Breaking News 1

हेटौंडा हर्नामाडिमा खेतको आलीबाट लडेर वृद्धाको मृत्यु

हेटौंडा हर्नामाडिमा खेतको आलीबाट लडेर वृद्धाको मृत्यु

Breaking News 1, समाचार
हेटौंडा / मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१८ हर्नामाडिमा खेतको आलीबाट लडेर प्रेम बहादुर तुमसिनको मृत्यु भएको छ । सोही स्थान बस्ने ७१ वर्षीय तुमसिनको शुक्रबार विहान ११ बजे छिमेकीको खेतको आलीबाट लडि हिलोमा घोप्टिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपति नगर मकवानपुरबाट प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरको कमाण्डमा प्रहरी खटिएको प्रहरीले जनाएको छ ।...
संसद भवनको निर्माणका कार्य समयमै पूरा गर्न सक्दो प्रयास गर्नेछु – उपप्रधानमन्त्री सिंह

संसद भवनको निर्माणका कार्य समयमै पूरा गर्न सक्दो प्रयास गर्नेछु – उपप्रधानमन्त्री सिंह

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन थपिएको समयसीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका संघीय संसदका पदाधिकारीहरुले सो भवनको निर्माण कार्यप्रति सम्बन्धित निकायसँग चासो व्यक्त गरेपछि उनले प्रतिवद्धता व्यक्त गरेका हुन् । उपप्रधानमन्त्री सिंहले आफू भर्खरै मन्त्रालयमा आएकाले सम्बन्धित निकायसँग छलफल गरेर त्यसको विस्तृत विवरण सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष दाहाललगायतका पदाधिकारीहरुलाई उपलब्ध गराउने र त्यसलाई समयमै अझ राम्रो ढंगले काम गराउन लागिपर्ने बताउनुभयो । उनले राष्ट्रिय प्राथमिकतामा रहेको सो भवन निर्माणका कार्यमा ढलाई नगरी काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।...
नेफिन कोरियाले ३० औँ विश्व आदिवासी दिवस भव्यताका साथ मनाउँदै 

नेफिन कोरियाले ३० औँ विश्व आदिवासी दिवस भव्यताका साथ मनाउँदै 

Breaking News 1, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, समाज
दक्षिण कोरिया । सन् १९९५ देखि सयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभरिका आदिवासीहरूले मनाउँदै आएको विश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले ९नेफिन० वृहत् अन्तरकृयात्मक तथा मौलिक सांस्कृतिक परिकार र प्रस्तुतिहरूको साथमा भव्यताका साथ मनाउने भएको छ । हरेक वर्ष अगस्ट ९ तारिखमा पर्ने विश्व आदिवासी दिवस महासंघले भने आफ्नो समय अनुकुलताको आधारमा अगस्टको ११ तारिख आइतबारको दिन मनाउने तय गरेको छ । महासंघ दक्षिण कोरियाको मुख्य आयोजनामा र महासंघको क्षेत्रीय समिति, महासंघमा आवद्ध सम्पूर्ण जातीय संस्थाहरू र आदिवासी जनित संस्थाहरूको आयोजनामा 서울시 마포구 환일길 १३ स्थित रहेको कुम्हो हाइ स्कुलको हलमा ३० औँ विश्व आदिवासी दिवस मनाउन लागिएको हो । रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता, सहअस्तित्व र पहिचान प्राप्तिका निम्ति आदिवासी जनजातिहरूको एकता भन्ने मू...
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई दूतावासको आग्रह

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई दूतावासको आग्रह

Breaking News 1, अन्तर्राष्ट्रिय, शिक्षा
काठमाडौं । बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई आग्रह गरेको छ । राजदूतावासले नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ । बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण ६ जनाको मृत्यु भएको छ । र अर्को सूचना जारी नभएसम्मका लागि बंगलादेशका विद्यालय र विश्वविद्यालय बन्द गरिएको छ ।  ...
कोरियन ओपन कराँतेमा नेपाली खेलाडी थोकर र गुरुङलाई एक स्वर्ण र दुई रजत

कोरियन ओपन कराँतेमा नेपाली खेलाडी थोकर र गुरुङलाई एक स्वर्ण र दुई रजत

Breaking News 1, खेलकुद, प्रमुख समाचार, प्रवास
काठमाडौँ । दक्षिण कोरियाको बुसानमा सम्पन्न १६औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडीले एक स्वर्ण र दुई रजत पदक आत पारेका छन् । पुरुषतर्फको ५२ केजीभन्दा मुनिको तौलसमूहमा नेपाली खेलाडी अनिल थोकरले स्वर्ण पदक जित्नुका साथै जमानसिंह गुरुङले दुईवटा रजत पदक जितेका छन् । उनले कुमुतेतर्फ ७५ केजीभन्दा मुनिको तौलसमूहमा पनि रजत पदक जितेका छन् । उनी प्रतिस्पर्धात्मक फाइनलमा फिलिपिन्सका खेलाडीसँग पराजित भएका थिए । लम्जुङका गुरुङ हाल वैदेशीक रोजगारीको सिलशिलामा हाल कोरियामै रहेका छन् । उनले कोरियामै कराँते र किक बक्सिङको प्रशिक्षण गर्दै आएका छन् । प्रतियोगितामा नेपालबाट दुईजना रेफ्री पनि सहभागिता जनाएका थिए । महेश महर्जन र चित्रबहादुर श्रेष्ठले प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा आयोजक दक्षिण कोरिया, नेपाल, हङ्कङ, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया...
सिमलताल पहिरोमा परेकाहरुमध्ये हालसम्म १५ जनाको शव फेला

सिमलताल पहिरोमा परेकाहरुमध्ये हालसम्म १५ जनाको शव फेला

Breaking News 1, प्रमुख समाचार
हेटौंडा। गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला परेको छ । अन्य शव र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न सकेका छैनन् । भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।...
लोसपाबाट भण्डारीलाई मन्त्री बनाएपछि लोसपा विभाजनको सँघारमा

लोसपाबाट भण्डारीलाई मन्त्री बनाएपछि लोसपा विभाजनको सँघारमा

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ । नयाँ बनेको सरकारमा लोसपाबाट सरदसिंह भण्डारीलाई सरकारमा पठाएपछि लोसपा विभाजनको संघारमा पुगेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारमा वरिष्ठ नेता शरतसिंह भण्डारीलाई पठाएपछि पार्टीभित्र असन्तुष्टि चर्किएको हो । असन्तुष्ट पक्षले पार्टी विभाजनको तयारी गरिरहेको स्रोत बताउँछ । स्रोतका अनुसार लोसपाका नेता तथा सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले यसको नेतृत्व गरिरहेका छन् । लोसपाका महासचिव मुकेश झाका अनुसार पार्टी विभाजन हुने अवस्थामा पुगिसकेको जनाएको छ । मधेस प्रदेशमा रहेका नौ जना सांसदमध्ये चार जना र लुम्बिनी प्रदेशका ३ जनाले शुक्लालाई साथ दिने महासचिव झाले बताए । लोसपाको पदाधिकारीमध्ये २७ जना आफूहरूको साथमा रहेको उनको दाबी छ । सहअध्यक्ष शुक्लाले पार्टीभित्र असन्तुष्टि बढेको स्वीकार गरे । ‘पार्टी विभाजन भइसकेको छैन तर अवस्था त्यस्तै सिर्जना भएको छ,’ उनले भने । अध्यक्ष ठाकुरले मन्त्री च...
अन्तत: प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दायर

अन्तत: प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दायर

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ । संविधानको धारा ७६.२ अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिट निवेदकले संविधानको धारा ७६.२ अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । Source : Ratopati...
ओली प्रधानमन्त्री पदमा नियुक्त

ओली प्रधानमन्त्री पदमा नियुक्त

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।...
ओली नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय : मन्त्री छनोट गर्न कांग्रेसले बनायो मापदण्ड

ओली नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय : मन्त्री छनोट गर्न कांग्रेसले बनायो मापदण्ड

Breaking News 1, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ / नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्न छनोट मापदण्ड समेत बनाएको छ । बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको सो पार्टीको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"