अन्तर्राष्ट्रिय

टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्ड र स्कटल्यान्डबिच सामना हुदै

टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्ड र स्कटल्यान्डबिच सामना हुदै

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौँ / आईसीसी टी–२० विश्वकप क्रिकेटमा मंगलबार साबिक विजेता इङ्गल्यान्डले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गर्दैछ । खेल बार्बाडसको ब्रिजटाउनस्थित केनसिङ्टन ओभल रङ्गशालामा राति २०ः१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा खेल्न लागिएको छैटौँ खेल हो । इङ्गल्यान्ड र स्कटल्यान्ड प्रतियोगिताको समूह ‘बी’ मा छन् । यो समूहमा यसअघि ओमान र नामिबियाबिच खेल भइसकेको छ । उक्त खेलमा नामिबियाले ओमानलाई ‘सुपर ओभर’ मा हराएको थियो । अस्ट्रेलिया पनि सोही समूहमा छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा जारी पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा इङ्गल्यान्ड तेस्रो स्थानमा आसिन छ । स्कटल्यान्ड भने पछिल्लो आईसीसी वरीयताको १४औँ स्थानमा छ । विश्व क्रिकेटमा धेरै कारणले यी दुवै फरक चरित्र बोकेका टोली हुन् ।...
प्रवासमा नेपाली संस्थाहरुको गठन इतिहास् र औचित्य

प्रवासमा नेपाली संस्थाहरुको गठन इतिहास् र औचित्य

Breaking news 3, अन्तर्राष्ट्रिय, विचार/ लेख/रचना/ साहित्य
सन् १९६५ पूर्वको अवस्थालाई हेर्दा नेपालीहरुले पासपोर्ट प्रयोगमा ल्याएको देखिदैन । सो समयमा विदेश भ्रमणको लागि राज्यले व्यवस्था गरेको साधरण पहिचान खुलाउने कागजपत्रहरुको प्रयोग गर्ने गरेको इतिहास रहेको छ । नेपालीहरुको हातमा पासपोर्ट नहुदैमा नेपालीहरुले विदेश गएर श्रम गरेनन् कि भन्ने आभास हुन्छ तर त्यसो होईन । सन् १८१५ मा नेपालले ब्रिटिस इष्ट इण्डीया कम्पनी संग सुगौली सन्धि गरे पश्चात शैनिक तथा सुरक्षा प्रयोजनको लागि नेपाली सेनाहरुलाई ब्रिटिस भारतीय सेनामा भर्ति गराउने बाटो खुलाएको थियो । गोर्खा सिपाहीहरुले देखाएको आफ्नो बहादुरी र वफदारीताका कारण सबैतिर प्रख्यात हुदै गयो । त्यसैको फलस्वरुप विदेशमा उनिहरुको सेवाले गर्दा भविश्यमा श्रमीक बसाँइसराईको बलियो आधार बनाएको थियो । २० औं शताब्दीको मध्यमा, विशेष गरी दोस्रो विश्वयुद्धपछि, ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताका कारण भारतमा नेपाली श्रमको माग ब...
साउदी अबरमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र

साउदी अबरमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ / साउदी अबरमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र परेका छन् । उनीहरुले कम्पनीले लामो समयदेखि तलब नदिएको र जसका कारण खानबस्न समेत समस्या भएको भन्दै उद्धारका लागि आग्रह गरेका छन् । काठमाडौँको नयाँ बानेश्वरस्थित इशान इन्टरनेशनल ओभरसिजबाट साउदी अरबको खोबरस्थित ‘एफएमएके कन्ट्रयाक्ट्रिङ ईस्ट’ मा गत अक्टोबरदेखि विभिन्न मितिमा त्यहाँ पुगेका नेपाली श्रमिकहरू अलपत्र परेका हुन् । कम्पनीले काम सुरु गरेयता कसैलाई ३ महिना र कसैलाई दुई महिनाको तलब दिएपनि त्यसपछि भने भुक्तानी नगरेको पीडितहरूले बताएका छन् । कोठा दुर्गन्धित, साँघुरो र भिडभाडयुक्त रहेको र खान पनि समस्या रहेको भन्दै उनीहरुले साउदीस्थित नेपाली दूतावास, सम्बन्धित मेनपावर तथा सरोकारवालासँग उद्धारका लागि हारगुहार गरेका छन् । उनीहरुले दूतावासमा दिएको निवेदनमा आफूहरूलाई छिटोभन्दा छिटो उद्धार गरेर नेपाल पठाउन आग्रह गरेका छन् । तर, दूतावा...
इरानका राष्ट्रपति रैसीको हेलिकप्टर दुर्घटनामा निधन

इरानका राष्ट्रपति रैसीको हेलिकप्टर दुर्घटनामा निधन

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी / इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ । इरानी रेडक्रस र रेड क्रिसेन्टले आफ्ना उद्धारकर्ताले हेलिकप्टर दुर्घटना भएको अवस्थामा फेला पारेको जनाएका छन् । रेडक्रसका झण्डै ७३ उद्धार टोली रातभरी हेलीकोप्टरको खोजी तथा उद्धारमा खटिएकोमा हेलिकप्टर पुरै जलेको अवस्थामा फेला परेको हो । स्थानीय समय अनुसार आज बिहानै उद्धारकर्ताहरु दुर्घटनास्थलमा पुगेका हुन् । राष्ट्रपति रैसी सवार हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरिएको छ । इरानको इस्ट अजरबैजान प्रान्तको राजधानी शहर ताब्रिजतर्फ जाँदै गरेको हेलीकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त हेलिकप्टरमा राष्ट्रपति रैसी, विदेशमन्त्री हुसेन अमिर अब्दुलाहियानसहित ९ यात्रु सवार रहेकोमा उनीहरु सबैको निधन भएको हो । राष्ट्रपतिको निधनले इरान शोकमा डुबेको छ ।...

अफगानिस्तानमा आएको आँधी र बाढीले ७० जनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी /अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा शुक्रबार आएको आँधी र बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन, बगलान–ए–मरकाजी र बरका जिल्लाहरू, साथै प्रान्तीय राजधानी पुल–ए–खुमरी, प्रकोप व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक हेदायतुल्लाह हमदर्दले बताए । विदेशी सञ्चारमाध्यमहरुले संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनलाई उद्धृत गर्दै बगलानमा २ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र हजारौं घरहरू ध्वस्त वा क्षति पुगेको बताएको छ । तखार प्रान्तको नामक अब, इश्कामिश, फरखार र काफगान जिल्लाहरूमा पनि आँधी र बाढीले २० जनाको ज्यान गएको र १४ जना घाइते भएको तखारको प्रकोप व्यवस्थापन प्राधिकरणका प्रमुख अहमद सर साजिदले शनिवार बताए । उनका अनुसार ३ सय घर, बिजुली र सञ्चार सेवामा गम्भीर क्षति...
कप्तान दीपेन्द्र पनि सात रनमै आउट

कप्तान दीपेन्द्र पनि सात रनमै आउट

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौँ / तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा कप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । दीपेन्द रन आउट हुँदै पेभेलियन फर्किए । आउट हुनुअघि उनले सात बलमा एक छक्काको मद्दतले सात रन बनाए । १६.३ ओभरमा उनी आउट हुँदा नेपालले केवल एक सय १९ रन बनाएको छ ।...
वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको जित

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको जित

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं/ नेपाल वेस्ट इन्डिज ‘ए’विरुद्ध शानदार जित निकालेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा ५ खेलको सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको हो । नेपालका कप्तान रोहितकुमार पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको हो ।
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ / अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबिच दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित एक समारोहबिच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे । उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेन्डामा काम गर्दै आएको छ । अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो । प्रध...
गाजाकोअस्पतालबाट २०० भन्दा बढी शव फेला

गाजाकोअस्पतालबाट २०० भन्दा बढी शव फेला

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
गाजा । गाजामा स्वास्थ्य सेवाको विनाश र अस्पतालहरूमा सामूहिक चिहानहरू फेला परेका घटनाहरूले आफू अति नै दुःखी भएको संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले बताएका छन् । इजरायलले कब्जा गरेपछि गाजाको खान युनिस क्षेत्रको नासेर अस्पतालको आँगनमा फेला परेको सामूहिक चिहानमा दुई सयभन्दा बढी व्यक्तिको शव फेला परेको छ । रिपोर्टका अनुसार नासेर मेडिकल कम्प्लेक्समा भेटिएका केही शवको हात बाँधिएको थियो । अस्पतालमा इजरायली घेराबन्दीको समयमा बनाइएको चिहानबाट मृत शरीरहरू झिकेर सामूहिक चिहानमा गाडिएको पनि बताइएको छ । प्यालेस्टिनी समूहहरूले इजरायलले नासेर अस्पतालमा नरसंहार गरेको आरोप लगाएका छन् । आफूले यी रिपोर्टहरू हेरिरहेको यी आरोपहरूबारे इजरायलले भनेको छ । संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले गाजामा हालै इजरायली हवाई आक्रमणको आलोचना गरेका थिए । यी हवाई हमलामा मारिएका अधिकांश महिला र ब...
कतारी अमिर राजा को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने

कतारी अमिर राजा को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ / कतारी अमिर (राजा) को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् ।  अमिर शेख तमिमबिन हमाद अल थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरणपोखरेलले रातोपाटीलाई जानकारी दिए । उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"