सहयोगापेक्षी विद्यार्थीलाई न्यानो कपडा वितरण
हेटौंडा / पूर्वी मकवानपुरको बागमती गाँउपालिकाका ३ विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । मंगलबार एकै दिन बागमती गाँउपालिका वडा नं ३ का ३ विद्यालयमा अध्ययनरत ६६ जना सहयोगापेक्षी विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
बागमती गाँउपालिका वडा नं ३ गढनसिर स्थित श्री फुलमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत सहयोगापेक्षी विद्यार्थीहरुलाई स्वीटर, टोपी, जुत्ता, झोला र कपी वितरण गरिएको हो । सो विद्यालयमा २३ जना विद्यार्थी रहेकोमा नियमित जम्मा ११ जना पढ्न आउने गरेको फुलमन्दिर आधारभुत विद्यालयका प्रधानाध्यापक दिप बहादुर पाख्रीनले जानकारी दिए ।
यसैगरी वडा नं ३ गढन स्थित श्री जनश्रम आधारभुत विद्यालयमा अध्ययनरत २३ जना सहयोगापेक्षी विद्यार्थीहरुलाई स्वीटर, टोपी, जुत्ता, झोला र कपी वितरण गरिएको छ । यस्तै, श्री जनप्रभात आधारभुत विद्यालयका ३२ जना विद्यार्थील...







