अन्तर्राष्ट्रिय

विश्व कप क्रिकेट लिग–२ को तेस्रो खेलमा आज नेपाल र नामिबिया खेल्दै

विश्व कप क्रिकेट लिग–२ को तेस्रो खेलमा आज नेपाल र नामिबिया खेल्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद
काठमाण्डौ/ नेपालले सन् २०२४ को आईसीसी विश्व कप लिग–२ को तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । नामिबिया र नेदरल्यान्ड्सबीच अस्ति सोमवार भएको खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र नामिबियाबीच अहिलेसम्म ७ वटा खेल भएका छन् । नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित हुँदा एउटा खेल नतिजाविहीन भएको छ ।...
नेपालले सिरियालाई हराए – वाफ महिला च्याम्पियनसिप

नेपालले सिरियालाई हराए – वाफ महिला च्याम्पियनसिप

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाण्डौ /वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले सिरियालाई हराएको छ । साउदी अरेबियाको राजधानी रियादमा रहेको किङ्ग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा नेपालले सिरियालाई ४–१ गोलले जितेको हो । नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी (साम्बा) र रेखा पौडेलले समान एक/एक गोल गरेका हुन् । नेपाल प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । नेपालले दोस्रो खेलमा भोलि इराकसँग प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।...
नेपाली राजदूतावास दक्षिण कोरियाले विविध विषयमा अन्तरकृया कार्यक्रमको आयोजना गर्दै

नेपाली राजदूतावास दक्षिण कोरियाले विविध विषयमा अन्तरकृया कार्यक्रमको आयोजना गर्दै

Breaking news 3, अन्तर्राष्ट्रिय, प्रवास, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली राजदूतावास दक्षिण कोरियाले बिबिध विषयमा अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको छ । आउदो २४ फेब्रुअरीको दिन राजदूतावास परिसर सौलमा अन्तरकृया कार्यक्रमको आयोजना गरिने दूतावासले जारी गरेको सुचना पत्रमा उल्लेख गरिएको छ । दक्षिण कोरियामा कृयाशिल बिभिन्न संघ संस्थाहरुको नाम उल्लेख गरि जारी गरिएको सुचना पत्रमा उल्लेख गरेअनुसार कामदारहरुको समस्या र समाधानका उपायहरु, भ्वाईस फिसीङ, अनाधिकृत बैकिङ कारोबार, नेपाली विद्यार्थीहरुको समस्या र समाधानका उपायहरु,नेपाली समाज र स्थानिय सरकारबिचको सम्बन्ध र नेपाली समाजको भूमिका, नेपाल र कोरियाबीच कुटनैतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिक उत्सब मनाउने सम्बन्ध, नेपालको कला र सँस्कृतिको प्रचार/प्रसार तथा नेपाल डे मनाउने सम्बन्ध, कोरियन अध्यागमन कानुन उल्लघन र विभिन्न अभियोगमा कोरियाको जेलमा रहेको नेपालीहरुको विषयमा जानकारी ...
मलेसियाविरुद्ध टस जितेको नेपालले पहिले ब्याटिङ गर्दै

मलेसियाविरुद्ध टस जितेको नेपालले पहिले ब्याटिङ गर्दै

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं / नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेसियाको बायोमास ओभलमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माल टस जितेर पहिला ब्याटिङ रोजेकी हुन् । विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुग्नुको साथै एसिया कपमा स्थान बनाएको छ । जितका लागि ७१ रनको विजयी लक्ष्य पछ्याएको थाइल्यान्ड ६६ रनमै अल आउट भएको थियो । एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् । मलेसियालाई हराउन सके ८ वर्षपछि महिला टोली एसिया कपमा पुग्नेछ ।...
जेजुदो घेदुङले आयोजना गरेको ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न – जेजुवासीलाइ उर्गेनले झुमाए

जेजुदो घेदुङले आयोजना गरेको ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न – जेजुवासीलाइ उर्गेनले झुमाए

Breaking news 3, अन्तर्राष्ट्रिय, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया ।  तामाङ समुदायको मौलिक साँस्कृतिक चाड २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जेजुदो शाखाले आयोजना गरेको सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । आइतबार जेजुको अस्तार होटलको सभाहलमा भएको कार्यक्रममा नेपाल देखि आएका अतिथी कलाकार उर्गेन दोङले आफ्नो सांगीतिक प्रस्तुती मार्फत जेजुवासीलाइ झुमाएको थियो । आपतकालिन राहत कोष सहयोगार्थ आयोजना गरेको उक्त कार्यक्रममा जेजु आसपासमा बसोबास गर्ने नेपालीहरुको बाक्लो सहभागिता रहेको थियो । जेजुदो घेदुङले   स्थापना कालदेखिनै जेजुदोमा ल्होछार मनाउदै आइरहेको भए पनि यस वर्ष भने पहिलो पटक सिधै नेपाल देखि कलाकार झिकाएर कारक्रमको आयोजना गरेको हो । उक्त साँस्कृतिक कार्यक्रममा उर्गेन दोङ सङ्गै नृत्याङ्गना प्रतिज्ञा लामा, गायिका रिचा ब्लोन तामाङ र अन्य थुप्रै स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती...
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्षमा लोप्चन सहित २१ सदस्य चयन

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्षमा लोप्चन सहित २१ सदस्य चयन

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार, समाज
हेटौंडा/ सिन्धुपाल्चोक समाज दक्षिण कोरिया ५ औ अधिवेसनबाट अध्यक्षमा राज लोप्चन चयन भएका छन् । लोप्चन सहित २१ जना सदस्यलाई कार्य समितिमा चयन गरेको हो  । वरिष्ठ उपाध्यक्षमा विशाल श्रेष्ठ,उपाध्यक्षमा प्रवन प्रराजुलि,तारा चन्द्र आचार्य र सन्जिव खतिवडालाई चयन गरेका छन् । महासचिवमा उद्धव नेपाल,सचिवहरुमा बसन्त थापा,निर योन्जन तामाङ र नवराज पाण्डेलाई चयन गरेका छन् । कोष अध्यक्षमा सुरुज श्रेष्ठ र सह कोष अध्यक्षमा सरोज तामाङलाई चयन गरेका छन् । यसै गरी सदस्यहरुमा रमेह बन्जरा,सोनाम शेर्पा,भक्त बहादुर खड्का,सन्तोस लुईटेल ,लक्ष्मी तामाङ,लोकेन्द्र खड्का,ज्योति तामाङ,जानुका ढकाल ,भुबल दाहाल,सोभा थापा रहेका छन् ।...
नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन हुने

नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन हुने

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाण्डौ / नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन हुने भएको छ । यस्तै, साउदी अरबसँग नयाँ श्रम सम्झौताको लागि एक महिनाभित्र मस्यौदा टुङ्ग्याउने समझदारी भएको छ । यूएईमा भएको आबुधाबी डायलगको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले कतार र साउदीका समकक्षीसँग गरेको छुुट्टाछुुट्टै छलफलमा यस्तो समझदारी भएको हो । नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई परिमार्जन गर्न लागिएको हो । सम्झौतामा सिप साझेदारी र श्रमिकको हक हित सुरक्षाका विषयवस्तु थप गर्ने दुवै देशले अनलाइन बैठकमार्फत् छिट्टै टुङ्ग्याउने सहमति भएको छ । दुुई महिनापछि कतारका अमिर नेपाल भ्रमण आउँदा परिमार्जन गर्न लागिएको श्रम सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको छ । यसैगरी साउदी अरबसँग भएको साइडलाइन बैठकमा न्यायोचित भर्ना प्रणाली, सामाजिक सुरक्षा, कार्य घण्टा, बीमा, पेसागत स्वास्थ्य सुरक्षा लगायतका वि...
पुरुष म्याराथनमा विश्व कीर्तिमानीको कार दुर्घटनामा निधन

पुरुष म्याराथनमा विश्व कीर्तिमानीको कार दुर्घटनामा निधन

अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ/ पुरुष म्याराथनमा विश्व कीर्तिमानी धावक केन्याका केल्भिन किपटुमको कार दुर्घटनामा निधन भएको छ । पश्चिमी केन्यामा भएको दुर्घटनामा २४ वर्षीय केल्भिनसहित उनका प्रशिक्षक रुवान्डाका जार्भिस हाकिजिमानको मृत्यु भएको बताइएको छ । एएफपी न्यूज एजेन्सीका अनुसार दुर्घटना आइतबार राति स्थानीय समयअनुसार ११ बजे भएको थियो । दुर्घटनामा अन्य एक जना घाइतेलाई अस्पताल लगिएको छ । प्रहरीका अनुसार धावकले नै उक्त कार चलाइरहेका थिए । कारमा नियन्त्रण गुमेपछि दुर्घटना भएको र दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ ।...
नेपाल–क्यानडा अन्तिम खेल आज हुँदै

नेपाल–क्यानडा अन्तिम खेल आज हुँदै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं / नेपाल–क्यानडा त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रँदा क्यानडा भने पहिलो जितको खोजीमा मैदान प्रवेश गर्नेछ । सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको क्यानडामाथि जित हात पारेको थियो। यससँगै नेपाल एक खेल अगावै विजेता बनिसकेको छ ।...
चिलीको जंगलमा डढेलोबाट ४६ जनाको मृत्यु

चिलीको जंगलमा डढेलोबाट ४६ जनाको मृत्यु

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी/ लेटिन अमेरिकी मुलुक चिलीको जंगलमा लागेको डढेलोबाट कम्तीमा ४६ जनाको मृत्यु भएको छ । चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकका अनुसार दशकौं पछिको विनाशकारी डढेलोले एक हजारभन्दा बढी घरहरु नष्ट पारेको छ । तटीय पर्यटक सहर भिना डेल मारका मेयरले आफ्नो क्षेत्रका दुई सयभन्दा बढी बासिन्दा बेपत्ता भएको जानकारी दिनुभयो । गृह मन्त्रालयका अनुसार देशभर ४३ हजार हेक्टरभन्दा बढी क्षेत्र आगलागीबाट प्रभावित भएको छ । सामान्य भन्दा बढी तापक्रम र तेज हावाका कारण डढेलो फैलिएको बताइएको छ । मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रको आकाश भुावा र खरानीले ढाकिएको छ । पर्यटकीय शहर भिना डेल मार वरपरका सबै प्रभावित क्षेत्रहरूमा उद्धार टोलीहरू पुग्ने प्रयास गरिरहेका गरिरहेका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"