अन्तर्राष्ट्रिय

इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण

इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
बेरुत / इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा युद्धविराम गर्न अस्वीकार गरेको एक दिनपछि इजरायली सेनाले बुधबार दक्षिण बेरुतमा आक्रमण गरेको छ । इजरायली सैन्य आदेशको केही समयपछि लेवबनानको राजधानीको हारेट ह्रीक क्षेत्रका भवनहरूको बीचबाट कालो धुवाँ उडिरहेको देखिएको थियो । बेरुतमा पछिल्लो समयमा भएको विष्फोटको आलोचना गर्दै र प्यालेस्टिनी क्षेत्रमा थप सहयोग पु¥याउन माग गर्दै लेबनान र गाजामा इजरायलको आचरणमाथि अमेरिकाले दबाब बढाएको समयमा नेतान्याहुको हेजबुल्लाहसँग लडाइँ जारी राख्ने प्रतिवद्धता सार्वजनिक भएको हो । फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँसँगको कुराकानीमा नेतान्याहूले ‘एकपक्षीय युद्धविरामको अर्थ नहुने’ बताएका छन् । लेबनानको सुरक्षा स्थिति परिवर्तन नगरी पहिलेकै अवस्थामा फिर्ता हुन सम्भव नहुने उनको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।...
दशैंमा फोन मनी मार्फत पैसा पठाएर काठ्माण्डौंमा घर जित्ने मौका

दशैंमा फोन मनी मार्फत पैसा पठाएर काठ्माण्डौंमा घर जित्ने मौका

Breaking news 3, अन्तर्राष्ट्रिय, रोचक, समाचार
हेटौंडा/ दशैँमा कोरियाबाट फोन मनी मार्फत पैसा पठाउदा काठ्माण्डौंमा घर जित्न सकिने भएको छ । फोन मनि पेबाट ईसेवा मनिट्रान्सफरबाट इसेवा वालेटमा पैसा पठाउँदा काठ्माण्डौमा घर जित्ने छन् । दशैं तिहारको उपलक्ष्यमा काठ्माण्डौंमा घर जित्ने मौका कार्तिक ३० गते सम्म रहने कम्पनिले जनाएको छ । इसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच घर भने सार्वजनिक गरिसकेका छन् । यसै गरी कोरियामा पछिल्लो समय संचालनमा रहेको फोनमनि पे मार्फत पैसा पठाउने मध्ये १ जना कोरियामा करोडपति बन्ने अवसर रहेको छ । यो अवसर सन् २०२४ भित्र फोन मनी मार्फत पैसा पठाएको हुनुपर्ने छन् । फोन मनि को हरेक हप्ता पैसा डबल योजना अन्र्तगत टिकाराम शर्मा वीक्ली पैसा डबलको १० औ विजेता बनेका छन । गत साता सुदन प्रसाद बस्याल ९ औँ विजेता , ८ औं हप्ताका विजेता राज मोक्तान तामांग सातौ हप्तामा बिमल राई विजेता ब...
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न, संस्थामा ८ करोड भन्दा बढी बचत 

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न, संस्थामा ८ करोड भन्दा बढी बचत 

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आइतबार वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सौलमा भएको साधारणसभाबाट वार्षिक सांगठानिक  प्रतिवेदन, भावी कार्ययोजना र आर्थिक प्रतिवेदन पास गरेका छन् । संस्थाको आयव्यय तर्फ कुल आम्दानी १५ करोड ६० लाख ९८ हजार ९ सय कोरियनबाट खर्च कटाएर अझै ८ करोड ५७ लाख ११ हजार ०२५ कोरियन वन बचत रहेको देखाइएको छ । संस्थाको सबैभन्दा ठुलो खर्च आईसीसी सदस्यता नवीकरण शुल्क, कर्मचारी व्यवस्थापन खर्च र कार्यक्रम खर्चमा भएको देखाइएको छ । त्यसैगरी ४७ लाख वन भन्दा धेरै रकम सदस्यता शुल्क फिर्ता शीर्षकमा पनि देखाइएको छ । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदूतावास दक्षिण कोरियाका कार्यावाहक राजदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी गैर आवासीय नेपाली संघका विभिन्न...
कंगोमा जेल फोरेर भाग्ने क्रममा १३० कैदीको मृत्यु

कंगोमा जेल फोरेर भाग्ने क्रममा १३० कैदीको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
कंगो / अफ्रिकी महादेशको मध्यभागमा रहेको देश कंगोको मुख्य जेलबाट भाग्ने क्रममा १३० जना कैदीको मृत्यु भएको छ । यो घटना कंगोको सबैभन्दा ठूलो जेल माकालामा भएको हो । मृतकमध्ये अधिकांशको मृत्यु भागदौडका कारण भएको बताइएको छ । सोमबार बिहान किन्शासाको मकाला जेलबाट भाग्न खोजिरहेका २४ कैदीहरूलाई चेतावनी दिएपछि गोली हानिएको थियो । यसपछि कारागारमा भागदौडको अवस्था सिर्जना भएको कंगोका आन्तरिक मन्त्री ज्याकमिन शाबानीले माइक्रो ब्लगिङ वबेसाइट एक्समा भनेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । यस घटनामा ५९ जना घाइतेलाई अस्पताल लगिएको बताइएको छ । यस घटनामा महिलाहरूको बलात्कार भएका पनि बताइएको छ ।...
बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

Breaking News 2, अन्तर्राष्ट्रिय, प्रवास, समाचार
काठमाडौँ / बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । बंगलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि दूतावासले एक सूचना जारी गरेर नेपालीहरूलाई सुरक्षित रहन अनुरोध गरेको हो । दूतावासका अनुसार त्यहाँ करिब ४०० नेपाली छन् । त्यहाँ अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किइसकेका छन् । बाँकी रहेकाहरूसँग दूतावासले निरन्तर सम्पर्क गरिरहेको जनाएको छ । नेपाल फर्किन चाहनेलाई दूतावाससँग समव्य गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भएपछि मात्रै यात्रा गर्न समेत दूतावासले अनुरोध गरेको छ ।...
दक्षिण कोरियाका लागि पूर्व उपसभामुख डा.शिव माया तुम्बाहाङ्फे राजदूतमा सिफारिस

दक्षिण कोरियाका लागि पूर्व उपसभामुख डा.शिव माया तुम्बाहाङ्फे राजदूतमा सिफारिस

Breaking News 2, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, राजनीति
काठमाण्डौं । नेपाल सरकारले पूर्व उपसभामुख डा.शिव माया तुम्बाहाङ्फेलाई दक्षिण कोरियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । तुम्बाहाङ्फे नेकपा एमालेको स्थायी कमिटी सदस्य संगै इलाम जिल्ला इन्चार्ज समेतको भूमिकामा हुनुहुन्छ ।   केपि ओली प्रधानमन्त्री हुँदा सन २०१८ मार्च १५ देखी २०२० जनवरी २० सम्म उपसभामुख ,सन २०२० फेब्रुअरी १७ देखी डिसेम्बर २५ सम्म कानुन न्याय तथा ससदिय मामिला मन्त्री र केपिओली नै प्रधानमन्त्री हुँदा सन २०२० डिसेम्बर २५ देखी २०२१ जुन ४ सम्म भुमि ब्यबस्था सहकारि तथा गरिबि निवारण मन्त्री भइसक्नु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि गरेको सिफारिसमा तुम्बाहाङ्फेलाई कोरियाको राजदूतका लागि सिफारिस गरेको हो । त्यस्तै चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली सिफारिस भएका छन् । सरकारले विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर ओलीलाई नियुक्...
बंगलादेशमा जारी रहेको आरक्षण विरोधी आन्दोलनमा ३५ जनाको मृत्यु, देशभर कर्फ्यु

बंगलादेशमा जारी रहेको आरक्षण विरोधी आन्दोलनमा ३५ जनाको मृत्यु, देशभर कर्फ्यु

Breaking News 2, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, राजनीति
काठमाडौं । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ । त्यहाँ आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोध गरेका छन् । आन्दोलनलाई थप हिंसात्मक हुन नदिने सरकारले ठूलोमात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । तर, कर्फ्यकाबीच पनि ठाउँठाउँमा सुरक्षाकर्मीसँगै झडप भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आन्दोलन नियन्त्रण गरी शान्ति सुुव्यवस्था कायम गर्न सरकारले सेना खटाउने तयारी गरेको छ । बंगला देशमा नेपाली विद्यार्थी पनि रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै विद्यार्थी सुरक्षित छन् । थप सहयोग आवश्यक भए दूतावासमा...
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई दूतावासको आग्रह

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई दूतावासको आग्रह

Breaking News 1, अन्तर्राष्ट्रिय, शिक्षा
काठमाडौं । बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई आग्रह गरेको छ । राजदूतावासले नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ । बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण ६ जनाको मृत्यु भएको छ । र अर्को सूचना जारी नभएसम्मका लागि बंगलादेशका विद्यालय र विश्वविद्यालय बन्द गरिएको छ ।  ...
८ राजदूत सिफारिस : भारतमा रेग्मी, दक्षिण कोरियाको लागि मानव अधिकारकर्मी प्याकुरेल सिफारिस

८ राजदूत सिफारिस : भारतमा रेग्मी, दक्षिण कोरियाको लागि मानव अधिकारकर्मी प्याकुरेल सिफारिस

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रमुख समाचार
काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरे र बेलायतका लागि डा. विजन पन्त सिफारिस गर्ने निर्णय गरेको हो । त्यसैगरी दक्षिण कोरियाको लागि मानव अधिकारकर्मी सुशील प्याकुरेललाई राजदुतको लागि सिफारिस गरेको छ । मानव अधिकारकर्मी समेत रहेका प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकार थिए । बेलायतका लागि राजदूतमा सिफारिस डा. विजन पन्त सुशील कोइराला प्रधानमन्त्री भएको बेला विकास सल्लाहकार थिए । गोरखाका पन्त अहिले सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको कोटाबाट राजदूत सिफारिस भएका हुन् । यस्तै डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली...
टी–२० विश्वकपमा आज राति नेपाल र नेदरल्यान्ड्सबिच खेल हुँदै

टी–२० विश्वकपमा आज राति नेपाल र नेदरल्यान्ड्सबिच खेल हुँदै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौँ / आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा मंगलबार राति नेपाल र नेदरल्यान्ड्सबिच खेल हुँदैछ । नेपाल र नेदरल्यान्ड्सबिचको खेल अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेयरी रंगशालामा राति २१ ः१५ बजे सुरु हुनेछ । नेपाल र नेदरल्यान्ड्स प्रतियोगिताको समूह ‘डी’ मा रहेका छन् । जारी विश्वकपमा यी दुवै टोलीले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । उक्त समूहमा नेपाल र नेदरल्यान्ड्सका अतिरिक्त दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश पनि छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"