पुर्वाञ्चल सरोकार समाजलाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले बुझाए ज्ञापन पत्र
शुभराज भोम्जन
दक्षिण कोरिया । दक्षिण कोरियामा कृयाशिल पुर्वको संस्थाहरुको छाता संगठन पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियालाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सामुहिक रुपमा आइताबार एक कार्यक्रमको बिच ज्ञापन पत्र बुझाएको छ ।
यायोक्खा र चुम्लुङले नेपाल सरकारले सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको सिरीजंगा लिपीमा पनि पुर्वाञ्चल सरोकार समाज र आवद्ध संस्थाहरुको नाम लेख्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो । पुर्वाञ्चल सरोकार समाजमा आधिकारीक रुपमा दुई जातिय संस्थाहरु आवद्ध रहेकाले राज्यको निर्णय र आफुहरुको सम्मानको लागि सिरीजंगा लिपीमा पनि संस्थाको नाम लेखिदिनको लागि पूर्वाञ्चल भित्रका संस्थाहरुलाई आग्रह गरेको हो ।
किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले मात्रै सिरीजंगा लिपी प्रयोग नगर्ने हुदा पुर्वको अधिकांश जातिहरुले सिरीजंगा लिपीलाई प्र...







