Breaking News 1

मनहरीका ३ जना बालिका बेपत्ता

मनहरीका ३ जना बालिका बेपत्ता

Breaking News 1, प्रमुख समाचार, समाचार
हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ प्रतापपुरका ३ जना बालिका  बेपत्ता भएका छन्। मनहरी ७ मा अवस्थित ब्रम्हाकालि मा . वि कक्षा ३ मा अध्यनरत छात्राहरू १२ बर्षिय मनिसा राई , ११ बर्षिय सुस्मा राई , ८ बर्षिय आरोसि राई बेपत्ता भएका छन । उनिहरु स्कुलबाट ३:२० बजे छुट्टिएर घर हिढेका थिए तर अहिले सम्म पनि घर नआएकाे आफन्तहरु बताउछन । बालिकाहरुको स्थानिय , प्रहरी द्वारा खोजि कार्य जारी रहेको बताईएको छ ।...
भूकम्पका कारण चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो

भूकम्पका कारण चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार
काठमाडौं। चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले भूकम्पबाट ज्यान जानेको संख्या ९५ पुगेको उल्लेख गरेको छ । यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् । उनले सम्भावित थप क्षति रोक्न, प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्स्थापित गर्न र घटनापछिको कामलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न निर्देशन दिए ।...
चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको गयो भूकम्प,  मकवानपुर सम्म धक्का महसुस

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको गयो भूकम्प, मकवानपुर सम्म धक्का महसुस

Breaking News 1, समाचार
काठ्माण्डौ / चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँ देखि मकवानपुर सम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । लामो समयपछि काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको हो। भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।...
हिमालयन सांगीतिक धमाका-२०२४ को आय/व्यय सार्वजनिक

हिमालयन सांगीतिक धमाका-२०२४ को आय/व्यय सार्वजनिक

Breaking News 1, अर्थ, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । गत छुसकमा शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा सम्पन्न भएको हिमालयन सांगीतिक धमाका २०२४ को आय/व्यय सार्वजनिक गरिएको छ । आइतबार सौलको पुर्वी नेपाल समाजको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर आय व्यय सार्वजनिक गरिएको हो । आर्थिक संयोजक पासाङ शेर्पाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार कार्यक्रममा ४ करोड ३८ लाख १७ हजार ६ सय सात वन बराबरको आम्दानी भएको देखाइएको छ । त्यसैगरी ४ करोड ८ लाख ५१ हजार १ सय २० वन खर्च भएको देखाईएको छ । कार्यक्रमबाट जम्मा २९ लाख ६६ हजार ४ सय ८७ वन कुल मुनाफा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । गत छुसकमा भएको उक्त कार्यक्रममा अमेरीका देखि गायक निमा रुम्बा, जर्मनी देखि गिटारिष्ट सुनिल शाक्य, नेपाल देखि मिङमा शेर्पा र अस्मिता अधिकारी प्रस्तुतीको लागि कोरिया आइपुगेका थिए । आइतबार भएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष दोर्चि शेर्पाको अध्यक्षता रहनुका साथै ...
मउवा संघमा मताधिकारको विषयमा विवाद , सदस्यता कायम राख्न जिल्ला प्रशासनलाई  निवेदन

मउवा संघमा मताधिकारको विषयमा विवाद , सदस्यता कायम राख्न जिल्ला प्रशासनलाई निवेदन

Breaking News 1, समाचार
हेटौंडा / निर्वाचनको मिति नजिकिएसँगै मकवानपुर उद्योग बाणिज्य संघमा विवाद बढेको छ । मताधिकारको विषयलाई लिएर संघका ९ जना साधारण सदस्यको टोलीले एशोसिएट सदस्यता कायम राख्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निवेदन दिएको छ । प्रशासन कार्यालयमै पुगेर टोलीले सहायक जिल्ला प्रमुख अधिकारी ढोलकराज अधिकारीलाई न्याय माग गर्दै निवेदन हस्तान्तरण गरेको हो । मउवा संघले केही समय अघि आसन्न निर्वाचनको प्रयोजनार्थ संघमा आवद्ध सदस्यहरुलाई सदस्यता नवीकरण गर्न सूचना निकालको थियो । सेवा उद्योग तथा वाणिज्यतर्फका उद्योगी तथा व्यवसायीले एशिसिएटमा परिमार्जन गर्न संघमा निवेदन दिएका थिए । मणि खाद्यान्न सेन्टरका सञ्चालक काव्यमणि अधिकारी, बानियाा ट्रेडर्सका सञ्चालक राजेश बानियाा, ओम बाबा बैद्यनाथ भण्डारका प्रालि सञ्चालक सुदर्शन खरेल, ए एण्ड ए इन्टरप्राइजेनका सञ्चालक अरुण कुमार दाहाल, आर वि आर्वान विल्डर्स एण्ड सप्लार्...
मनहरीमा बाघले पुनः ७ वटा बाख्रा मार्यो

मनहरीमा बाघले पुनः ७ वटा बाख्रा मार्यो

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौँडा / मकवानपुरको मनहरी गाउँपालिकामा बाघले आतंक मच्चाएका छन् ।   बाघले जन धनको क्षति समेत गरेका छन् । बाघले आईतबार एक वृद्ध ७० बर्षकी कान्छिमाया रुम्बाको ज्यान लिएको छ । र सोमबार बिहान पुनः ७ वटा बाख्रा समेत मारेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाघको आक्रमण गर्दा बिहान ५ बजेको समयमा मनहरी गाउँपालिका–५ वसन्तपुर बस्ने सूर्यबहादुर मोक्तानको खोरका ७ वटा बाख्रा मरेका हुन् । घर नजिकै रहेको बाख्राको खोरमा रहेका ७ वटा बाख्रा मारेर एउटा बाख्रा बाघले जङ्गलतर्फ लगेको प्रहरीले जनाएको छ ।  ...
आज तमु ल्होसार, बागमती प्रदेश प्रमुख द्धारा शुभकामना

आज तमु ल्होसार, बागमती प्रदेश प्रमुख द्धारा शुभकामना

Breaking News 1, समाचार
हेटौंडा / गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यसै अवसरमा बागमती प्रदेशका प्रमुख दिपक प्रसाद देवकोटाले तुम ल्होसारको अवसरमा शुभकामना व्यत्त गर्नु भएको छ । प्रदेश प्रमुख देवकोटाले आज शुभकामना सन्देश प्रकाशन गर्नुहुदै नेपालको खास...
दक्षिण कोरियामा भएको विमान दुघर्टनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो

दक्षिण कोरियामा भएको विमान दुघर्टनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
सोल / दक्षिण कोरियामा आज बिहान भएको विमान दुघर्टनामा मृत्यु हुनेको संख्या कम्तिमा १७७ जना पुगेको छ । ६ जना क्रु मेम्बर समेत गरेर १८१ जना सवार सो विमानमा अहिलेसम्म १७७ जनाको शव भेटिएको अधिकारीहरूले बताएका छन् । यस दुघर्टनामा अहिलेसम्म दुई जना मात्रै जीवित फेला परेका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म अधिकारीहरूले २२ जनाको पहिचान गरेको सरकारी समाचार संस्था योन्ह्यापले जनाएको छ । राष्ट्रिय अग्नि एजेन्सीले मृतकको संख्या अपडेट गरिरहेको छ । दुई जना बाहेक अरु जीवित भेटिने सम्भावना न्यून रहेको बताइएको छ ।...
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा  विमान दुर्घटना हुदा २८ जनाको मृत्यु

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना हुदा २८ जनाको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी / दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ । बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो । विमानमा सवार १८१ जनामध्ये २८ जनाको ज्यान गएको छ । विमान दुर्घटना स्थानीय समयअनुसार ९ः०७मा भएको थियो । योनहाप न्युज एजेन्सीले मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाएको छ। त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ ।...
उद्योगीहरुको समस्या समाधान र अधिकारको लागि काम गर्ने : उद्योग तर्फको उपाध्यक्ष पदका उम्मेदवार घिमिरे

उद्योगीहरुको समस्या समाधान र अधिकारको लागि काम गर्ने : उद्योग तर्फको उपाध्यक्ष पदका उम्मेदवार घिमिरे

Breaking News 1, समाचार
हेटौंडा/ उद्योग वाणिज्य संघ मकवानपुरको निर्वाचन यही पुष २७ गते हुदैँ छ । निर्वाचनको अनिल अग्रवालको प्यानल निर्वाचनका लागि अध्यक्षका उम्मेदवार अनिल अग्रवालको प्यानलले मनहरीका उद्योगी तथा व्यवसायीहरुको समस्याको समाधानमा सधै लगि पर्ने जनाएका छन् । शुक्रबार घर दैलो कार्यक्रम अभियान अन्तर्गत व्यवसायी उद्योगी संग संगै रहेर उनिहरुको हितका लागि काम गर्ने बताएका छन् । यसै गरी चुनावी अभियानमा अन्तर्गत नै उद्योग तर्फको उपाध्यक्ष पदका उम्मेदवार रविन्द्र प्रसाद घिमिरेले उद्योगीहरुको समस्या समाधान र अधिकारको लागि काम गर्ने बताएका छन् । उक्त अभियानमा  वाणिज्यतर्फको सचिव पदका उम्मेदवार दिवस पराजुली, सहकोषाध्यक्षको उम्मेदवार राधिका सामरी पाण्डे तथा सदस्यका उम्मेदवार रविन ढकाल, यज्ञबहादुर राय विनोद, बालकृष्ण बजगाईं, विष्णुप्रसाद दाहाल लगायतले सर्बले उद्योग व्यसायीकै हक हितका लागि काम गर्न पछि नपर्ने ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"