समाचार

एकैपटक १७ सांसद चीन भ्रमणमा

एकैपटक १७ सांसद चीन भ्रमणमा

राजनीति, समाचार
२ पुष, काठमाण्डौं  — चिनियाँ जनकङ्ग्रेसको निमन्त्रणामा सोमबार एकैपटक १७ सांसद चीन भ्रमणमा निस्किएका छन् । चिनियाँ जनकङ्ग्रेसको निमन्त्रणा, वाणिज्य मन्त्रालय चीनको संयोजन र एकेडेमी फर इन्टरनेशनल बिजनेस अफिसियलको आयोजनामा पुस ४ गतेदेखि १३ गतेसम्म चीनको राजधानी बेइजिङमा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन १७ सांसद सहित ३ कर्मचारी चीन लागेका हुन । माओवादी संसदीय दलका नेता हितराज पाण्डेको नेतृत्वमा एयर चाइनाको विमानबाट सांसदहरूको टोली चाइना उडेको हो । चीन भ्रमणमा जाने टोलीमा सांसद पाण्डेको साथमा प्रतिनिधिसभाका सांसदहरू सरस्वती वजिमय, कुसुमदेवी थापा, युवराज शर्मा, दामोदर पौडेल वैरागी, मानवीर राई, रुकमणि राना बराइली, रामनाथ अधिकारी, नारायणी शर्मा, जगप्रसाद शर्मा, मेटमणि चौधरी, सन्तोष परियार, प्रकाश अधिकारी, ऐनबहादुर शाही रहेका छन् । यस्तै राष्ट्रियसभा सदस्यहरूमा भगवती न्यौपाने र जगप...
शुक्रबार बिहान ६ बजे सर्भर डाउन हुँदा एनओसी वितरण रोकियो

शुक्रबार बिहान ६ बजे सर्भर डाउन हुँदा एनओसी वितरण रोकियो

शिक्षा, समाचार
२ पुष, काठमाण्डौं  — सर्भर डाउन हुँदा वैदेशिक अध्ययन अनुमति पत्र नो अब्जेक्सन लेटर (एनओसी) वितरण चार दिनदेखि रोकिएको छ। सरकारले भक्तपुरको सानोठिमीमा रहेको कार्यालयबाट एनओसी उपलब्ध गराउँदै आइएको थियो। गत शुक्रबार बिहानदेखि सर्भर डाउन हुँदा एनओसी वितरण हुन सकिरहेको छैन । तीन/चार दिनदेखि सानोठिमीस्थित कार्यालय पुग्दा पनि एनओसी नपाएको भन्दै आइतबार विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने सर्भर मर्मत कार्य भइरहेको बताएको छ। यसै विच हस्तलिखित एनओसी दिने तयारी गरिएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले सकेसम्म अनलाइनबाट र नभए हस्तलिखित रूपमा भने पनि सोमबारदेखि एनओसी वितरण गरिने बताए । ‘सर्भर बन्दै छ, सफ्टवेयर रिकभर हुँदैछ। सकेसम्म अनलाइनबाट नभए आजदेखि हस्तलिखित भए पनि एनओसी वितरण गर्छौं,’ उनले भने। गत शुक्रबार बिह...
गएको एक वर्षमा सापेक्षिक भूमिका निर्वाह गरिए पनि जनताको अपेक्षा अनुसार काम भएन : सांसद राजन दाहल

गएको एक वर्षमा सापेक्षिक भूमिका निर्वाह गरिए पनि जनताको अपेक्षा अनुसार काम भएन : सांसद राजन दाहल

अन्तर्वार्ता, समाचार
२ पुष, काठमाण्डौं  — नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहाल (राजन) ले   गएको एक वर्षमा सापेक्षिक भूमिका निर्वाह गरिए पनि जनताको अपेक्षाअनुसार काम नभएको रासससँग सांसद कार्यक्रममा बताएका छन् । यद्यपि, पछिल्लो एक वर्षमा मिटरब्याजी पीडितलाई न्याय दिने विधेयक, नागरिकता विधेयक, आर्थिक विधेयकलगायत नागरिकसँग प्रत्यक्ष जोडिएका केही महत्वपूर्ण विधेयक कार्यान्वयनमा गएका उनी बताउँछन् । संसद्को एकवर्षे अवधिमा अपेक्षित भूमिका पूरा गर्न नसकेको उनको अनुभूति छ । गएको एक वर्षमा सरकारका तर्फबाट प्रतिनिधिसभामा ‘बिजनेस’ प्राप्त भए पनि संसद्लाई बहसको थलोका रुपमा विकास गर्ने काम हुन नसकेको उनी बताउछन् । संसदभित्र टेबल भएका महत्वपूर्ण विधेयक छलफलमा आउन नसकेको उल्लेख गर्दै उनले सदन प्रभावकारी ढङ्गले चल्न नसक्दा यस्तो अवस्था आएको बताए । “मुख्यतः प्रमुख प्रतिपक्षी दलको गत्यावरोधका कारण...
सरकारीवित्त ६९ अर्बलेघाटामा, गतमंसिर ३० सम्मसरकारको कुलआम्दानी ३ खर्ब ८३ अर्ब ९२ करोडरुपैयाँ मात्र

सरकारीवित्त ६९ अर्बलेघाटामा, गतमंसिर ३० सम्मसरकारको कुलआम्दानी ३ खर्ब ८३ अर्ब ९२ करोडरुपैयाँ मात्र

अर्थ, समाचार
२ पुष, काठमाण्डौं  — चालु आर्थिक वर्ष २०८०÷८१ को शरुवाती पाँच महिनामा सरकारी वित्त करिब ६९ अर्ब ७ करोड रुपैयाँले घाटामा रहेको छ । गत पाँच महिनाको अवधिमा आर्जन भएको सरकारको आम्दानीभन्दा सोही अवधिमा भएको खर्च बढी हुँदा यस्तो अवस्था आएको हो । मंसिर ३० सम्म सरकारको कुल आम्दानी ३ खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँ छ । सोही अवधिमा सरकारको कुल खर्च ४ खर्ब ५२ अर्ब ९९ करोड रुपैयाँ छ । यसका आधारमा मंसिर मसान्तसम्म सरकारी वित्त करिब ६९ अर्बले घाटामा देखिएको हो । चालु आर्थिक वर्षको पाँच महिनामा सरकारको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मंसिर अन्तिमसम्ममा सरकारले वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी गरेको छ । सोही अवधिमा २५.८७ प्रतिशत कुल खर्च भएको छ । चालु आर्थिक वर्षका लागि ...
एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

समाचार
२ पुष, काठमाण्डौं  — एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । यसअघि मंसिर २८ र २९ का लागि तय भएको बैठक स्थगित भएको थियो । आज र भोलि बस्ने बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्य प्रगतिको समीक्षा गरिने नेताहरूले बताएका छन् । सचिवालय बैठकले गर्ने निर्णयलाई स्थायी समिति र पोलिट्ब्यूरो सदस्यको बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गरिने छ ।...
त्रिविको ४९ औं दीक्षान्त समारोह आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदै

त्रिविको ४९ औं दीक्षान्त समारोह आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदै

शिक्षा, समाचार
२ पुष, काठमाण्डौं  — त्रिविले ४९ औं दीक्षान्त समारोह सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्ने भएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल पनि सरिक हुनेछन्। यसअघि पुल्चोक क्याम्पसमा दीक्षान्त समारोह हुँदै आएको थियो। ठाउँ साँघुरो भएकाले त्रिविले रंगशालामा दीक्षान्त समारोह आयोजना गरेको हो। ७३ हजार सात सय ४९ जना विद्यार्थीमध्ये यसपालि दीक्षित हुनका लागि १२ हजार चार सय १५ जनाले फारम भरेको त्रिवि जनसम्पर्क महाशाखाका कृष्ण बस्ताकोटीले जानकारी दिए। एकैपटक धेरै विद्यार्थी दीक्षित हुने भएकाले त्रिविले यसपटक गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा पनि आवेदन दिएको छ। त्यसका लागि गिनिज बुकका प्रतिनिधिहरू काठमाडौं आएका छन्।...
अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्ककन गर्दा १०० मा १० अंङ्क मात्रै दिन सकिन्छ : गगन थापा

अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्ककन गर्दा १०० मा १० अंङ्क मात्रै दिन सकिन्छ : गगन थापा

समाचार
१ पुष, काठमाण्डौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले काम गर्न नसकेको बताएका छन् । पर्वतमा कांग्रेसको क्षेत्रीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्ककन गर्दा १०० मा १० अंङ्क मात्रै दिन सकिने बताए । थापाले भने, ‘नेपाललाई सम्हाल्ने काम कसले गर्छ ? नेकपा (एमाले) ले नेपाल सम्हाल्छ ?, माओवादीले वा नयाँ आएको पार्टीले नेपाल सम्हाल्छन् ?, म सरकारको कुरा गरिरहेको छैन। सरकारमा एक वर्षमा राम्रो काम भयो भनेर सोध्दै गर्दा म भन्छु - गत वर्ष पुसमा मजस्ता कांग्रेसका सांसदले मत दिएर बनाएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यो एक वर्षमा १०० मा १० अङ्क मात्रै पाउने काम गरेको छ।’ सरकारमा बसेर प्रधानमन्त्री दाहालले काम गर्न नसकेको उनको गुनासो छ । ‘चित्त बुझाउने कुरै छैन, सर...
एनसेलमा प्रचण्डले अरबौंको भ्रष्टाचार गरेको भनेर प्रचारबाजी गरेका मानिसहरुको मुखमा अहिले बुजो लागेको छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

एनसेलमा प्रचण्डले अरबौंको भ्रष्टाचार गरेको भनेर प्रचारबाजी गरेका मानिसहरुको मुखमा अहिले बुजो लागेको छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

समाचार
१ पुष, काठमाण्डौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट आतंकित भएका केही मानिसहरुले एनसेलमा प्रचण्डले अरबौंको भ्रष्टाचार गरेको भनेर प्रचारबाजी गरेको बताएका छन् । आइतबार महोत्तरीस्थित जनता मा.वि. गौरीडाँडाको स्वर्ण महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले मेरो नेतृत्वको सरकारले विश्वव्यापी रूपमा र देशभरि पनि सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा थालेका कामहरू, अर्थतन्त्र सुधारका निम्ति थालेका कामहरूबाट आतंकित भएर एनसेलमा अरबैंको भ्रष्टाचार गर्ये प्रचण्डले भन्ने प्रचार भएको देखेँ मैले ।’ आफू दुबईमा हुँदा एनसेलको सेयर बिक्री भएको खबर अनलाइनबाट थाहा पाएको उल्लेख गर्दै दाहालले नेपाल आएपछि यसबारे गठबन्धन र मन्त्रिपरिषद बैठकमा छलफल गरी छानबिन समिति गठन गरेको बताए । ‘एनसेलसम्बन्धी भएका गति...
गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
गाजा, २७  मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।...
आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"