान गर्नेगरी मिति तय गरिने नेपाल पत्रकार महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।





























