Breaking News 1

राजदूतावास र कोरियामा कृयाशिल बिभिन्न सामाजिक संस्थाहरुको सयुक्त आयोजनामा बृहत अन्तरकृया कार्यक्रम हुदै

राजदूतावास र कोरियामा कृयाशिल बिभिन्न सामाजिक संस्थाहरुको सयुक्त आयोजनामा बृहत अन्तरकृया कार्यक्रम हुदै

Breaking News 1, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली राजदूतावास दक्षिण कोरिया र दक्षिण कोरियामा कृयाशिल बिभिन्न सामाजिक संस्थाहरुको सयुक्त आयोजनामा बृहत अन्तरकृया कार्यक्रम हुने भएको छ । दक्षिण कोरियामा नेपालीहरुको संख्या बढे संगै कम्पनी दुर्घट्ना, आत्माहत्या, भाषिक समस्या, कानुनी समस्या, कार्यस्थल तथा बासस्थानको समस्या, प्रशासनिक समस्या साथै सामाजिक सञ्जाल मार्फत बढ्दो ठगी जस्ता विविध समस्याहरुको न्युनिकरणको निम्ती आउदो अप्रील ७ आइताबार सौलको जोगेसा हलमा बृहत अन्तरकृया कार्यक्रमको आयोजना गर्न लागिएको हो । आयोजकको रुपमा नेपाली राजदूतावास सौल संगै नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेपाल आदिबासी जनजाती महासंघ दक्षिण कोरिया, बागमती प्रदेश एकता समाज, पूर्वाञ्चल सरोकार समाज, सुदुरपश्चिम समाज, गण्डकी प्रदेश समाज र कर्णाली प्रदेश समाज लगायतका मुख्य संस्थाहरु रहनुका साथै नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले मि...
बकैयामा भिरबाट लडेर ८ वर्षिय पुर्णिमाको  मृत्यु

बकैयामा भिरबाट लडेर ८ वर्षिय पुर्णिमाको मृत्यु

Breaking News 1, समाचार
हेटौंडा / मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । बकैया वडा नम्बर–६ ठुलोसुधाककी ८ वर्षिय पुर्णिमा भोम्जनको भिरबाट लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । स्थानीय सन्दिप भोम्जनको छोरी घरबाट निस्कि हिडेको र खोजतलास गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला परेका थिए । आफ्नै घरदेखी दुइ सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक बनको सुधाभिरबाट लडि मृत अवस्थामा फेला परेको जनाएको छ ।...
आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताएका छन्। मकवानपुरमा आज नेकपा(माओवादी केन्द्र)का स्थानीय नेता एवं कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजनाहरू तयार गर्न सरकार लागिपरेको बताए । “पछिल्लो समीकरण सरकारको गति बढाउन र जनताका आकांक्षा पूरा गर्ने उद्देश्यका साथ निर्माण भएको हो,” प्रधानमन्त्री प्रचण्डले भने, “नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेका छन्, अब देशको आर्थिक क्षेत्र पनि चलायमान हुन्छ ।” आगामी दिनमा सरकारले विकास र समृद्धिको यात्रालाई जोड दिएर जनताका आकांक्षालाई सम्बोधन गर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन र विकासमा केन्द्रित रही आगामी दिन...
सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

Breaking News 1, समाचार
हेटौंडा/ ६७औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा सहकारी संस्थाबाट गरिने ‘ऋण लगानी तथा असुलीका कानुनी प्राबधान र सरोकारवालाहरुको भूमिका’ बिषयमा सरोकारवाला र सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार बागमती प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको आयोजना तथा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, प्रदेश सहकारी विकास बोर्डको सहयोगमा भएको अन्तरक्रिया कार्यक्रम प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको अध्यक्षता तथा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशका सचिव हरिशरण पुडासैनीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पुडासैनीले सहकारी संघ संस्थाहरु नीति, बिधि र प्रविधिमा आधारित...
रास्वपा नेता एबम् पूर्व डीआईजी रमेश खरेलले त्यागे रास्वपा

रास्वपा नेता एबम् पूर्व डीआईजी रमेश खरेलले त्यागे रास्वपा

Breaking News 1, मुख्य समाचार, राजनीति
काठमाडौं । रास्वपा नेता एवम् पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका छन् । आफूले बुधबार मात्र पार्टीमा राजीनामा बुझाएको खरेलले जानकारी दिएका छन् । आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका थिए । खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी जसपाका उपेन्द्र यादवसँग पराजित भए । चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए ।  ...
आस्मान र रोश्नाको स्वरमा सजिएको “बेसी त खेतको” बोलको खान्दोके सेलो सार्वजनिक (अडियो सहित)

आस्मान र रोश्नाको स्वरमा सजिएको “बेसी त खेतको” बोलको खान्दोके सेलो सार्वजनिक (अडियो सहित)

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । गायक तथा संगीतकार आस्मान लोप्चन र गायिका रोश्ना लुङबाको स्वरमा सजिएको “बेसी त खेतको” बोलको खान्दोके सेलो सार्वजनिक भएको छ ।  क्लिक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको अफिसियल अडियोमा शब्द, संगीत समेत गायक आस्मान लोप्चनको रहेको छ । त्यसैगरी अडियोको एरेञ्ज जोगलाल लामाले गरेका छन् भने मिक्सिङ अर्पण थिङले गरेका छन् । अडियो उत्पादको लागि बिचित्र स्याङतान र प्रेम माया वाइबाले लगानी गरेका छन् । गायक तथा संगीतकार आस्मान लोप्चनको शब्द,संगीत, स्वर र अभिनयमा तयार भएको खान्दोके सेलो “जाउ हिड लण्डन” बोलको गीत केही समय अघि मात्रै सार्वजानिक भएको थियो । उक्त गीतले राम्रो चर्चा पाएको थियो ।   अडियो सुन्नुहोस..... https://youtu.be/bXaSPAtc4JI?si=7rO7IzuxHYQ4BBKp...
मकवानपुरको कैलाशमा छैन एसईई परीक्षा केन्द्र : ९ वटा पालिकामा २६ परीक्षा केन्द्र

मकवानपुरको कैलाशमा छैन एसईई परीक्षा केन्द्र : ९ वटा पालिकामा २६ परीक्षा केन्द्र

Breaking News 1, शिक्षा, समाचार
हेटौंडा/ माध्यमिक शिक्षा परीक्षा एसईई चैत १५ गते (बिहिबार) देखि २७ गते सम्म हुने भएको छ । मकवानपुरको १० वटा स्थानिय तह रहेकोमा ९ वटा पालिकामा २६ वटा एसईई परीक्षा केन्द्र रहेको छ । एसईई परीक्षा केन्द्र कैलाश गाउँपालिकामा भने तोकिएको छैन । भौतिक पुर्वाधारको पहुच नभएकोले कैलाशका परीक्षार्थिहरु राक्सिराङ गाउँपालिकाको परीक्षा केन्द्रमा सहभागि भई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जनाएको छ । मकवानपुरको ९९ वटा सामुदायिक विद्यालय र ४९ वटा संस्थागत विद्यालयको ६ हजार १६३ जना विद्यार्थिहरु एसईई परीक्षामा सहभागि रहने जनाएको छ । जसमा ग्रेडवृद्धि तर्फ १४९ जना र प्राविधिक धार तर्फ २२४ जना विद्यार्थि रहेको इकाइले जनाएको छ ।...
दक्षिण कोरियामा पनि नेपाल झल्कीने होली महोत्सव

दक्षिण कोरियामा पनि नेपाल झल्कीने होली महोत्सव

Breaking News 1, प्रवास, मनोरञ्जन, समाज
दक्षिण कोरिया । दक्षिण कोरियामा पनि नेपालको झल्कीने होली महोत्सव भएको छ । विगत लामो समयदेखि दक्षिण कोरियामा सक्रिय सनातन, साहित्य, संगीत साधना समुह ‘पाँच स’ को आयोजनामा आइतवार होली महोत्सव आयोजना गरिएको हो । होली महोत्सवमा नेपालीहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली दुतावासका नियोग उपप्रमुख पुष्पराज भट्टराईले प्रवासमा भएपनि नेपाली चाडपर्वलाई भव्य रुपमा मनाउनेगरी महोत्सव आयोजना गरेकोमा संस्थाको प्रसंसा गर्नुभएको छ । धर्मसंस्कृतिको संरक्षण र जगेर्नालेनै मावन सभ्यतालाई सुसज्जित, इमान्दार र अनुशासित र कर्तव्यनिष्ट बनाउने भएकाले हाम्रा धर्म संस्कृतिको सवैले जगर्नो गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, नेपाल सम्पर्क समिति अध्यक्ष हरि खनाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा दक्षिण कोरिया समाज अन्तर्गत प्रदेश र ...
महाजात्रा सौल शो हाउसफुल, आयोजक भन्छन् “अपेक्षा गरेअनुसार दर्शकको सहभागिता भएन”

महाजात्रा सौल शो हाउसफुल, आयोजक भन्छन् “अपेक्षा गरेअनुसार दर्शकको सहभागिता भएन”

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, मल्टिमिडिया
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली कथानाक चलचित्र महाजात्रा सौल शो हाउसफुल भएको छ । आपतकालिन् राहत कोष सहयोगार्थ सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा आइताबार दक्षिण कोरियाको सौल स्थित दोङदेमुनमा प्रदर्शन गरिएको महाजात्रा चलचित्र हाउफुल भएको हो । बिशाल आवाज मल्टीमिडीया प्रालीले दक्षिण कोरियाभर चलचित्र प्रदर्शण गर्ने अधिकार पाएको उक्त चलचित्र शौल शो प्रदर्शनको निम्ती प्रालीले तीस लाख कोरियन वनमा सिन्धुपाल्चोक समाजलाइ प्रदर्शणी अधिकार दिएको थियो । एक्कैदिन थुप्रै कार्यक्रमहरु भएता पनि महाजात्राले मनज्ञ दर्शकको साथ पाएको छ । आयोजकले दिएको जानकारी अनुसार तीन सय भन्दा बढी दर्शक हलमा चलचित्र हेर्न उपस्थित भएको जनाएको छ । समाजका अध्यक्ष राज लोप्चनले भने दर्शकको उपस्थिती बाक्लो भएता पनि संस्थाले अपेक्षा गरे अनुसारको नभएको बताएका छन् । अध्यक्ष लोप्चन भन्छन् “चलचित्र हेर्नको लागि ४ सय भन्द...
 नेकपा एकिकृत समाजवादीमा ११३ जना प्रवेश

 नेकपा एकिकृत समाजवादीमा ११३ जना प्रवेश

Breaking News 1, राजनीति, समाचार
हेटौंडा/ हेटौंडामा नेकपा एकिकृत समाजवादी पार्टीमा ११३ जना प्रवेश गरेका छन् । शनिबार हेटौंडा -३ बसामाडी स्थित काका पार्टी प्यालेसमा पार्टी प्रवेश कार्यक्रमका बिच युवाहरु पार्टीमा प्रवेश गरेको हो ।   अन्य दल परित्याग गरी १०५ जना पुरुष र ८ जना महिला पार्टी प्रवेश गरेको नेकपा एकिकृत समाजवादी युवा संघका अध्यक्ष किरणमान बलले बताए । हेटौँडाका बुद्ध लामा पाख्रिन, उमेश तामाङ, जनम लामा र आइतबहादुर मोक्तानको नेतृत्वमा उनीहरु एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् । नेकपा एसका स्थायी कमिटी सदस्य, पुर्व स्वास्थ मन्त्री विरोध खतिवडाले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"