Breaking News 1

गैह्री गाउँ हत्या प्रकरण : दीपेन्द्र रिहा,  सञ्जय भण्डारी पक्राउ

गैह्री गाउँ हत्या प्रकरण : दीपेन्द्र रिहा,  सञ्जय भण्डारी पक्राउ

Breaking News 1, समाचार
काठमाडौँ । तीनकुने स्थित गैह्री गाउँमा शनिवार राति भएको चार जनाको हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का सञ्जय भण्डारीलाई सिसिटिभी फुटेजका आधारमा पक्राउ गरेको हो। जन्मजात बोल्न नसक्ने भण्डारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार काँडा घारी क्षेत्रबाट पक्राउ गरेको थियो ।   घटना भएको दिन बोकेको झोला र त्यसभित्र घटनामा प्रयोग भएको खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  उनले फर्निचरमा पसेर चार जनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। गैह्रीगाउँस्थित दिव्य सःमिलमा हत्या गरेको अवस्थामा शनिवार बिहान दुई पुरुष र २ महिलाको शव फेला परेको थियो। सुरुमा प्रहरीले ट्याक्सीमा चढेर नयाँ बानेश्वर वृत्त पुगेका दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो। ह...
ब्राजिलमा हवाई दुर्घटना, सबै अमेरिकी पर्यटक

ब्राजिलमा हवाई दुर्घटना, सबै अमेरिकी पर्यटक

Breaking News 1, अन्तर्राष्ट्रिय
ब्राजिलको उत्तरी राज्य अमेजोनासमा शनिवार  ठुलो हवाई दुर्घटना भएको छ । सो दुर्घटनामा परी पाइलट, को–पाइलट सहित करिब १४ जनाको मृत्युको समाचार प्राप्त भएको छ ।  बार्सिलोस प्रान्त भन्ने स्थानमा भएको प्लेन दुर्घटनामा सबै अमेरिकी पर्यटकहरू भएको बुझिएको छ । 
८८ वर्षको इतिहासमा अमेरिकी मजदुरुको सबैभन्दा ठूलो हडताल

८८ वर्षको इतिहासमा अमेरिकी मजदुरुको सबैभन्दा ठूलो हडताल

Breaking News 1, अन्तर्राष्ट्रिय
वासिङटन । अमेरिकामा वेतन वृद्धिको माग गर्दै करिब १३ हजार मजदुर सवारी साधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् । आफ्नातर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन् । युनाइटेड अटो वर्कर्स युनियनका सदस्यहरूले मिसौरीको वेन्ट्जभिलमा रहेको जनरल मोटर्सको एसेम्बली प्लान्ट, डेट्रोइट नजिकैको मिचिगनको वेनमा रहेको फोर्ड कारखाना र ओहायोको टोलेडोमा रहेको स्टेलान्टिस जिप कारखानामा काम ठप्प पारेका छन् । मजदुरको सेवा सुविधासम्बन्धी चार वर्षे सम्झौता गत मध्यरातपछि समाप्त भएको हो । कर्मचारी युनियनको ८८ वर्षको इतिहासमा यति धेरै मजदुरले काम छाडेर हडताल गरेको यो पहिलो पटक हो । हडताल लम्बिएमा सवारी साधनको अभाव हुने र मूल्य बढ्न सक्ने चेतावनी व्यापारीले दिएका छन् । तीन ओटै कम्पनीमा मजदुर एकैसाथ आन्दोलनमा उत्रिँदा अटो उद्योगमा समस्या...
विद्यालय शिक्षासम्बन्धी  विधेयक -२०८० संसदमा दर्ता 

विद्यालय शिक्षासम्बन्धी  विधेयक -२०८० संसदमा दर्ता 

Breaking News 1
लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० अन्ततः संसद्मा पुगेको  प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीले बताएका छन् ।   उक्त विधेयक साउन १६ गते  मन्त्रिपरिषद् बैठकले संसद्मा पेस गर्न स्वीकृति दिएको थियो। विधेयकको विरोध तथा विभिन्न आन्दोलन सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन गरेपछि मात्रै संसद्मा दर्ता गर्ने प्रतिबद्धता जनाएका थिए। प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रूपान्तरण हुने बाटो खुला गरिएको छ ।  विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नरहने प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"