काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् ।
दक्षिण कोरिया । नेकपा एकिकृत समाजवादी पार्टी निकट प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्ष शुभराज भोम्जनले संगठनको अध्यक्ष बाट राजिनाम दिएका छन् । संस्थापक अध्यक्षको रुपमा कृयाशिल रहेको भोम्जनले व्यक्तिगत तथा केही सांगठानिक कारण देखाई अध्यक्षबाट राजिनाम दिएका हुन् ।
भोम्जनले सेप्टेम्बर २ को मितिमा संगठनको उपाध्यक्ष रमेश थापा मगर मार्फत बुझाएको राजिनाम सेप्टेम्बर ६ मा बसेको संगठनको पूर्ण बैठकले राजिनामा स्विकृत गरेको हो । भोम्जनको राजिनाम स्विकृत भएसंगै महासचिव राजु राईलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी अन्य जिम्मेवारीहरुमा यथावत राख्दै महासचिवमा घनश्याम अधिकारी र सचिवमा अमिर योञ्जनलाई जिम्मेवारी तोकिएको छ । भोम्जन लाबा मिडिया प्रालिको सञ्चालक रहुनुका साथै अन्य थुप्रै सामाजिक संघ संस्थाहरुमा कृयाशिल हुँदै आइरहेका छन् । भोम्जनले आफ्नो राजिनामा पत...
दक्षिण कोरिया । दक्षिण कोरियामा नेपालीहरूको सामाजिक,राजनीतिक तथा सामुदायिक हकहितको संरक्षण र सम्वर्द्धनमा विगत लामो समयदेखि क्रियाशील रहेको नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाले आफ्नो क्रियाशील सदस्यता दर्ताका लागि औपचारिक आह्वान गरेको छ।
नेपाली काँग्रेसप्रति आस्था राख्नेहरुलाई कृयाशील सदस्यता वितरण गर्ने अभियानमा सहभागी हुन समितिले विशेष अनुरोध गरेको छ। यस अभियानमा सहभागि भएर सदस्यता लिनको लागि जनसम्पर्क समिति दक्षिण कोरियाका प्रतिनिधिहरुसंग सम्पर्क गर्न सक्नेछन् ।
आजको मिति देखि दुई महिना सम्म सदस्याता वितरण अभियान चल्ने जनाएको छ । सदस्यता दर्ता अभियान मार्फत, कोरियामा अध्ययन,रोजगार वा व्यवसायका लागि बसोबास गर्दै आएका नेपालीहरूलाई देशको राजनीतिक मूलधारसँग प्रत्यक्ष रूपमा आबद्ध हुने अवसर प्रदान गरिएको छ ।
जनसम्पर्क समितिका सभापति भजिन्द्र बहादुर क्षेत्रीले यस अभियानलाई आफ्नो आस्थ...
हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । रिक्त पाँच मन्त्रालयमा मन्त्री नियुक्त भएपछि सरकारले पूर्णता पाएको हो ।
मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ लिएका मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात कुमार तामाङ, सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री उर्मिला केसी र सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी रहेका छन् । यसैगरी, विनाविभागीय मन्त्री शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । १४ मन्त्रालय रहेको प्रदेश सरकारमा नेकपा एमालेले ६ र नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्रालय पाएका छन् ।...
हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार प्रदेशसभाबाट ६३ मतका साथ विश्वासको मत हासिल गरेका छन् ।
बहुमतका लागि ५६ मत आवश्यक थियो, तर उपस्थित ९२ मध्ये २२ जनाले विपक्षमा र ७ जनाले तटस्थ मतदान गरेका छन् । श्रावण २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँ नेपाली कांग्रेसका संसदीय दलका नेता बनेका छन्, तर त्यसअघि आफ्नै दलभित्र अविश्वास प्रस्तावमार्फत नेतृत्व पाएका थिए । कांग्रेस र एमालेको समर्थनमा सरकार गठन गरेका छन्, तर १४ मन्त्रालयमध्ये ६ मन्त्रालय अझै रिक्त छन् । यी मन्त्रालय कांग्रेसको भागमा परेका छन्, तर जिम्मेवारी तोकिएको छैन ।...
हेटौंडा/ बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेसबाट सहभागी चार मन्त्रीलाई पदमुक्त गरेका छन् । ती मन्त्रीहरूले शुक्रबार दिउँसो राजीनामा बुझाएका थिए ।
मुख्यमन्त्री लामाले संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) अनुसार राजीनामा स्वीकृत नगरी उनीहरूलाई पदबाट हटाएका हुन्। पदमुक्तसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने , सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन , संस्कृति तथा पर्यटन विमलचन्द्र ठकुरीले राजीनामा बुझाएका थिए । यस घटनापछि प्रदेश सरकारभित्रको राजनीतिक समीकरणबारे थप बहस सुरु भएको छ। नेपाली कांग्रेसले यसबारे आधिकारिक धारणा चाँडै सार्वजनिक गर्ने जनाएको छ ।...
हेटौंडा/ कांग्रेस बागमती प्रदेशमा आन्तरिक विवाद चुलिँदै जाँदा पार्टीभित्रैबाट मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । पार्टीकै २१ जना प्रदेशसभा सदस्यले लामाको नेतृत्वमा असन्तुष्टि जनाउँदै प्रदेश संसद सचिवालयमा हस्ताक्षरसहितको अविश्वास प्रस्ताव पेश गरेका हुन् ।
संसदीय गणितअनुसार ३७ सदस्य रहेको कांग्रेस प्रदेश दलमा नेता बन्न १९ मत पर्याप्त हुन्छ । अहिले बहुमत सांसदको समर्थनमा प्रस्ताव दर्ता भएपछि लामाको नेतृत्व संकटमा परेको छ । यसअघि इन्द्र बानियाँलाई पराजित गर्दै नेता बनेका लामामाथि जनअपेक्षा अनुसार शासन गर्न नसकेको आरोप लागेको छ । यसैबीच सरकारमा रहेका चारजना मन्त्री—सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन, बिमल ठकुरी र मदु कुमार श्रेष्ठ—ले पनि सामूहिक रूपमा राजीनामा दिँदै नेतृत्वमा असहमति प्रकट गरेका छन् । अविश्वास प्रस्तावको पृष्ठभूमिमा प्रदेश सरकारले ल्याएको...
अञ्जना तामाङ
दक्षिण कोरिया । गैर आवसीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको २०२५ २०२७ को लागि पार्वती मोक्तानले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष समेत रहेकी मोक्तानले आफ्नो चुनावी संकल्प सहित एयस पोडकाष्ट र आफ्नो सामाजिक सञ्जाल फेसब्क मार्फत उम्मेद्वारी घोषणा गरेकी हुन् ।
दक्षिण कोरियाको नेपाली समाजमा सकृय सामाजिक अभियान्ताको परिचय बनाउन सफल पार्वती मोक्तानले संघमा आफ्नो बलियो दावेदारी सहित उम्मेद्वारी घोषणा गरेका हुन् । अध्यक्षका उम्मेद्वार मोक्तानले एनआएनएको सदस्य बन्ने समय यहि जुन ३० गतेसम्म रहेकोले तत्काल स्मार्ट एनआरएनए डाउलोड गरेर सदस्य फारम भरेर सदस्य बन्न समेत आग्रह गरेकि छिन् ।
को हुन् पार्वती मोक्तान ?
मनाङ जिल्लामा जन्मिएर सन् १९९५ मा दक्षिण कोरिया प्रवेश गरेकी पार्वती मोक्तान हाल दक्षिण कोरियामा व्यवसाय संगै सामाजिक कार्यमा ...
हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (बहुमत) मकवानपुर जिल्ला कमिटीको आयोजनामा शुक्रबार हेटौंडा उपमहानगरपालिका–१० सिमाचोकमा विरोध कोणसभा सम्पन्न भएको छ। कार्यक्रम जिल्ला इन्चार्ज अग्रिम गजमेरको नेतृत्वमा सम्पन्न भएको हो ।
कोणसभामा पार्टीका केन्द्रीय सल्लाहकार पेमा तामाङ, जिल्ला सचिव भक्त माझि, पार्टी सदस्य श्याम सेन्चुरी, बकैया गाउँपालिका इन्चार्ज प्रेम तामाङलगायत १०–१२ जना नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा “न्याय मार्न पाइँदैन, अदालतभित्रको सेटिङ चाहिँदैन”, “सम्पूर्ण वामपन्थी देशभक्त प्रगतिशील जनतान्त्रिक युवा एकजुट होऔं” भन्ने नारासहित प्रदर्शन गरिएको थियो ।
जिल्ला सचिव भक्त माझिले कोणसभामा बोल्दै पूर्वमन्त्री अफ्ताब आलमलाई सफाइ दिने न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनलाई पार्टीका नेताहरू — केन्द्रीय सदस्य अविनाश, पदम र सिरहा जिल्ला सचिवालय सदस्य गर्भू महतोको नेतृत्वमा जनस...
काठमाण्डौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कान्तिपुर टेलिभिजनको प्रधान सम्पादक समेत रहेका पत्रकार पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।
पाठक साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ । बाँकी विषय भने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएको प्रहरीले पुष्टि गरे पनि पाठकविरुद्ध कसले, के आरोपमा उजुरी हालेको भन्नेबारे केही बताएको छैन ।...