Breaking News 1

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ-मन्त्री बज्राचार्र्य

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ-मन्त्री बज्राचार्र्य

Breaking News 1, समाचार
मकवानपुर/ सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले बताएका छन् । बुधबार सहकारी सञ्चालन सम्वन्धी समसामयिक विषयमा जिल्लास्तरीय अन्तरक्रिया गोष्ठीलाई संवोधन गर्दै मन्त्री बज्राचार्यले सहकारी सदस्यहरुको आर्थिक विकासको लागि महत्वपूर्ण रहेको बताउँदै यस्तो बताएको हो । केही खराव कार्य गरेका सहकारीका सञ्चालकहरुलाई कार्यबाहीको दायरामा ल्याई सदस्यहरुको बचत सुरक्षणको लागि सरोकारवालाहरु प्रतिबद्ध हुनुपर्ने समेत मन्त्री बज्राचार्यले बताए । बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको अध्यक्षतामा भएको गेष्ठीमा देवकोटाले सहकारीको विकास, प्रवद्र्धन र सुदृढिकरणमा सहकारीका सञ्चालकहरु अगाडि बढ्न जरुरी भएको बताए । उनले सहकारीलाई उत्पादन र बजारीकरणमा केन्द्रीत गर्न सबैतहका सरकारले जोड दिनुप...
जसपा नेपालका अध्यक्ष यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी

जसपा नेपालका अध्यक्ष यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्दै हालका लागि निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश गरेको हो । अध्यक्ष यादवले गत सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा अशोक राई नेतृत्वको जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई उत्प्रेषणको आदेशले बदर हुनुपर्ने माग गरिएको छ । जसपा नेपालबाट विभाजित राई नेतृत्वको जसपाले वैशाख २४ गते आयोगबाट आधिकारिकता पाएको थियो ।...
सन्दीपले बलात्कार मुद्दामा सफाइ पाए

सन्दीपले बलात्कार मुद्दामा सफाइ पाए

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो ।  लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् ।...
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । मंगलवारबाट न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ । मंगलवार बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । आज यही इजलासले मुद्दाको सुनुवाइको निरन्तरता पाउने र आजनै फैसला गर्ने तयारी रहेको छ । बलात्कार मुद्दामा गत पुस २५ गते जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । फागुनमा उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।...
सहकारीको निक्षेप हिनामिना गरेको आरोपमा ८ जना पक्राउ

सहकारीको निक्षेप हिनामिना गरेको आरोपमा ८ जना पक्राउ

Breaking News 1, समाचार
काठमाडौँ / पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित प्राइम बहुउद्धेश्यिय सहकारीको निक्षेप हिनामिना गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पोखराको विभिन्न ठाउँमा ८ जनालाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा निवर्तमान अध्यक्ष ६६ वर्षीय निदेश प्रसाद कोइराला, अध्यक्ष ४३ वर्षीय शंकर कार्की, ब्यवस्थापक ३६ वर्षीया निरु थापा केसी, ३७ वर्षीय सुरेन्द्र मणी पौडेल, कानुनी सल्लाहकार इन्द्र प्रसाद बराल, पूर्व कोषाध्यक्ष ५२ वर्षीय कुलदिप भट्टराई, कर्जा अधिकृत ३० वर्षीय सुनिल थापा र सल्लाहकार मान बहादुर गुरुङ छन् । सहकारीका पदाधिकारीहरू र पूर्व सञ्चालकहरूले १ अर्ब ५४ करोड १५ लाख निक्षेप अपचलन गरेकोबारे अनुसन्धान गर्न सहकारी रजिष्टारको कार्यालयले लेखेर पठाएको एसपी थापाले जानकारी दिए ।...
तामाङ भाषा संस्कार संस्कृति सम्बन्धि एकदिने अभिमुखिकरण सम्पन्न

तामाङ भाषा संस्कार संस्कृति सम्बन्धि एकदिने अभिमुखिकरण सम्पन्न

Breaking News 1, समाचार
हेटौंडा / तामाङ भाषा संस्कार संस्कृति सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा भएको १ दिने अभिमुखिकरण कार्यक्रम हेटौंडा २ स्थित पल्पसा सदनमा भएको थियो । अभिमुखिकरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष एवंम नेवा द्वय दबु बागमती प्रदेश अध्यक्ष बिष्णु गोपाल महर्जनको प्रमुख आतिथ्यता र तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो । यसै गरी अधिवक्ता अमृत लामा, भाषा विध जीवन मोक्तान, राजनितिकज्ञ एवंम राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ, तामाङ पत्रकार संघका संस्थापक अध्यक्ष आदर्श थोकरले तामाङ पत्रकार तथा तामाङ, तामाङ समुदायका ब्यक्तिहरुलाई अभिमुखिकरण दिएको थियो । अभिमुखिकरणमा ३२ जनाको सहभागि रहेको थियो । कार्यक्रमका प्रशिक्षक अधिवक्ता अमृत लामाले बागमती प्रदेशमा नेवा तामाङ भा...
बागमती प्रदेशसभाको अधिवेशन आज देखि सरु

बागमती प्रदेशसभाको अधिवेशन आज देखि सरु

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौँडा / बागमती प्रदेशसभाको अधिवेशन आज देखि सरु हुदै छ ा प्रदेशसभाको अधिवेशन आज बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन रुपमा रहने प्रदेशसभाको अधिवशेन वैशाख ३१ गतेका लागि आह्वान गर्न बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आजबाट सुरु हुने प्रदेशसभाको अधिवेशनको कार्यसूची तय गर्नेलगायतका बारेमा छलफल गरिने भएको छ ।...
नेकपा एमालेले मधेश सरकारबाट राजीनामा दिए

नेकपा एमालेले मधेश सरकारबाट राजीनामा दिए

Breaking News 1, मधेश प्रदेश, राजनीति, समाचार
जनकपुरधाम । नेकपा एमालेले मधेश सरकारबाट राजीनामा दिएको छ । एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।यसअघि आइतबार नै नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका भरतकुमार साह र युवराज भट्टराईले पनि मधेश सरकारबाट राजीनामा दिइसकेका छन् ।...
माओवादी मधेश सरकारबाट बाहिरिने

माओवादी मधेश सरकारबाट बाहिरिने

Breaking News 1, मधेश प्रदेश, राजनीति, समाचार
जनकपुरधाम / नेकपा एमाले र नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने भएका छन् । दुई पार्टीले आइतबार नै मधेश सरकार छाड्ने तयारी गरेको एक नेताले जानकारी दिए । मधेशमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । उनी नेतृत्वको मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् । नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने सरकार बाहिर छन् । जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भएको छ । मधेशमा जसपा नेपाल बाहेकको सरकारको अन्तरिक प्रयास भइरहेको छ ।अनलाईनखबरबाट,...
आस्मान लोप्चनको स्वरमा सजिएको ‘ओए मेरी मुन्नी’ बोलको गीत सार्वजनिक, गायक लोप्चनले आफ्नो जनरालाई फराकिलो पार्दै

आस्मान लोप्चनको स्वरमा सजिएको ‘ओए मेरी मुन्नी’ बोलको गीत सार्वजनिक, गायक लोप्चनले आफ्नो जनरालाई फराकिलो पार्दै

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन
शुभराज भोम्जन काठमाण्डौं । विगत लामो समयदेखि नेपाली खान्दोके सेलो गीत संगीतमा निरन्तर रुपमा लागिरहेका गायक तथा लय संकलक आस्मान लोप्चनको स्वरमा सजिएको 'ओए मेरी मुन्नी' बोलको गीत सार्वजनिक भएको छ । विशेषगरी मौलिक खान्दोके सेलो गीत गाउन रुचाउने लोप्चनले पछिल्लो समयमा आफ्नो जनरालाई फराकिलो पार्दै लगिरहेको छ । त्यसैको फलस्वरुप 'ओए मेरी मुन्नी' बोलको नेपाली डान्सीङ गीतको भिडीयो सहित बजारमा ल्याएको छ । गायक लोप्चन गाउनको लागि मात्रै नभइ शब्द रचना र संगीत भर्नमा समेत अब्बल रहेका छन् । लोप्चनको स्वरमा तयार भएको खान्दोके सेलो गीहरु बजारमा निक्कै चर्चा कमाइसकेका छन् । गायक लोप्चनले खान्दोके सेलोबाट आफुलाई बिस्तारै मुलधारको नेपाली गीत संगीत तर्फ पनि डोर्याइरहेका छन् जसको उदाहरण स्वरुप 'सो माया सो सित', 'एस्सै रमाइलो', 'ओए मेरी मुन्नी' लगायतका गीतहरुलाई हेर्न सकिन्छ । गायक लोप्चनले आफ्नै युट्युब च्यान...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"