Breaking News 1

सामुदायिक क्याम्पस मर्ज गर्नु पर्छ- मुख्यमन्त्रि  जम्कट्टेल

सामुदायिक क्याम्पस मर्ज गर्नु पर्छ- मुख्यमन्त्रि जम्कट्टेल

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, शिक्षा, समाचार
हेटौंडा/  बागमती प्रदेश सरकारका मुख्यमन्त्रि शालिकराम जम्कट्टेलले सामुदायिक क्याम्पस मर्ज गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । शुक्रबार हेटौँडामा मकवानपुर बहुमुखी क्याम्पसको राष्ट्रिय शैक्षिक सम्मेलनमा आफ्नो धाराणा राख्दै मुख्यमन्त्रि जम्कट्टेलले बागमती प्रदेश सरकारले नँया ढंगले शिक्षा नीति बनाएको बताए । ग्रामिन क्षेत्रलाई लक्षित गरी एक वडा, एक आवासीय विद्यालय बनाउने नीति तयार पारिएको र उच्च शिक्षालाई प्राविधिक र व्यवहारिक बनाउने उनले बताए । ग्रामीण क्षेत्रमा रहेको सामुदायिक क्याम्पस पिडामा रहेकोले प्रदेश सरकारले निती पास गरेर सहयोग गर्ने बताए । मुख्यमन्त्रि जम्कट्टेलले व्यावाहारिक र प्राविधिक शिक्षा कम भएको बताउदै बेराजगारी बडेको र बिदेश पलायनको अवस्था आएको बताए । मुख्यमन्त्री जम्कट्टेलले माध्यमिक विद्यालय तहमा नर्सिङ र इन्जिनियरिङ कोर्ष ल्याउनु पर्ने र जसकारणले दक्ष र शिक्षित जनशक्तिको...
प्रशासनको उपस्थितिले पिडितका लागि भर र पिडकका लागि डर सिर्जना हुनुपर्ने-गृहमन्त्रि लामिछाने

प्रशासनको उपस्थितिले पिडितका लागि भर र पिडकका लागि डर सिर्जना हुनुपर्ने-गृहमन्त्रि लामिछाने

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा/ नेपाल सरकार गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आयोजित दुई दिने सुरुक्षा गोष्ठि हेटौंडामा सम्पन्न भएको छ । गृहमन्त्रि लामिछानेले गोष्ठिलाई सम्बोधन गर्दे स्थानीय प्रशासनको उपस्थितिले पिडितका लागि भर र पिडकका लागि डर सिर्जना हुनुपर्ने धारणा राख्दै सबैलाई त्यस दिशामा खरो उत्रन निर्देशन दिए । प्रहरी समायोजन सम्बन्धी कार्य सम्पन्न गर्न कानुन तर्जुमा लगायत कार्यमा गृह मन्त्रालयले सक्रियतापूर्वक कार्य गरिरहेको बताउदै उनले राजनीतिक आवरणमा गैर संवैधानिक र गैर कानुनी गतिविधि हुन नदिन, नागरिकहरुले आफुमाथि शोषण दमन र उत्पीडन भएको र आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा ठगिएको महसुश नगर्ने गरी कार्य गर्न, विकास निर्माण र सेवा प्रवाहका काममा ढिला सुस्ती र अनियमितता हुन नदिन, धार्मिक, सामाजिक र साँस्कृतिक सद्भाव विथोलिन नदिन सबै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक...
कान्तिपुरका अध्यक्ष सिरोहिया अदालतमा पेश

कान्तिपुरका अध्यक्ष सिरोहिया अदालतमा पेश

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
जनकपुरधाम /  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ । उनीमाथि अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले अदालतमा पेश गरेको हो । उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरी धनुषा पुर्याइएको थियो । उनलाई आज (बुधबार) अदालतमा पेश गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ किटानी जाहेरी दिएका थिए । जाहेरीको आधारमा जिल्ला अदालतले उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो । सिरोहिया पक्राउको विरोधमा बुधबार जनकपुरमा प्रदर्शनसमेत भएको छ ।...
मकवापुरगढी ३ का खड्का मृत अवस्थामा फेला

मकवापुरगढी ३ का खड्का मृत अवस्थामा फेला

Breaking News 1, समाचार
हेटौंडा / मकवापुरगढी गाउँपालिका वडा नम्बर ३ घर भएका इन्द्र प्रसाद खड्का मृत अवस्थामा फेला परेका छन् । हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक घरमा मृत अवस्थामा ५२ वर्षीय खड्का फेला परेको मकवानपुर प्रहरीले जनाएको । खड्का सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेको र शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा ल्याइएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।...
२० वर्षपछि कांग्रेसका नेता जोशी विरुद्धको भ्रष्टाचार मुद्दामाथि अन्तिम सुनुवाइ हुँदै

२० वर्षपछि कांग्रेसका नेता जोशी विरुद्धको भ्रष्टाचार मुद्दामाथि अन्तिम सुनुवाइ हुँदै

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको २० वर्षपछि कांग्रेसका नेता गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दामाथि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले गत मंगलबारबाट मुद्दाको सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैैमा राख्ने आदेश गरेको हो । मंगलबारदेखि फेरि त्यही इजलासमा गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा निरन्तर सुनुवाइ हुनेछ । सम्भवतः यही इजलासले नै जोहीको मुद्दा अन्तिम रुपमा टुंग्याउने छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ पुस, २०६० सालमा पूर्वमन्त्री जोशी विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।...
प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत पाए,प्रधानमन्त्रीको पक्षमा १५७ मत पर्यो

प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत पाए,प्रधानमन्त्रीको पक्षमा १५७ मत पर्यो

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । सोमबार संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए । सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । विश्वासको मतको पक्षमा १५८ मत परेको छ । यस्तै विपक्षमा ११३ मत परेको छ । सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा) नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा १५८ जना सहभागी रहेका थिए । जसमा प्रधानमन्त्रीको पक्षमा...
रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतमा मतदान गर्न ह्विप जारी गरेका हो । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न बैठक सकिएपछि प्रमुख सचेतक सन्तोष परियारले ह्विप जारी गरेको हो ।...
नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुरामा शंका गर्न जरुरी नभएको बताएका छन् । प्रधानमन्त्री दाहालले जेठ ७ गते सोमवार (भोलि) चौथो पटक संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । अध्यक्ष नेपालले सरकारमा भएकाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्पष्ट पार्नुभयो । आइतबार पार्टी मुख्यालय आलोकनगरमा सञ्चारकर्मीहरुलाई अध्यक्ष नेपालले नैतिकताको प्रश्न पनि खडा हुने हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शंका नगर्न र दुविधा नपाल्न पनि आग्रह गरे ।...
कान्ति लोकपथको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

कान्ति लोकपथको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

Breaking News 1, मुख्य समाचार
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका १२ ठिंगनस्थित कान्ति लोकपथमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा कारमा सवार रौतहट मौलापुर नगरपालिका ६ का १७ वर्षका विवेक शाह र मकवानपुरको बकैया गाउँपालिका १२ का ६५ वर्षका प्रेमबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । कारका चालक बाराको निजगढ नगरपालिका ६ का ३० वर्षका सन्दीप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।...
तराई मधेश द्रुतमार्गका लेनडाँडा सुरुङ ‘ब्रेक थ्रु’

तराई मधेश द्रुतमार्गका लेनडाँडा सुरुङ ‘ब्रेक थ्रु’

Breaking News 1, विज्ञान प्रविधि, समाचार
काठमाडौं /  काठमाडौं–तराई मधेश द्रुतमार्गका सुरुङ ‘ब्रेक थ्रु’ हुन थालेका छन् । मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ४ सय ३० मिटर लम्बाइको सुरुङमार्ग शुक्रबार ब्रेक थ्रु भएको हो । लेनडाँडा सुरुङ ब्रेक थ्रु वैशाखमा सक्ने योजना रहेको थियो । निर्धारित लक्ष्यअनुसार नै सुरुङ जेठ पहिलो साता ब्रेक थ्रु गरिएको छ । नेपाली सेनाले सार्वजनिक गरेको विवरण अनुसार धेद्रे सुरुङ जेठ र महादेवटार सुरुङ आगामी असोजभित्र ब्रेक थ्रु गरिसक्ने लक्ष्य छ । कुल ७०.९७७ किलोमिटर लामो द्रुतमार्गमध्ये सुरुङको मात्र हिस्सा १०.५५ किलोमिटर छ । यस आयोजनामा कुल ६ स्थानमा सुरुङ रहने छ । लामो सुरुङका तीन प्याकेजमध्ये यसअघि ४.३२ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । यस आयोजनामा ८९ पुल बन्ने छ । जसले १२.८८ किलोमिटर ओगट्छ । धेद्रे–लेनडाँडा सुरुङमार्ग न...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"