मनोरञ्जन

‘1974 AD’ ब्यान्डले दक्षिण कारियामा सांगीतिक प्रस्तुति दिने

‘1974 AD’ ब्यान्डले दक्षिण कारियामा सांगीतिक प्रस्तुति दिने

Breaking News 2, अन्तर्राष्ट्रिय, मनोरञ्जन, समाचार
दक्षिण कोरिया/ '1974 AD' ब्यान्डले दक्षिण कारियामा सांगीतिक प्रस्तुति दिने भएको छ । जनवरी २८ तारिखमा सउलमा कोरियनहरूको नयाँ वर्ष सलनालमा “माछापुछ्रे सांगीतिक सौगात भाग ४ मा ब्यान्डले आफ्नो प्रस्तुति राख्ने भएको हो । कास्की परिवार दक्षिण कोरियाको आयोजनामा हुने उक्त कार्यक्रममा ब्यान्डले यो मन त मेरो नेपाली हो लगायत अन्य प्रख्यात गित लाईभ प्रस्तुति दिने छन् । जस्तै सम्बोधन तिमिलाइ, पहिलो जुनीमा, परेलीमा लुकाइ राखन, धेरै धेरै आउछ चर्चित गितहरुको प्रस्तुति राख्ने आयोजकले जनाएको छ । नेपाल सम्पर्क सामितिको सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा कार्यक्रम हुन लागेको हो ।...
आस्मान लोप्चनको “हाम्मैसरी खाईलाला” सार्वजनिक

आस्मान लोप्चनको “हाम्मैसरी खाईलाला” सार्वजनिक

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/ नेपाली सेलो जगतको प्रख्यात गायक आस्मान लोप्चनको "हाम्मैसरी खाईलाला" नामक बोलको गित भिडियो सहित सार्वजनिक भएको छ । "खान्दोके सेले" भाकामा रहेको उक्त गित सहितको भिडियो "क्लिक नेपाल " को अफिसियल युट्युब च्यानलमा भएको हो । उक्त गितमा लोप्चन आफैँले स्वर दिएका छन् भने तामाङ सेले जगतको चर्चित गायिका रोस्ना लुङ्वाले उनलाई साथ दिएकी छिन् । र जोगलाल लामाले व्यबस्थापन गरेका छन् भने मिक्स मास्टर अर्पण थेङले गरेका छन् । उक्त गितको भिडियोमा लोप्चन, प्रिया मोक्तान, रोशना , सञ्जिला लामा, सोनी लामा , विशाल लामा, समिर तामाङ, बिबास लामाले अभिनय गरेका छन् ।"हाम्मैसरी खाईलाला" बोलको गित एक प्रकारको "खान्दोके सेले" गित हो । "खान्दोके सेले" तामाङ सेले भित्रको एक भेगिय मौलिक भाका हो जुन नेपालको सिन्धुपाल्चोेक क्षेत्रमा गाईने गरिन्छ । जुन भाका लोप हुन दिनु हुदैन भन्ने मान्यतालो लोप्चनले खान्दोके सेलो भ...
मङ्सिर १५ गते भिटेन हेटौँडा आउने

मङ्सिर १५ गते भिटेन हेटौँडा आउने

Breaking news 3, मनोरञ्जन, समाचार
हेटौँडा/ भदौ २९ गते हेटौँडाको नागस्वतीमा हुने भनिएको समर म्युजिक फेस्टिभल अब मङ्सिर १५ गते हेटौँडामा आयोजना हुनेछ। पिस नेपाल इन्टरटेन्मेन्टद्वारा आयोजित यस कार्यक्रममा चर्चित र्याप कलाकार भिटेनको विशेष प्रस्तुति हुनेछ। मौसमी परिस्थितिका कारण स्थगित भएको यस कार्यक्रमलाई अब झनै भव्य र आकर्षक रूपमा आयोजना गर्नका लागि आयोजक तयारीमा जुटेका छन्। कार्यक्रमको बारेमा पिस नेपाल इन्टरटेन्मेन्टका प्रबन्धक बाबु तितुङले भने, “हामी समर म्युजिक फेस्टिभलको आयोजना मङ्सिर १५ गते भव्यतासाथ गर्ने तयारीमा छौं । यस पटक कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक बनाउने योजना छ र जनसहभागिता पनि अत्यधिक हुने विश्वास छ।“ यसअघि दशैं म्युजिक फेस्टिभलको आयोजना गर्दा ७ हजारभन्दा बढी दर्शकहरूको सहभागिता रहेको थियो। यस सफलता र जनसहभागिताबाट उत्साहित हुँदै तितुङले थपे, “दशैं म्युजिक फेस्टिभलको सफलता पछि हामीले यस पटक हेटौँडा–७ ...
‘ह्रस्व दीर्घ’ कार्तिक ३० गते नेपाली र हिन्दीमा एकै दिन रिलिज हुने

‘ह्रस्व दीर्घ’ कार्तिक ३० गते नेपाली र हिन्दीमा एकै दिन रिलिज हुने

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा / अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ। निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बिक्री प्रक्रिया पूरा गर्दै कार्तिक ३० गते नेपालमा सिनेमा प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ। विदेशमा भने ‘ह्रस्व दीर्घ’ मंसिर ७ गतेबाट नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जानकारी प्राप्त भएको छ। निर्माता नीता ढुंगानाले यस सिनेमा विदेशको हिन्दी रिलिज अधिकार पनि सेभेन सिजले खरिद गरेको उल्लेख गरिन्। यस कम्पनीका सञ्चालक विनोद पौडेलले सिनेमा बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छन्। सिनेमा दक्षिण भारतीय र बलिउड कलाकारहरूको अभिनय समावेश भएको कारण निर्माताले भारतमा प्रथामिकताका साथ तेलुगु भाषामा पनि रिलिज गर्ने योजना बनाएको अभिनेता हरिहर अधिकारीले जानकारी दिए। भारतीय वितरकहरूले पनि सिनेमा प्...
‘खुस्मा’ को जेछन शो नोभेम्बर ३ मा हुने

‘खुस्मा’ को जेछन शो नोभेम्बर ३ मा हुने

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी द्धारा अभिनीत नेपाली कथानक चलचित्र खुस्माको जेछन शो आँउदो नोभेम्बर ३ तारिखमा हुने भएको छ । जेछन नेपाली समाज दक्षिण कोरियाको आयोजनामा चलचित्रको प्रदर्शन गर्न लागिएको हो । निर्देशक अशोक थापा मगरले निर्देशन गरेको उक्त चलचित्रको सौल प्रिमियर शो गत हप्ता भव्यताका साथ सम्पन्न भएको थियो । चलचित्रको सौल शोमा नायक धिरज मगरको पनि उपस्थिति रहेको थियो । चलचित्रलाई जेछन स्थित रहेको कम्युनिटी सेन्टरको हलमा देखाउने आयोजकले जानकारी दिएको छ । चलचित्र दिउसो १२ः०० बजे देखि सुरुहुने जनाएको छ ।...
हेटौंडामा लाईभ सेलो साँझ , प्रकाश र सुमीना को प्रस्तुतिमा झुमिए दर्शक

हेटौंडामा लाईभ सेलो साँझ , प्रकाश र सुमीना को प्रस्तुतिमा झुमिए दर्शक

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/ मकवानपुर जिल्लामा प्रथम पटक लाईभ सेलो साँझ शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ । एक तामाङ घर एक डम्फु भन्ने मुल नाराका साथ डम्फु र टुङ्गना प्रशिक्षण सहयोगार्थ लाईभ सेलो साँझ कार्यक्रको आयोजना गरिएको हो । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र तामाङ कलाकार संघको सहयोग र ओपेरा ईन्फोटेन्मेन्ट सिने प्रा.लि द्धारा आयोजित कार्यक्रममा चर्चित गायक प्रकाश तामाङ तितुङ र गायिका सुमिना लो तामाङले आफ्नो भव्य रुपमा प्रस्तुति दिएका थिए । उनिहरुले तामाङ सेलो गित जगतमा ख्याति प्राप्त क्याम्साङ गैरीला आङीला जामे हाई नक्कली, नक्कली कान्छिलाई राख्छु सुखले,ज्यान च्याङ्बा,कदुमी ख्लाङ्बा रुलुलु, सप्तरङ्गि भाई टिका लगायत सेलो गितलाई प्रस्तुत गरेका थिए । कार्यक्रम हेटौंडा २ स्थित पल्पसा सदनमा सञ्चालन गरिएको थियो । सेलो साँझमा रम्न ६ सय भन्दा माथि दर्शकहरुको उपस्थित रहेको थियो । सेलो गित प्र...
‘खुस्मा’ को सौल शो हाउसफुल, नायक धिरज मगरले दर्शक सँगै बसेर चलचित्र हेरे 

‘खुस्मा’ को सौल शो हाउसफुल, नायक धिरज मगरले दर्शक सँगै बसेर चलचित्र हेरे 

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन  दक्षिण कोरिया । अशोक थापा मगर द्वारा निर्देशित नेपाली कथानक खुस्मा को सौल शो हाउसफुल भएको छ । बाढी पहिरो पीडित सहयोगार्थ नेपाल स्नुकर एशोसिएसन दक्षिण कोरियाको आयोजनामा आइतबार खुस्माको सौल शोको आयोजना गरिएको हो । छोटो तयारीको बावजुत पनि शो हाउसफुल हुन सफल भएको छ । कोरियाको दर्शकहरूले सोही चलचित्रको नायक धिरज मगर सँगै बसेर चलचित्र हेरेका छन् । चलचित्रको सौल शोको अवसरमा दक्षिण कोरिया आएका नायक मगरले सुरु देखि अन्तिम सम्म दर्शक सँगै बसेर चलचित्र हेरेको थियो । नायक मगरले पनि कोरियाको दर्शक सँगै बसेर आफ्नो चलचित्र हेर्न पाउदा खुसी लागेको बताएका थिए । चलचित्र दक्षिण कोरियाको अन्य बिभिन्न शहरहरूमा पनि प्रदर्शन हुने तयारीमा रहेको जनाएको छ । चलचित्रमा नायक मगर सँगै नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको छ ।...
खुस्माको सौल शोमा नायक धिरज मगर आउने 

खुस्माको सौल शोमा नायक धिरज मगर आउने 

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, मुख्य समाचार
शुभराज भोम्जन  दक्षिण कोरिया । यही २० तारिकमा  सौलमा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र खुस्माको नायक धिरज मगर दक्षिण कोरिया आउने भएका छन् । नायक मगर दक्षिण कोरिया आउने भएपछि दर्शकहरूले नायक मगर संगै बसेर चलचित्र हेर्न पाउने भएका छन् । दक्षिण कोरियामा रहेको नेपाली दर्शकहरू सँग सँगै बसेर चलचित्र हेर्ने र कोरियामा रहेको नेपाली सिनेमाको शुभेच्छुक तथा समर्थकहरु संग भेटघाट गर्ने उद्धेश्यका साथ नायक मगर दक्षिण कोरिया आउन लागेको हो । चलचित्र प्रदर्शनीबाट फाइदा बसेको रकम नेपालमा बाढी पीडितहरूको लागि सहयोग गर्ने उद्देश्यका साथ नेपाल स्नुकर एशोसिएसन दक्षिण कोरियाले चलचित्र प्रदर्शन गर्न लागिएको हो । दक्षिण कोरियाको थेगु, जेजु, जेछन, जिन्छन मुगुक संगै अन्य विभिन्न शहरहरूमा पनि फरक फरक मितिमा चलचित्रको प्रदर्शनी गर्ने जनाएको छ । यही २० तारिक सौलको दोङदेमुन स्थित जोङरो कुक्मीनह्वेगनमा प्रदर्श...
थेगुमा “दिपावली डिजे नाइट डान्स पार्टी” हुँदै

थेगुमा “दिपावली डिजे नाइट डान्स पार्टी” हुँदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । फिटनेश नेपाल थेगु शाखाको आयोजनामा दिपावली डिजे नाइट डान्स पार्टी हुने भएको छ । आउदो नोभेम्बर २ तारिकको राती थेगु क्षेत्रमानै पहिलो पटक दिपावली डिजे नाइट डान्स पार्टी हुन लागेको हो । नेपाली पर्व दिपावलीको अवसर पारेर कार्यक्रम आयोजना गर्न लागिएको हो । उक्त रात्रिकालिन कार्यक्रममा डिजे छिरिङ, डिजे जुन, र्यापर रुबिन लगायतको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । थेगु स्थित 국빈관관광나이트 (대구동구) मा हुन लागेको उक्त कार्यक्रम साँझ ७ बजे देखि डोर ओपन भई र विहान ५ बजे सम्म कार्यक्रम चल्ने जनाएको छ । कार्यक्रममा सहभागि भई सफल पारिदिनको लागि आयोजकले लाबा मिडिया मार्फत आह्वान समेत गरेका छन् ।...
धिरज मगर र उपासना सिंह ठकुरी अभिनीत चलचित्र “खुस्मा” दक्षिण कोरियामा प्रदर्शन हुँदै

धिरज मगर र उपासना सिंह ठकुरी अभिनीत चलचित्र “खुस्मा” दक्षिण कोरियामा प्रदर्शन हुँदै

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी अभिनीत नेपाली कथानक चलचित्र “खुस्मा” दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ । । नेपाल स्नुकर एशोसिएसन दक्षिण कोरियाको आयोजनामा आउँदो अक्टोबर २० तारिकको दिन शौल सो हुने भएको छ । सौलको दोङदेमुन स्थित जोङरो कुक्मीनह्वेगनमा प्रदर्शन गर्न लागिएको हो । आयोजकले बताए अनुसार चलचित्र प्रदर्शन बाट भएको मुनाफा नेपालमा बाढी पहिरो पीडितहरूको लागि सहयोग गरिने जनाएको छ । सामान्य प्रवेश शुल्क २५ हजार कोरियन तोकिएको छन् भने विद्यार्थीको लागि २० हजार कोरियन वन प्रवेश शुल्क तय गरिएको छ । त्यसैगरी तमु धीं दक्षिण कोरिया थेगु शाखाले पनि थेगु स्थित खेम्यङ थेहाक्योको हलमा अक्टोबर २७ मा सोही चलचित्र प्रदर्शन गर्ने भएको छ । चलचित्रमा नायक धिरज मगर नायिका उपासना सिंह ठकुरी, माउत्से गुरुङ, राज थापा काउछा, सुजता राई, अरुन मगर,संगीता थापा लगायतका कलाकारहरूको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"