अन्तर्राष्ट्रिय

गाजामा युद्ध बिराम गर्न डब्लएचओ प्रमुखको अनुरोध

गाजामा युद्ध बिराम गर्न डब्लएचओ प्रमुखको अनुरोध

अन्तर्राष्ट्रिय
गाजा, १३ कार्तिक । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले गाजा जारी युद्ध रोक्नु पर्ने जनाएका छन् । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले गाजामा जारी युद्ध तत्काल रोक्नु पर्ने जनाएका हुन । उनले युद्धविराम गरी शान्तिको लागि विनम्र अनुरोधसमेत गरेका छन् । केही घण्टा अघि सामाजिक सञ्जालमा साझा गरिएको पोष्टमार्फत उनले इथियोपियाको टिग्रेका टेड्रोसले बाल्यकालमा युद्धको वरिपरि हुर्केका आफ्नै अनुभवहरू साझा गरेका छन् । ‘युद्धको छायामा फसेको बच्चाको रूपमा मैले यसको गन्ध, आवाज र दृश्यहरू राम्ररी चिनेको छु,’ उनले भने, ‘म अहिले द्वन्द्वको बीचमा परेकाहरूप्रति गहिरो सहानुभूति देखाउँछु, उनीहरूको पीडा मेरो आफ्नै जस्तो महसुस गर्दछु ।’ यसअघि पनि टेड्रोसले प्यालेस्टिनीस्थित अल–कुड्स अस्पतालमा निकासीको धम्कीको रिपोर्ट प्रति गहिरो चिन्ताको विषय भएको बताएका थिए।  ...
भारतको आन्ध्र प्रदेशमा दुई रेल एक आपसमा ठोक्किँदा ९ को मृत्यु

भारतको आन्ध्र प्रदेशमा दुई रेल एक आपसमा ठोक्किँदा ९ को मृत्यु

अन्तर्राष्ट्रिय
नयाँ दिल्ली, १३ कार्तिक। आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा दुई वटा यात्रुवाहक रेल एक आपसमा ठोक्किएका छन् । यस रेल दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ४० यात्रु घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रहरीलाई उद्धृत गर्दै अधिकारीले सो जानकारी दिएका हुन् । मृतकका लागि क्षतिपूर्ति घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। सो दुर्घटना पर्ने रेलहरूमा ०८५३२ विशाखापट्टनम– पलासा यात्री र ०८५०४ विशाखापट्टनम– रायगडा यात्री विशेष रहेको रेलवेले जनाएको छ। यो टक्करका कारण धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो । यो रेल दुर्घटना भएको लाइन हावडा–चेन्नई लाइन भनिन्छ। अहिले रेलमार्ग सफा गर्ने काम भइरहेको छ ।...
कजाकिस्तानको खानीमा आगलागी हुँदा ३२ जनाको मृत्यु, १८ बेपत्ता

कजाकिस्तानको खानीमा आगलागी हुँदा ३२ जनाको मृत्यु, १८ बेपत्ता

Breaking News 1, अन्तर्राष्ट्रिय
कजाकिस्तान, १२ कार्तिक । कजाकिस्तानको ग्लोबल स्टिल कम्पनी आर्सेलर मित्तलको खानीमा शनिवार भएको आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । त्यसपछि सरकारले कम्पनीसँगको लगानी सहकार्य अन्त्य गर्न आदेश दिनुपरेको थियो । आपतकालीन अवस्था मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शनिवार अपराह्न ४ बजेसम्म कोस्टयेन्को खानीमा ३२ जनाको शव फेला परेको र १८ जना अझै बेपत्ता रहेको जानकारी दिएको छ । यो कम्पनी लक्जेम्बर्गमा आधारित स्टिल निर्माताको स्थानीय एकाइ हो, जसको बारेमा कजाकिस्तानका अध्यक्ष कासिम जोमार्ट तोकायेभले भने कि स्टिल विशाल आर्सेलर मित्तल हाम्रो इतिहासको सबैभन्दा खराब कम्पनी हो। टोकाइभले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले अक्टोबर २९ मा राष्ट्रिय शोक दिवस मनाउन पनि निर्देशन दिएका छन् । यति मात्र होइन, राष्ट्रपतिले आफ्नो मन्त्रिपरिषद्लाई आर्सेलर मित्तल टेमिर्ताउसँगको लगानी सहयोग रोक...
गाजामा अर्को चरणको युद्ध सुरु गरिएको इजरायलको घोषणा

गाजामा अर्को चरणको युद्ध सुरु गरिएको इजरायलको घोषणा

Breaking News 1, अन्तर्राष्ट्रिय
तेल अहिब, १२ कार्तिक । इजरायल र प्यालेस्टाइनी अतिवादी समूह हमासका बिचमा जारी युद्ध २३ औँ दिनमा पुगेको छ । यसबिचमा भएका आक्रमणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाइसकेका छन् । गत अक्टोबर ८ मा हमासले अप्रत्याशित र अकल्पनीय रूपमा इजरायलमाथि आक्रमण गरे पछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकाश तिनै स्थानबाट आक्रमण गरिरहेको छ । संयुक्त राष्ट्र सङ्घका बहुमत राष्ट्रले हमास–इजरायल युद्ध रोक्नका लागि आव्हान गरेका थिए भने इजरायलसहित १४ देशले राष्ट्र सङ्घको सो आव्हानलाई अस्वीकार गरेका थिए । उनीहरूले युद्ध जारी राख्ने पक्षमा आफ्नो मत प्रकट गरेका थिए  । हिजो मात्रै युद्ध रोक्नका लागि राष्ट्र सङ्घले गरेको आव्हानलाई अस्वीकार गर्दै गाजामा इजरायलको युद्ध  ‘अर्को चरण’ मा प्रवेश गरेको इजरायली सेनाका प्रवक्ताले बताएका छन् इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गरेको टिप्पणीला...
भारतमा एकै परिवारका ७ जनाद्वारा सामूहिक आत्महत्या

भारतमा एकै परिवारका ७ जनाद्वारा सामूहिक आत्महत्या

Breaking News 1, अन्तर्राष्ट्रिय
  नयाँ दिल्ली, ११ कार्तिक । भारतको सुरत सहरमा सामूहिक आत्महत्याको खबर सार्वजनिक भएको छ । यस दुखद घटनामा एकैसाथ सात जनाको मृत्यु भएको छ । सुरतको यो हृदय विदारक घटनामा पुरै परिवारले विष पिएर सामूहिक आत्महत्या गरेका छन् । एक परिवारका श्रीमान् श्रीमती, बाबुआमा, एक छोरा र दुई छोरीसहित सामूहिक आत्महत्या गरेको खबर सार्वजनिक भएको हो । शान्तिलाल सोलंकीले झुन्डिएर आत्महत्या गरेका छन् भने परिवारका अन्य सदस्यले पनि विष खाएर आत्महत्या गरेको आशङ्का गरिएको छ । यो घटना सूरतको पालनपुर क्षेत्रमा भएको हो । प्रहरीका अनुसार यो दुखद घटना शनिवार सूरतको अडाजन क्षेत्रमा भएको हो । यस घटनाले सुरतका बासिन्दाहरूलाई स्तब्ध बनाएको छ किनभने चार वयस्क र तीन बालबालिकासहित एकै परिवारका सात सदस्यले सामूहिक आत्महत्या गरेका छन्। घटना अडाजनको पालनपुर पटिया स्थित सिद्धेश्वर अपार्टमेन्टमा भएको हो । शान्तिलाल सोलंकीले प...
इजरायल आफ्नो पागलपनबाट बाहिर निस्कनु पर्छ: टर्कीका राष्ट्रपति

इजरायल आफ्नो पागलपनबाट बाहिर निस्कनु पर्छ: टर्कीका राष्ट्रपति

अन्तर्राष्ट्रिय
इस्तानबुल, ११ कार्तिक । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताएका छन् । हमास–इजरायल युद्धको २२ औँ दिनमा रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताउँदै प्यालेस्टाइन माथि आक्रमण रोक्नु पर्ने जनाएका छन् । राष्ट्रपति एर्डोगानले इजरायललाई गाजा पट्टीबाट तत्काल बाहिर आउनु पर्ने र आफ्नो पागलपनको अवस्थाबाट बाहिर निस्कनु पर्ने उनको भनाई छ । उनले गाजापट्टीमा भएको आक्रमण बन्द गर्नका लागि आह्वानसमेत गरेका छन्। ‘गाजामा इजरायली बमबारी, जुन हिजो राती तीव्र भयो, फेरि महिला, बालबालिका र निर्दोष नागरिकहरूलाई लक्षित गरी मानवीय सङ्कटलाई गहिरो बनाएको छ,’ उनले भने।...
हमास- इजरायल युद्ध बिरामको पक्षमा राष्ट्रसंघ: इजरायलकाे विरोध, हमासकाे स्वागत

हमास- इजरायल युद्ध बिरामको पक्षमा राष्ट्रसंघ: इजरायलकाे विरोध, हमासकाे स्वागत

अन्तर्राष्ट्रिय
न्युयोर्क, ११ कार्तिक  । आज हमास-इजरायल सङ्घर्षको २२ औँ दिन हो। यस युद्धमा अहिलेसम्म इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ७,३२६ पुगेको छ  ।  त्यसरी मृत्यु हुनेमा ४०% बालबालिका रहेको डब्लुएचवोले बताएको छ  । संयुक्त राष्ट्र सङ्घ, समस्याको समाधान खोजिरहेको छ तर सो प्रयास प्रति प्यालेस्टाइन र इजरायल विभाजित भएका छन्  । संयुक्त राष्ट्रसङ्घको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव हालै पारित गरिएको छ, जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्ध विरामको आह्वान गरिएको छ। यो प्रस्तावको पक्षमा नेपालको सहित १२० राष्ट्रले पक्षमा मतदान गरेका थिए भने विपक्षमा इजरायलसहित १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले भने मतदान प्रक्रियामा सहभागी नै भएनन् । इजरायलले युद्ध बिरामको सो प्रस्तावको विपक्षमा मतदान गरेको छ । इजरायली विदेश मन्त्रीले युद्ध विरामको आह्वान गर्ने संयुक्त ...
मृत अवस्थामा भेटिए अमेरिकी गोली काण्डका अभियुक्त

मृत अवस्थामा भेटिए अमेरिकी गोली काण्डका अभियुक्त

अन्तर्राष्ट्रिय
  लिस्वन, अमेरिका, ११ कार्तिक । अमेरिकामा १८ जनाको गोली हानि हत्या गर्ने कुख्यात अपराधी मृत अवस्थामा फेला परेका छन । लिस्वनको मेन सहरमा भएको गोली काण्डमा १८ जनाको हत्या र १३ जनालाई घाइते बनाउने अभियुक्त मृत अवस्थामा फेला परेका हुन । सिएनएनका अनुसार गत बुधवार भएको गोली काण्डपछि फरार रहेका उनी शुक्रवार मृत अवस्थामा फेला परेका छन । सिएनएनका अनुसार उनले आफैले गोली हानेको अवस्थामा भेटिएका थिए । समाचार अनुसार अभियुक्त रोबर्ट कार्डको शव लिस्बन नजिकैको जङ्गलमा फेला परेको थियो, जहाँबाट बुधवार साँझ लुइस्टनमा गोली हानाहान भएको थियो । उनको शव गोली हानाहान भएको क्षेत्र भन्दा करिब ८ माइल टाढा फेला परेको हो  । उनको शव फेला परेको स्थान रिसाइक्लिंग प्लान्टको नजिक रहेको छ । बुधवार साँझको लेविस्टनको बलिङ्ग गल्ली र रेस्टुरेन्टमा भएको गोलाबारी पछि उनी बेपत्ता भएका थिए, जसलाई खोज्नका लागि प्रहरीले दुई...
यस वर्ष मात्रै अमेरिकामा गोली हानी १८८ जनाको हत्या, यी हुन यस वर्षका कुख्यात गोली काण्ड

यस वर्ष मात्रै अमेरिकामा गोली हानी १८८ जनाको हत्या, यी हुन यस वर्षका कुख्यात गोली काण्ड

अन्तर्राष्ट्रिय
वासिंगटन डिसी, १० कार्तिक । अमेरिकामा गोली हानाहानका घटना अझै रोकिएका छैनन् । गत बुधवार अर्थात् अक्टोबर २५ मा पनि ​​माइन राज्यको लेविस्टन सहरमा भएको गोली काण्डमा कुल २२ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए । तीमध्ये केहीको अवस्था अझै चिन्ताजनक रहेको छ । घटना गराउने व्यक्ति फरार छन् । प्रहरीका अनुसार उनी मानसिक रोगी छन् । उनीसँग बन्दुक पनि छ, जसबाट उनले बुधवार अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । समाचार अनुसार बुधवार मानिसहरूमाथि अन्धाधुन्ध गोली चलाउने व्यक्तिको पहिचान रोबर्ट कार्डको रूपमा गरिएको छ। उनी अमेरिकी सेना रिजर्भमा बन्दुक प्रशिक्षक थिए। एसोसिएटेड प्रेसका अनुसार अमेरिकामा यसरी गोलाबारी गरिएका यस वर्षको ३६ औँ घटना हो । समाचार अनुसार यस वर्ष यस्ता घटनामा कुल १८८ जनाको ज्यान गएको छ । यो वर्ष अमेरिकालाई हल्लाउने धेरै गोली काण्डका घटना भएका छन् । जसमध्ये चर्चित र ठु...
गाजाँमा मारिने प्यालेस्टाइनीकाे सङ्ख्या ७ हजार नाघ्यो, हमास प्रतिनिधि पुगे मस्को

गाजाँमा मारिने प्यालेस्टाइनीकाे सङ्ख्या ७ हजार नाघ्यो, हमास प्रतिनिधि पुगे मस्को

अन्तर्राष्ट्रिय
गाजा, १० कार्तिक । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बुधवार मात्रै इजरायली हमलामा ५०० जनाको ज्यान गएको जनाएको थियो । जसअनुसार इजरायलले हवाई हमला सुरु गरेदेखि हालसम्मको मारिने प्यालेस्टाइनीको सङ्ख्या ७,००० नाघेको छ । इजरायली आक्रमणमा ज्यान गुमाउनेको कुल सङ्ख्या ७,०२८ रहेको जनाइएको छ । अल जजिराका अनुसार प्यालेस्टिनी अधिकारीहरूलाई उद्धृत गर्दै गाजामा ज्यान गुमाएकामध्ये करिब ३ हजार बालबालिका पनि रहेको बताएको छ । एकै समयमा इजरायलमा हमासको आक्रमणमा १४०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए, जबकि गाजामा २२० भन्दा बढी मानिसहरू अझै पनि बन्धक रहेका छन्। उता, अल जजीराका अनुसार हमासको सैन्य शाखा कासिम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा एक विज्ञप्तिमार्फत इजरायली हमलाका कारण करिब ५० इजरायली बन्धक मारिएको अनुमान गरेको छ। उसका अनुसार इजरायलले दानव शैलीमा गरेको हमलामा परी हमासका बन्ध...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"