मनहरीका अध्यक्षले बनाईदिए एकल महिलालाई घर
हेटौंडा / मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीेले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त रकम खर्चेर एकल महिलालाई पक्की घर बनाइदिएका छन् । मनहरी – ५ बसन्तपुरमा लामो समयदेखि आवास विहिन अवस्थामा रहेकी सोनी राइलाई पक्की घर बनाएर मंगलबार हस्तान्तरण गरिएको हो ।
अध्यक्ष कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त गर्ने रकम कोष बनाएर जम्मा गर्दै आएका छन् । सोही कोषबाट २ लाख १५ हजार रुपैयाँ खर्चेर राईलाई घर बनाइदिएको उनले बताए ।
सोनीको परिवारमा उनीबाहेक कोही छैनन् । ८ वर्ष अगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् उनी लामो समयदेखि बसन्तुरमा सानो छाप्रो बनाएर बस्दै आएकी थिइन् । ‘ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै आएकी थिएँ । सानो काठको घर बनाएर त्यहीँ बस्दै आएकी थिएँ । पानी चुहिन्थ्यो । हावाहुरीले समस्या पाथ्र्यो । केही समयदेखि आफन्त र गाउँघरमा बास बस्दै आएकी थिए...








