काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पु¥याएको छ ।
एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।
मकवानपुर । बागमती प्रदेशको विना विभागीय मन्त्रीको व्यवस्थापनको विषयलाई लिएर सरकारले एकीकृत समाजवादीलाई २ प्रस्ताव अघि सारेको छ । सरकारको तर्फबाट एकीकृत समाजवादीलाई २ वटा विकल्प सहितका प्रस्ताव अघि सारेको हो ।
सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि रोजेको २ मन्त्रालय वा मन्त्रालय विभाजन गरी ३ मन्त्रीको प्रस्ताव अघि सारेका हुन् । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्कट्टेलले एकीकृत समाजवादीलाई ३ मन्त्री कायम रहे मन्त्रालय विभाजन गरेर विभागीय जिम्मेवारी तोक्ने र एक फिर्ता गरी २ मन्त्री लिएको खण्डमा मन्त्रालय हेरफेर गरी रोजेको मन्त्रालय दिन सक्ने गरी प्रस्ताव गरेका हुन् । क्त विषयमा सत्ता गठबन्धन दलहरू बिच भने सहमति हुन बाँकी नै रहेको उनले बताए । मुख्य दलहरू बिच सहमति भएको र सोही अनुसार एकीकृत समाजवादीलाई प्रस्ताव अघि बढाइएको उ...
दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया बुसान शाखाको आयोजनामा पाँचौ बुद्ध जयन्ती फुटसल कप हुने भएको छ । घेदुङ बुसान शाखाले कोरियामा सन् २०१८ देखि बुद्ध जयन्ति फुट्सल प्रतियोगिता गर्दै आइरहेको छ ।
तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाद्धारा सञ्चालन गर्दै आइरहेको महिला सेल्टर नाना आङा धिमको सहयोगार्थ बुद्ध जयन्तीको अवसर पारेर जुन २ मा पाँचौ बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको हो। घेदुङले सन् २०१८ देखि भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश दक्षिण कोरियाली नागरिक समक्ष पुगोस् भन्ने उदेश्य अनि विदेशी भुमिलाई कर्म थलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेल प्रती रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकाश गरोस भन्ने उद्धेश्यले निरन्तर रुपमा फुटसल प्रतियोगिता गर्दै आइरहको संस्थाका अध्यक्ष सोम योञ्जनले बताए ।
पाँचौ बुद्ध जयन्ती फुटसल कप २०२४ प्र...
वीरगन्ज । झण्डै ५ घन्टापछि सुरु भएको मधेस प्रदेश सभामा पुनः विवाद भएको छ । १० मिनेटको लागि स्थगित प्रदेशसभा ५ घन्टापछि सुरु हुँदा हानाहान भएको हो ।
यस्तै कुर्सी तोडफोड, माइक र सीसीटीभी क्यामरामा पनि तोडफोड भएको एक प्रदेश सांसदले बताए । सदन सुरु भएलगत्तै जनमत पार्टीले पुनः अवरोध सृजना गरेको थियो । आफ्ना माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले दोस्रो पटक सदन अवरोध गरेपछि विवाद भएको हो । जनमत पार्टीले सदन अवरोध गरेको बेला मुख्यमन्त्री सरोज कुमार यादवले जबरजस्ती प्रस्ताव पेस गर्न लाग्दा विवाद भएको प्रदेश सांसद श्याम पटेलले बताए ।...
सन् २००८ सेप्टेम्बर २१ आईतबार युएई उड्दै सुरु गरेको हवाई यात्रा कोरिया बसाईको पहिलो ६ वर्षे कार्यकाल सकाएर चाइनाको ग्वाङझाऊ ट्रान्जिट हुँदै स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १० पल्ट आउजाउ गरिएछ । युएई बसाईको क्रममा ४ पल्ट सहित यो विमास्थललाई १४ पटक प्रयोग गरिएछ । अहिले सम्मको १४ पटकको हवाई यात्रामा युएई आवात जावतको यात्रा सबै डाइरेक्ट थियो । कोरियाबाट पहिलो छुट्टी सन् २०१९ को अन्त्यतिर नेपाल फर्कदा इन्छन देखि चाइनाको छङ्दु सम्मको यात्रा अत्यन्तै आनन्दित रह्यो । म झ्यालपट्टीको सिटमा परेको थिए, जहाज हिमश्रृङ्खलाको विचैबिच थोरै माथि लामो समय उडीरहदा मनमोहक दृश्य आँखा र मोबाइलमा कैद गरेको छु । हिमाललाई सधैं तलबाट मात्रै हेर्ने मौका मिल्छ, तर त्यो दिन हिमाल भन्दा माथिबाट हेरेको थिए । छरपष्ट बिक्षाएको सेतो वादलको बिस्कुन छिचोलेर चुचुराहरू आकाशलाई नियालिरहेका थिए । त्यो भन्दा...
काठमाडौं / नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै विजयी भएको छ ।
सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध ८ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा निश्चित गरेको हो । हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । एसीसी प्रिमियर लिगमा नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।...
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको दोस्रो विकेट लिएको छ ।
हङ्कङले दोस्रो विकेटका रुपमा कप्तान निजाकत खानलाई १२ रनको ब्यक्तिगत स्कोरमा गुमाएको हो ।तेस्रो नम्बरमा क्रिज समाल्न आएका निजाकतलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका थिए । ५.४ ओभरमा निजाकत आउट हुँदा हङ्कङले ३७ रन बनाएको छ ।...
हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिकामा गैडाको आक्रमणमा परी रमेश बोटे घाईते भएका छन् । मनहरी –७ का ३२ बर्षीय बोटे सोमबार बिहान खेतमा पानी लगाउन गएको समयमा गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
गैंडाको आक्रमणबाट गंभीर घाइते बोटेको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि आज बिहानै थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।...
शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा गत फेब्रुअरी ९ तारिकमा गरिएको सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम २०२४ को आय व्यय सार्वजनिक तथा समिक्षा बैठक आइताबार सम्पन्न भएको छ ।
घेदुङले आफ्नो मौलिक साँस्कृतिक पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा आयोजना गरिएको उक्त साँस्कृतिक कार्यक्रमबाट एक करोड ६२ लाख ४१ हजार ९ सय ९३ कोरियन वन मुनाफा भएको कोषाध्यक्ष पासाङ बोम्जनले प्रस्तुत गरिएको आर्थिक प्रतिवदनमा उल्लेख गरिएको छ । घेदुङ दक्षिण कोरियाले आपतकालिन् राहत कोष स्थापना गर्ने उद्धेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रमबाट मुनाफा भएको रकमबाट ५० लाख कोरियन वन आपतकालिन राहतकोषमा जम्मा गर्ने निर्णय भएको जनाएको छ ।
त्यसैगरी गत वर्षको ल्होछार कार्यक्रमबाट मुनाफा भएको एक करोड वन भन्दा बढी रकमको स्थापना गरिएको दिर्घकालिन शैक्षिक कल्याणकारी कोषमा ११ लाख कोरियन वन ज...
काठमाडौँ / सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति(नाउपा)को कैलाश चौधरी पक्षले प्रमुखसमक्ष दाबी पेस गरेको छ । कैलाश केन्द्रीय सत्ता गठबन्धनमा नाउपाका रञ्जिता श्रेष्ठ पक्षधर हुन् ।
उनले नाउपा, नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्रसहितका सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । यसअघि कांग्रेससहितको समर्थनमानाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । कैलाश पक्षधरले एकीकृत समाजवादीको समेत समर्थनरहेको बताएको छ । दोहोरो दाबी परेपछि मुख्यमन्त्री नजिर मियाँले कानुनी छलफल गरेर निर्णय गर्ने बुझिएको छ ।...