Breaking News 1

हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु, १९ जना बेपत्ता

हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु, १९ जना बेपत्ता

Breaking News 1, मुख्य समाचार, समाचार
काठमाडौँ /  हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन् । बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७७ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।...
मकवानपुरमा सवारी दुर्घटना, तीन जना घाइते

मकवानपुरमा सवारी दुर्घटना, तीन जना घाइते

Breaking News 1, समाचार
हेटौंडा / मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८, साततल्लेमा शनिबार बिहान सवारी दुर्घटना भएको छ । मदनभण्डारी लोकमार्ग अन्तरगत काठमाडौंबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२०–००१ ज ४३२८ नं.को इभी भ्यान अनियन्त्रित भई नालामा खसेर दुर्घटना भएको हो । सवारी दुर्घटनामा परेर तीन जना घाइते भएको मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । घाइते हुनेहरुमा गाडी चालक धनकुटाको बुद्ध नगरपालिका–१, हिले बस्ने वर्ष ५२ को देवी थापा, गाडीमा सवार सोही ठाउँ बस्ने वर्ष ३० की प्रमिला तामाङ र काठमाडांै चावेल बस्ने वर्ष ४८ की बिना तामाङ लामा रहेका छन् । घाइते तीनै जनाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाएको छ ।...
बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, अझै १९ जना बेपत्ता

बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, अझै १९ जना बेपत्ता

Breaking News 1, प्रमुख समाचार, समाज
काठमाडौं । असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । अझै १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५ छ । बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ । बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अघि सन्चालनमा ल्याउन कठिन हुने जनाएको छ । यसैगरी राजधानी काठमाडौंलाई अन्य जिल्लाहरुसँग जोड्ने अर्को मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पनि दर्जनौं ठाउँमा गएको पहिरोले क्षति पुगेको छ । बाढी पहिरोमा परी ४ हजार ६६७ घरहरु पूर्णरुपम...
हेटौंडा -११ नम्बर वडा असोज १९ गते बाल मैत्री घोषणा हुदै

हेटौंडा -११ नम्बर वडा असोज १९ गते बाल मैत्री घोषणा हुदै

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ असोज १९ गते शनिबार निकृष्ठ बाल श्रम मुक्त स्थानिय शासन युक्त वडा घोषणा हुदै छ । बिहीबार वडाले पत्रकार सम्मेलनको आयोजना गर्दै निकृष्ट बाल श्रम मुक्त, बाल विवाह मुक्त तथा स्थानिय शासन युक्त वडा घोषणा गर्न लागिएको जानकारी दिए । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ वडा बाल मैत्री घोषणा गर्न लागिएको हो । बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ वटा सूचकहरु मध्ये ४४ वटा सुचकहरु १०० प्रतिशत र १ वटा सुचक ९८ प्रतिशत १ वटा सुचक ९७, १ वटा ९५, १ वटा सुचक ९०, १ वटा सुचक ८१ र १ वटा सुचक ८० प्रतिशत सम्म नतिजा हासिल गरेका छन् । वडामा घरधुरी तथ्यांक संकलन २०७९ अनुसार कुल ११ हजार १ सय ५ जनसङ्ख्या रहेकोमा १८ वर्ष मुनिका ३ हजार ४ सय १७ बालबालिकाको जनसङ्ख्या रहेका छन् । त्यसमा १ हजार ७ सय ९८ बालक र १ हजा...

असोज १९ गते हुने भनिएको ‘लाईभ सेलो साँझ’ स्थगित – कार्तिक ९ गते हुने

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा असोज १९ गते एतिहासिक रुपमा पहिलो पटक ‘लाईभ सेलो साँझ–२०८१’ कार्यक्रम सञ्चालन हुन गईरहेको थियो । असोज १० गते देखि परेको अविरल बर्षाका कारण देश भर क्षति पुग्नुका साथै मकवानपुर जिल्लामा समेत मानविय तथा भौतिक क्षति पुगेको भन्दै कार्यक्रमलाई स्थगित गरिएको छ ।   मंगलबार आयोजक समिती ओपेरा ईन्फोटेन्मेन्टले पत्रकार सम्मेलन गर्दैे हेटौंडाको पल्पसा सभाहलमा हुने भनिएको ‘लाईभ सेलो साँझ’ कार्यक्रम मिति सारेर आगामी कार्तिक ९ गते हुनेगरी स्थगित गरिएको कार्यक्रम संयोजक विक्रम लुङ्बाले जानकारी दिए । यसै गरी टुङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर, एक डम्फू” भन्ने नाराकासाथ तामाङ समुदायको मौलिक कला, संस्कृति, गित–संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले कार्तिक ९ गते हुने ‘लाईभ सेलो साँझ’ कार्यक्रम हुने संयोजक लुङ्बालले बताए । ‘लाई...
बागमती नदीको किनारमा ३ वटा सव फेला

बागमती नदीको किनारमा ३ वटा सव फेला

Breaking News 1, समाचार
हेटौंडा / बागमती नदीको किनारमा ३ वटा सव फेला परेका छन् । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर–१० मन्थली स्थत बागमती नदीको किनारमा एउटा महिला र दुई वटा पुरुषको शव फेला परेको हुन् । उक्त शव स्थानीय बासिन्दाहरूले माछा मार्न जाने क्रममा देखेको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए । ती शवलाई काठमाडौं हेलिकप्टरमार्फत लैजान गृह मन्त्रालयसँग समन्वय भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिल्वालले बताएका छन् ।...
साहासिक उद्दारकर्ता चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गर्ने मुख्यमन्त्री लामाको घोषणा

साहासिक उद्दारकर्ता चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गर्ने मुख्यमन्त्री लामाको घोषणा

Breaking News 1, Breaking news 3, बागमती प्रदेश, समाचार
काठमाडौं / ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए । काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गरेको थियो ।   तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागेको जानकारी तामाङलाई गराइएको जानकारी दिए । विपद् प्रतिकार्यमा तामाङले खेलेको भुमिकाले नागरिक स्तरमा समाजसेवी भावना जागृत गरेको बताउँदै मुख्यमन्त्री लामाले सामाजिक कामक...
विपद प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने बागमती प्रदेश सरकारको निर्णय

विपद प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने बागमती प्रदेश सरकारको निर्णय

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौँडा / बागमती प्रदेश सरकारले विपद प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार साँझ बसेको आकस्मिक बैठकले प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले प्रदेश सरकारका निकायबाट क्षतिको विवरण तत्कालै एकिन गरी सो पश्चात प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बमोजिम प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । विपद्वबाट प्रभावित नागरिकहरूलाई थप सहयोगका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने बैठकले निर्णय गरेको मुख्यमन्त्री बहादुरसिंह लामाले जानकारी दिए ।...
मकवानपुरमा अविरण वर्षाले  निम्त्याए यस्ता घटना : पहिरोमा परी खेलाडीको मृत्यु, दर्जनौ घर डुबानमा

मकवानपुरमा अविरण वर्षाले निम्त्याए यस्ता घटना : पहिरोमा परी खेलाडीको मृत्यु, दर्जनौ घर डुबानमा

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा।  मकवानपुर सिस्नेरीका अखिल नेपाल फुटबल संघ एन्फा एकेडेमीका ६ विद्यार्थी पहिरोमा पुरिएर बेपत्ता भएका छन । अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेका हुन् । ‘कुलेखानीको पानी ओभर फ्लो भए पछि ६ विद्यार्थीले छोटो बाटो रोजेर हिड्दा उनीहरु नै हिलो माटोमा परेर बगाएको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताए । हराएका ६ विद्याथी मध्ये तीन जनाको शव फेला परिसकेको छ भने थपको खोजी कार्य जारी रहेको जनाएको छ । यसै गरी अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिनुभयो ।बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जल...
‘सेलो नाइट विथ विश्व दोङ’ कार्यक्रम भव्यताका साथ सम्पन्न, सेलोमा झुमे कोरियाको दर्शक 

‘सेलो नाइट विथ विश्व दोङ’ कार्यक्रम भव्यताका साथ सम्पन्न, सेलोमा झुमे कोरियाको दर्शक 

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । लाबा ग्रुप र साइनो ग्रुप दक्षिण कोरियाको सयंक्त आयोजनामा भएको 'सेलो नाइट विथ विश्व दोङ-२०२४' कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । पुस्तकालय निर्माण सहयोगार्थ तथा मौलिक रैथाने सेलो संगीतको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा पाँच सय पचास जना भन्दा धेरै दर्शक श्रोताको सहभागिताका साथ सम्पन्न भएको थियो ।   दक्षिण कोरियामा पहिलो पटक मौलिक रैथाने संगीतलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रम भव्यताका साथ सफल हुँदा आयोजकले दर्शक श्रोतालाई धन्यवाद ज्ञापन समेत गरेका छन् । छुसकको दोश्रो दिन १७ सेप्टेम्बरको रातमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल देखि ल्याएको अतिथि कलाकार सेलो गायक तथा संगीतकार विश्व दोङको मुख्य प्रस्तुती रहेको थियो । सौलको सङसिनयदे इब्गुमा रहेको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा भिड व्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"