Breaking News 1

नेपाल पत्रकार महासंघको चुनाव असोज ५ मा हुने

नेपाल पत्रकार महासंघको चुनाव असोज ५ मा हुने

Breaking News 1, समाचार, सूचना प्रबिधि
काठमाडौं / नेपाल पत्रकार महासंघको महाधिवेशनको नयाँ मिति आगामी  असोज ५ का लागि तोकिएको छ । अध्यक्ष विपुल पोखरेलले बक्तव्य जारी गरेर सबै तहको निर्वाचन ५ असोजमा हुने जानकारी दिएका हुन् । सदस्यता वितरण, नवीकरण लगायत कारणले महासंघको चुनाव पटक(पटक सर्दै आएको छ ।
आइतबार हिमालयन सांगीतिक धमाका २०२४ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन हुँदै

आइतबार हिमालयन सांगीतिक धमाका २०२४ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन हुँदै

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । कोरियन चाड छुसकको अवसरमा शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा हुन लागेको हिमालयन सांगीतिक धमाका २०२४ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन भोली आइताबार सौलमा हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया अन्तर्गत हुन लागेको उक्त कार्यक्रम विपत व्यवस्थापन तथा आपतकालीन राहतकोष स्थापनार्थको मुख्य नारा दिएर आयोजना गर्न लागिएको हो । पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन सौलको दोङदेमुनमा रहेको पूर्वी नेपाल समाजको सभाहलमा दिउँसो १२ः ३० बजे देखि हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा सहभागि हुनको लागि आयोजक संस्थाले सार्वजानिक रुपमा आह्वान गरेको छ ।...
व्यवसायीहरुको समस्या समाधान गर्न तत्पर रहेको- मुख्यमन्त्री लामा

व्यवसायीहरुको समस्या समाधान गर्न तत्पर रहेको- मुख्यमन्त्री लामा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा/ बागमती प्रदेश सरकारका मुख्य मन्त्री बहादुर सिंह लामाले व्यवसायीहरुको समस्या समाधान गर्न तत्पर अगाडी बडिरहेको बताएका छन् । बिहिबार हेटौंडामा भएको नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक व्यवसायी संघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै लामाले व्यवसायीहरुले विभिन्न समस्या झेल्नु परेकाले संगठन बनाउन तत्पर भएको र जुन चुनौतिपुर्ण रहेको बताए । राज्य र व्यवसाय पक्ष मिलि समस्याहरुलाई सुधार गरेर अगाडी बढ्नुपर्ने र ऐन कानुन सुधार गर्दै व्यवसायलाई कसरी व्यवस्थित गर्ने भन्नेमा प्रदेश सरकार तत्पर अगाडि बढिरहेको मुख्यमन्त्री लामाले बताएका छन् । कार्यक्रम मुख्य मन्त्री लामाको प्रमुख आतिथ्यता र  नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका संयोजक विजय बहादुर स्वारको सभाध्यक्षतामा भएको हो । उक्त कार्यक्रममा बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्ले, आन्तरिक मामिला तथ...
छुसकको दोश्रो दिन सेप्टेम्बर १७ मा “सेलो नाइट विथ विश्व दोङ ” को आयोजना हुँदै

छुसकको दोश्रो दिन सेप्टेम्बर १७ मा “सेलो नाइट विथ विश्व दोङ ” को आयोजना हुँदै

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । कोरियन चाड छुसकको दोश्रो दिन सेप्टेम्बर १७ तारिखमा “सेलो नाइट विथ विश्व दोङ” को आयोजना हुने भएको छ । सौलको दोङदेमुन नजिक रहेको 서울특별시 성북구 동소문로20 나길47, 지하2층 8201호 हलमा साइनो ग्रुप दक्षिण कोरिया र लाबा ग्रुपको आयोजनामा सेलो नाइटको आयोजना हुन लागिएको हो । 'पुस्तकालय निर्माण सहयोगार्थ' स्वरुप आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल देखि आउने ख्यातिप्राप्त सेलो गायक तथा संगीतकार विश्व दोङको मुख्य प्रस्तुती रहने छ । सेलो गायक विश्व दोङ संगै स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने छ । स्थानीय कलाकारहरूमा डिजे सि मन, सेलो गायक मिलन दोङ, आशिष मोक्तान, गायक सुर्य रुम्बा, र्‍यापर इच्टुपा, नृत्याङ्गना प्रतिज्ञा लामा, सरस्वती तामाङ, अञ्जि तामाङ, स्यार्लिन तामाङ र नृत्यकार सन्नी थापा मगरको पनि प्रस्तुती रहने छ । सेलो नाइट कार्यक्रममा प्रमुख रुपमा सेलो गीत तथा सेलो नृत्य सम्बन्धी विशेष प्रस...
हेटौंडामा पहिलो पटक लाइभ सेलो साँझ हुदै

हेटौंडामा पहिलो पटक लाइभ सेलो साँझ हुदै

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/ बागमती प्रदेशको राजधानी हेटौंडामा लाईभ सेलो साझ हुने भएको छ । आगामी असोज १९ गते हेटौंडा २ स्थित पल्पसा सदनमा नेपालमै ऐतिहासिक रुपमा लाईभ सेलो साझ हुने भएको हो । आईतबार ओपेराईन्फोटेन्ट सिने प्रा.लिले पत्रकार सम्मेलनको आयोजना गर्दै लाईभ सेलो हुने सन्दर्भमा जानकारी दिएको हो । एक तामाङ घर एक डम्फु भन्ने मुल नारा सहित मौलिक कला संस्कृति , गित संगित र बाजाको संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले ओपेराईन्फोटेन्टका प्रोफाईटर विक्रम लुङ्बाको संयोजकत्व र नेपाल तामाङ घेदुङ मकवानपुरको समन्वयमा कार्यक्रम हुन लागेको बताएका छन् । तामाङ सेलो जगतको प्रख्यात गायक मकवानपुरका प्रकाश तामाङ तितुङ र प्रख्यात गायिका सुमिना लोको गायन प्रस्तुति रहने कार्यक्रमका संयोजक विक्रम लुङ्बाले बताए । साथै स्थानिय कलाकारहरुको प्रस्तुति रहनुका साथै नृत्य प्रदर्शन समेत रहने उनले बताए । तामाङ कलाकार प्रोत्साहन गर्नुक...
हेटौंडा -१० नम्बर वडा बाल मैत्री घोषणा हुदैँ

हेटौंडा -१० नम्बर वडा बाल मैत्री घोषणा हुदैँ

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा बाल मैत्री स्थानीय शासन युक्त वडा घोषणा हुदैँ छ । सोमबार उक्त वडा कार्यलयले पत्रकार सम्मेलनको आयोजना गर्दै बाल मैत्री  घोषणा गरिने सम्बन्धमा जानकारी दिएको हो । बालबालिकामा लगानी , सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ भदौ ८ गते शनिबार बाल मैत्री घोषणा गरिने जनाएको छ । वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त  तथा बाल मैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिने १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाले बताए । वडाले स्थानीय शासन अभियान सञ्चालन गरी विभिन्न चरण पार गरी घोषणाको तयारी गरिरहेको अध्यक्ष लामाले जानकारी दिए । बाल मैत्री स्थानीय शासन  घोषणा गर्न ५१ वटा सुचकहरुमा अभ्यास गरी ४९ वटामा सुचकहरु १०० प्रतिशत, १ वटा सुचक ९५ प्रतिशत, १ वटा सुचक ८१ प्रतिशत सम्म नतिजा हासिल गरेको बताएका छन् । उक्त वडामा घरधुरी तथ्याङ्क संकलन , २०७९ अनुसा...
तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः जयराम सहित ९ सदस्यीय कार्यसमिति चयन

तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः जयराम सहित ९ सदस्यीय कार्यसमिति चयन

Breaking News 1, समाचार
हेटौँडा / तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुन-जयराम मुक्तान सर्वसम्मत चयन भएका छन् । शनिबार संघको चौँथो अधिवेसनले मुक्तान सहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।   यस्तै उपाध्यक्षमा सन्देश थिङ, सचिवमा भुवन घलान, सहसचिवमा रविन्द्र वाईबा, कोषाध्यक्षमा जमुना थिङलाई सर्व सम्मत चयन गरिएको छ । सदस्यहरुमा अन्जना न्यासुर तामाङ, सशान्त तामाङ, विवेक वाईबा, छोइसाङ सिन्तानलाई चयन गरिएको छ । सोही अवसरमा ३० औं तामाङ प्रशारण दिवस मनाएको छ । मुक्तानको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा ‘तामाङ अग्रज पत्रकार २०८१’ बाट संस्थापक अध्यक्ष आदर्श सिंह थोकरलाई नगदसहित सम्मानत गरिएको छ । यसैगरी प्रदेश प्रतिनिधिमा सुनसानी थिङ र केन्द्रिय प्रतिनिधिमा राजकुमार स्याङ्बो र नवराज वाईबालाई चयन गरिएको छ । कार्यक्रममा ने...
फोनमनीको पैसा डबल अफर अन्तर्गतको तीन जना विजेता चयन 

फोनमनीको पैसा डबल अफर अन्तर्गतको तीन जना विजेता चयन 

Breaking News 1, अर्थ, प्रवास, मुख्य समाचार, समाचार
दक्षिण कोरिया । फोनमनीको “फोनमनी साथमा, एक करोड हातमा”  योजना अन्तर्गत कोरियाबाट पैसा पठाउँदा हरेक हप्ता पैसा डबल अफरका तीन विजेता चयन भएका छन् । पहिलो हप्ता सुजन स्याङ्बो, दोश्रो हप्ता राम बहादुर डिम्डुङ पछि सोमबार अर्जुन खड्का विजयी भएका छन्।  फोनमनीले हरेक हप्ताको सोमबार कोरियाबाट पैसा पठाउने मध्येबाट इलेक्ट्रोनिक लक्की ड्र मार्फत एक जना विजेता चयन गर्दै आएको छ। कोरियाबाट फोनमनी मार्फत बैँक खाता, नगद वा इ सेवामा  पैसा पठाउँदा यो योजनामा सहभागि हुन सकिने छ। “फोनमनी साथमा, १ करोड हातमा” योजना अन्तर्गत पैसा पठाउने मध्येबाट १ जनालाई बम्पर उपहारको रुपमा १ करोड वन  दिने र जारी समयमा हरेक हप्ता १ जनालाई पैसा डबल हुने फोनमनीका बजार व्यवस्थापक राजन अधिकारीले जानकारी दिएका छन्। १ करोड वन सहित घरको उपहार पनि सञ्चालनमा रहेको छ। घर जित्नको लागि भने फोनमनी बाट इ सेवा मनिट्रान्सफर मार्फत इ सेवा वालेट...
पेट्रोलको मूल्य ५ रुपैयाँ सस्तो

पेट्रोलको मूल्य ५ रुपैयाँ सस्तो

Breaking News 1, अर्थ, समाचार
काठमाडौँ / नेपाल आयल निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर ५ रुपैँया घटाउने निर्णय गरेका छन् । साथै डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय पनि गरिएका छन् । गरेको हो । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो । जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ । घटेको मूल्य शुक्रबारदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...
हेटौंडामा ‘तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने

हेटौंडामा ‘तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने

Breaking News 1, खेलकुद, समाचार
हेटौंडा / हेटौंडामा ‘तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा आउँदो भदौ २४ गतेदेखि ३१ ग्ते सम्म फुटबल प्रतियोगिता हुने भएको हो । रोट्«क्यक क्लब अफ मकवानपुरसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको बुधबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्र्तियोगिता हुने सम्बन्धमा जानकारी दिएको हो । जलन प्राथमिक उपचार केन्द्र निर्माण अभियानलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १६ वटा क्लबले सहभागिता जनाउने छ ।  प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २ हजार २ सय २२ रुपैँया प्राप्त गर्ने र द्वितीय हुनेले १ लाख १ हजार १ सय १ रुपैँया, सर्वश्रेष्ठ प्रशिक्षक १० हजार रुपैँया, सर्वश्रेष्ठ खेलाडी ५ हजार रुपैँया, सर्वश्रेष्ठ किपर ५ हजार रुपैँया, सर्वश्रेष्ठ डिफेन्स ५ हजार रुपैँ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"