पूर्वराजा ज्ञानेन्द्र शाहलाई हेटौंडामा
हेटौंडा/पुर्वराजा ज्ञानेन्द्र शाहलाई हेटौंडामा अभिनन्दन गरिएको छ । विभिन्न शक्तिपिठको दर्शन गर्ने क्रममा पुर्वराजा शाह आइतबार हेटौंडा आइपुगेका हुन् ।
उनको स्वागतमा समर्थक तथा सुभेच्छुकहरुले ठाउँ ठाउँमा स्वागत गेट बनाउनुका साथै र्याली निकालिएको छ । पूर्वराजा शाहले हेटौंडा उपमहानगरपालिकामा रहेको चुरियामाई मन्दिरको दर्शन गरेका छन् । त्यसपछि उनी हेटौंडा उपमहानगरपालिका वडानम्बर १३ मा रहेको गुम्वामा पूजा गर्न पुगे।
उनि हेटौंडा-१० मा रहेको भुटनदेवी मन्दिर समेत दर्शा गरी हेटौडा रिसोर्टमा भेटघाट कार्याक्रम गरेका छन ।...








