Breaking News 1

मकवानपुरको कैलाशमा छैन एसईई परीक्षा केन्द्र : ९ वटा पालिकामा २६ परीक्षा केन्द्र

मकवानपुरको कैलाशमा छैन एसईई परीक्षा केन्द्र : ९ वटा पालिकामा २६ परीक्षा केन्द्र

Breaking News 1, शिक्षा, समाचार
हेटौंडा/ माध्यमिक शिक्षा परीक्षा एसईई चैत १५ गते (बिहिबार) देखि २७ गते सम्म हुने भएको छ । मकवानपुरको १० वटा स्थानिय तह रहेकोमा ९ वटा पालिकामा २६ वटा एसईई परीक्षा केन्द्र रहेको छ । एसईई परीक्षा केन्द्र कैलाश गाउँपालिकामा भने तोकिएको छैन । भौतिक पुर्वाधारको पहुच नभएकोले कैलाशका परीक्षार्थिहरु राक्सिराङ गाउँपालिकाको परीक्षा केन्द्रमा सहभागि भई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जनाएको छ । मकवानपुरको ९९ वटा सामुदायिक विद्यालय र ४९ वटा संस्थागत विद्यालयको ६ हजार १६३ जना विद्यार्थिहरु एसईई परीक्षामा सहभागि रहने जनाएको छ । जसमा ग्रेडवृद्धि तर्फ १४९ जना र प्राविधिक धार तर्फ २२४ जना विद्यार्थि रहेको इकाइले जनाएको छ ।...
दक्षिण कोरियामा पनि नेपाल झल्कीने होली महोत्सव

दक्षिण कोरियामा पनि नेपाल झल्कीने होली महोत्सव

Breaking News 1, प्रवास, मनोरञ्जन, समाज
दक्षिण कोरिया । दक्षिण कोरियामा पनि नेपालको झल्कीने होली महोत्सव भएको छ । विगत लामो समयदेखि दक्षिण कोरियामा सक्रिय सनातन, साहित्य, संगीत साधना समुह ‘पाँच स’ को आयोजनामा आइतवार होली महोत्सव आयोजना गरिएको हो । होली महोत्सवमा नेपालीहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली दुतावासका नियोग उपप्रमुख पुष्पराज भट्टराईले प्रवासमा भएपनि नेपाली चाडपर्वलाई भव्य रुपमा मनाउनेगरी महोत्सव आयोजना गरेकोमा संस्थाको प्रसंसा गर्नुभएको छ । धर्मसंस्कृतिको संरक्षण र जगेर्नालेनै मावन सभ्यतालाई सुसज्जित, इमान्दार र अनुशासित र कर्तव्यनिष्ट बनाउने भएकाले हाम्रा धर्म संस्कृतिको सवैले जगर्नो गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, नेपाल सम्पर्क समिति अध्यक्ष हरि खनाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा दक्षिण कोरिया समाज अन्तर्गत प्रदेश र ...
महाजात्रा सौल शो हाउसफुल, आयोजक भन्छन् “अपेक्षा गरेअनुसार दर्शकको सहभागिता भएन”

महाजात्रा सौल शो हाउसफुल, आयोजक भन्छन् “अपेक्षा गरेअनुसार दर्शकको सहभागिता भएन”

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, मल्टिमिडिया
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली कथानाक चलचित्र महाजात्रा सौल शो हाउसफुल भएको छ । आपतकालिन् राहत कोष सहयोगार्थ सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा आइताबार दक्षिण कोरियाको सौल स्थित दोङदेमुनमा प्रदर्शन गरिएको महाजात्रा चलचित्र हाउफुल भएको हो । बिशाल आवाज मल्टीमिडीया प्रालीले दक्षिण कोरियाभर चलचित्र प्रदर्शण गर्ने अधिकार पाएको उक्त चलचित्र शौल शो प्रदर्शनको निम्ती प्रालीले तीस लाख कोरियन वनमा सिन्धुपाल्चोक समाजलाइ प्रदर्शणी अधिकार दिएको थियो । एक्कैदिन थुप्रै कार्यक्रमहरु भएता पनि महाजात्राले मनज्ञ दर्शकको साथ पाएको छ । आयोजकले दिएको जानकारी अनुसार तीन सय भन्दा बढी दर्शक हलमा चलचित्र हेर्न उपस्थित भएको जनाएको छ । समाजका अध्यक्ष राज लोप्चनले भने दर्शकको उपस्थिती बाक्लो भएता पनि संस्थाले अपेक्षा गरे अनुसारको नभएको बताएका छन् । अध्यक्ष लोप्चन भन्छन् “चलचित्र हेर्नको लागि ४ सय भन्द...
 नेकपा एकिकृत समाजवादीमा ११३ जना प्रवेश

 नेकपा एकिकृत समाजवादीमा ११३ जना प्रवेश

Breaking News 1, राजनीति, समाचार
हेटौंडा/ हेटौंडामा नेकपा एकिकृत समाजवादी पार्टीमा ११३ जना प्रवेश गरेका छन् । शनिबार हेटौंडा -३ बसामाडी स्थित काका पार्टी प्यालेसमा पार्टी प्रवेश कार्यक्रमका बिच युवाहरु पार्टीमा प्रवेश गरेको हो ।   अन्य दल परित्याग गरी १०५ जना पुरुष र ८ जना महिला पार्टी प्रवेश गरेको नेकपा एकिकृत समाजवादी युवा संघका अध्यक्ष किरणमान बलले बताए । हेटौँडाका बुद्ध लामा पाख्रिन, उमेश तामाङ, जनम लामा र आइतबहादुर मोक्तानको नेतृत्वमा उनीहरु एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् । नेकपा एसका स्थायी कमिटी सदस्य, पुर्व स्वास्थ मन्त्री विरोध खतिवडाले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।...
नेपालमा नास्तिकता फैलाउन अमेरिकाले पैसा दिएको रिपब्लिकन सांसदको दाबी (भिडिओ सहित)

नेपालमा नास्तिकता फैलाउन अमेरिकाले पैसा दिएको रिपब्लिकन सांसदको दाबी (भिडिओ सहित)

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, राजनीति
काठमाडौं । नेपालमा नास्तिकता फैलाउन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ५ लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम खर्च गरेको भनी त्यहाँका एक सांसदले दिएको अभिव्यक्ति यति बेला चर्चामा छ । फ्लोरिडाबाट जितेका रिपब्लिकन सांसद ब्रायन मास्टले उक्त प्रसंग कोट्याउँदै नेपालमा धार्मिक आस्थामा विश्वास नराख्ने मानिसहरुका लागि उक्त रकम किन खर्च गरियो भनी प्रश्न उठाएका हुन् । उनले यसअघि पनि गत सेप्टेम्बरमा यस्तै प्रश्न उठाएर अमेरिकी संसदमा विदेश मामिला समितिसमक्ष औपचारिक पत्र लेखेका थिए । दुई वर्षअघि रिपब्लिकन पार्टीकै अर्का सांसद तथा पूर्वसभामुख न्युट ग्रिनरिचले बाइडेनलाई पाँच लाख डलर धार्मिक परियोजनामा खर्च गरेको आरोप लगाउँदा यस्तै वादप्रतिवाद चलेको थियो । मास्टको टिप्पणी रिपब्लिकन सिनेटरहरुले उठाउने गरेको प्रश्नकै निरन्तरताका रुपमा आएको देखिन्छ । मास्टले शुक्रबार अमेरिकी सिन...
रुसको राजधानी मस्कोको कन्सर्ट हलमा आक्रमण – ६० जनाभन्दा बढीको मृत्यु

रुसको राजधानी मस्कोको कन्सर्ट हलमा आक्रमण – ६० जनाभन्दा बढीको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
मस्को / रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा गोली चलेको घटना भएको छ । रुसी अनुसन्धान समितिका अनुसार आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । रुसी विदेशमन्त्रीले यसलाई आतंकवादी हमला भनेका छन् । यता युक्रेनले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । मध्यरातमा, रुसी राष्ट्रपति कार्यालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई हमला र सुरक्षा एजेन्सीहरूले चालेका कदमहरूको बारेमा निरन्तर जानकारी दिइरहेको बताएको छ। पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले यस विषयमा सम्बन्धित सबै विभागलाई निर्देशन दिएको बताएका छन्।...
माओवादी केन्द्रको १५ वटा केन्द्रीय विभाग

माओवादी केन्द्रको १५ वटा केन्द्रीय विभाग

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / नेकपा माओवादी केन्द्रले केन्द्रीय विभाग १५ वटामा झारेको छ । फागुन १ गतेदेखि ३ सम्म काठमाडौँको कमलादीमा सम्पन्न प्रथम विधान अधिवेशनले १५ वटा विभाग कायम गरेको हो ।   यसअघि माओवादीको ३३ वटा विभाग रहेको थियो । सम्बन्धित तहको पार्टी समितिलाई विषयगत आधारमा नीतिगत सुझाव र सिफारिसको लागि केन्द्र, प्रदेश र स्थानीय पालिकाहरूमा विषयगत विभागहरू गठन गरी सञ्चालन गर्न सकिने विधानमा उल्लेख छ । यस्तै विभागको संयोजक सम्बन्धित तहको समितिको सदस्यको संयोजकत्वमा विषयगत अनुभवी विज्ञहरू समावेश गरी केन्द्रमा प्रमुखसहित बढीमा १५ सदस्यीय र प्रदेश तथा पालिकास्तरमा प्रमुखसहित बढीमा ९ सदस्यीय विभाग गठन गर्ने उल्लेख छ । विभागहरूको क्षेत्राधिकार र कार्यविधि सम्बन्धमा केन्द्रीय समितिले जारी गर्ने नियमावली अनुरूप हुनेछ । अधिवेशन प्रतिनिधिहरूले विभाग ठुलो भएको भन्दै सानो र चुस्त बनाउन सुझाव दिएका थिए । रात...
आज तीन वटा संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्दैछ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । त्यसैगरि दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुने जनाइएको छ ।...
संघीय ससंद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक आज बस्दै

संघीय ससंद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक आज बस्दै

Breaking News 1, राजनीति
काठमाडौं / संघीय ससंद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक आज बस्दैछ । बिहिवार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । संघिय संसदका बैठक केही दिन नबस्ने भएपछि संसदिय समितिहरु सक्रिय हुन लागेका हुन् । प्रतिनिधिसभाको बैठक १० दिनको लागि स्थगित गरिएको छ भने राष्ट्रियसभाको बैठक एक सातापछि बस्नेछ ।  ...
समाजमा अझै पनि छुवाछुत रहेको छ: दलित महिला अभियान्ता

समाजमा अझै पनि छुवाछुत रहेको छ: दलित महिला अभियान्ता

Breaking News 1, समाचार, समाज
हेटौंडा / बर्तमान समाजमा जातिय विभेद बहिरी रुपमा नदेखिए पनि भित्रि रुपमा अझै छुृवाछुत रहेको दलित महिला अभियान्ता बताउछन् । दलित महिला संघले मंगलबार हेटौंडा ३ बसमाडीमा आयोजना गरेको एक कार्यक्रमका बिच अभियान्ता महिलाहरले यस्तो बताएको हो । संघले समाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुच अभिवृद्धिका लागि जनप्रतिनिधिहरुको भुमिका बिषय सार्वजनिक संवादमा अभियान्ताहरुले अगाडिको पुस्ताले नयाँ पुस्तालाई छुवाछुतको भावना विकेन्द्रिकरण गररेको पाएको संघका सामाजिक सहजकर्ता राधिका सुनारले बताईन् । मानिस जति शिक्षित भएता पनि छुवाछुत र विभेद गर्ने र दलित समुदायका नागरिले विभेद भोग्नु परेको अभियान्ताहरु बताउछन् । दलित भएकै कारण गैर दलितको घरमा पस्न पनि नदिएको भन्दै आफुले भोगेको अभियान्ताले विभेदलाई संवाद कार्यक्रममा समिक्षा गरेका थिए । दलित महिला जनप्रतिनिधिहरुले पनि धेरै जसो विभेद सहनु परेको बताए...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"