Breaking News 1

प्रदेश निजामती सेवा ऐन कार्यान्वयनलाई बागमती प्रदेश सरकारको तीव्रता

प्रदेश निजामती सेवा ऐन कार्यान्वयनलाई बागमती प्रदेश सरकारको तीव्रता

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा /  बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन कार्यान्वयनलाई तीव्रता दिएको छ । प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनलाई कार्यान्वयन गर्दै गत पुस ९ र माघ २ मा भारी मात्रामा कर्मचारी भर्ना गर्ने गरी प्रदेश लोक सेवा आयोग मार्फत पदपूर्तिका लागि भर्ना खुल्ला गरी प्रक्रिया अघि बढाइसकेको छ भने उक्त ऐन कार्यान्वयनमा रहेका समस्या हल गर्न निजामती सेवा नियमावली जारी गर्ने तयारी गरेको छ । प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनको प्रभावकारी कार्यान्वयनमा लागि नियमावली जारी गर्ने तयारी गरेको हो । प्रदेश सरकारले निजामती सेवा ऐन २०७९ को दफा १३५ ले दिएको अधिकार प्रयोग गरेर नियमावली जारी गर्न तयारी गरेको हो । सो दफा अनुसार नियमावली जारी गर्न प्रदेश सरकारले नियमावलीको ड्राफ्ट तयार गरी विभिन्न चरणको छलफल पछि जारी गर्ने अन्तिम तयारी गरेको हो ।...
हेटौंडामा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउने

हेटौंडामा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आउने

Breaking News 1, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव हेटौंडा आउने भएको छ । मकवानपुर जिल्ला अन्तर्गत हेटौंडा उपमहानगरपालिका स्तरीय समिति घोषणा कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव आउने भएको हो । जनता समाजवादी पार्टी मकवानपुर जिल्ला कार्यलयले आज शनिबार प्रेस विज्ञप्ति जारी गर्दे माघ २४ गते यादव हेटौंडा आउने बारे जानकारी दिएको थियो । कार्यक्रममा नगर कमिटी संयोजक कविन सिन्तानको सभाध्यक्षता र यादवको प्रमुख आतिथ्यता रहने मकवानपुर जिल्ला कार्यलयले जनाएको छ ।...
उत्पादन वृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

उत्पादन वृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

Breaking News 1, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
सिन्धुली/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताए। सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उनले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताए । स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै प्रधानमन्त्रीले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताए । भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रुपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको बताए । नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उनको भनाइ छ ।...
अमेरिकाद्वारा सिरिया र इराकमा इरानसँग जोडिएका लक्ष्यहरूमा हवाई आक्रमण

अमेरिकाद्वारा सिरिया र इराकमा इरानसँग जोडिएका लक्ष्यहरूमा हवाई आक्रमण

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
वासिङ्टन । अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएका सातवटा लक्ष्यमा करिब ३० मिनेटसम्म हवाई हमला गरेको छ । यी आक्रमणहरू धेरै लामो दूरीको बी–वान सुपरसोनिक बमवर्षकहरूद्वारा गरिएका थिए। यी विमानहरू अमेरिकाबाट उडेका थिए। अमेरिकाले सिरिया र इराकमा रहेको इरानी रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) को कुड्स फोर्स र इराक र सिरियामा यससँग सम्बद्ध विद्रोही समूहमाथि आक्रमण गरेको हो । ३० मिनेटभित्रै अमेरिकी बमवर्षकहरूले सिरियाका चार र इराकका तीनवटा लक्ष्यमा ८५ भन्दा बढी लक्ष्यमा आक्रमण गरे। यी लक्ष्यहरूमा कमान्ड र कन्ट्रोल अपरेसनहरू, लजिस्टिक हबहरू र ड्रोन भण्डारण एकाइहरू समावेश रहेको बताइएको छ ।...
संसद्को अधिवेशनमा संविधान अनुसारका कानून निर्माण गर्न रास्वपाको सरकारविरुद्ध दबाब बढाउने निर्णय

संसद्को अधिवेशनमा संविधान अनुसारका कानून निर्माण गर्न रास्वपाको सरकारविरुद्ध दबाब बढाउने निर्णय

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्को आगामी अधिवेशनमा नयाँ संविधान अनुसारका कानून निर्माण गर्न सरकारविरुद्ध दबाब बढाउने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संविधानमा व्यवस्था भए अनुसारका मुख्य–मुख्य कानूनहरु नै निर्माण गर्न बाँकी रहेको भन्दै त्यस्ता महत्वपूर्ण कानूनहरु निर्माणमा आगामी अधिवेशनमा सरकारविरुद्ध दबाब बनाउने निर्णय लिएको हो । संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । रास्वपाले त्यसैको तयारीका विषषयमा छलफल गर्न शुक्रबार दलको बैठक राखेको थियो ।...
कांग्रेसले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोक्यो

कांग्रेसले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोक्यो

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / नेपाली कांग्रेसले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले समितिको संयोजक तोकेको हो । जसमा अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला पौडेल, कानुन न्याय तथा मानवअधिकारमा नागिना यादव, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा कुशुमदेवी थापा संयोजक तोकिएकी छन् । त्यसैगरी महिला तथा सामाजिक मामिला आशा विक, राज्य व्यवस्था सुशासन समितिमा दीलेन्द्र प्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचनामा लिलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएका छन् । पार्टी विधान अनुसार समावेशिताको सिद्धान्तअनुसार संयोजक तोकिएको नेता लेखकले जानकारी दिए ।...
नेकपा एमालेले संसदीय दलको बैठक बोलायो

नेकपा एमालेले संसदीय दलको बैठक बोलायो

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक दुई दिन शनिबार र आइतबार बस्ने जनाइएको छ । दुवै दिनका बैठकहरु दिउँसो १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । आगामी २२ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ । हिउँदे अधिवेशनमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा नेपाली कांग्रेस र रास्वपाले पनि आज संसदीय दलको बैठकमा छलफल गर्दैछन् ।...
वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट : ओली

वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट : ओली

Breaking News 1, समाचार
काठमाडौं / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले नेपलामा हेर्दाहेर्दै कस्तो सरकार बन्यो ? भन्दै प्रश्न गर्नुभयो । वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको उहाँको आरोप थियो । उहाँले वर्तमान सरकार गैरकानूनी र बेथितिबाट चल्ने सरकार भएको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले आजबाट स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आदेश दिएर अधिवेशन रोकेको आरोप लगाउनु भयो । उहाँले सत्ता गठबन्धन हार्ने भएपछि अधिवेशन रोक्न लगाएको बताउनु भयो । अध्यक्ष ओलीले स्काउट एक स्वतन्त्र संस्था भएको तर स्काउटमा गठबन्धन हार्ने,...
मकवानपुरगढीमा सोनाम ल्होछार कार्यक्रम हुने- मकवानपुरगढी घेदुङमा ६ सदस्य थप

मकवानपुरगढीमा सोनाम ल्होछार कार्यक्रम हुने- मकवानपुरगढी घेदुङमा ६ सदस्य थप

Breaking News 1, बागमती प्रदेश, मनोरञ्जन, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित कुर्ले दमार चौरमा सोनाम ल्होछार हुने भएको छ । नेपाल तामाङ घेदुङ मकवानपुर गढीगाउँपालिका समितिको बिहीबार बसेको बैठकले ल्होछार कार्यक्रम गर्ने निर्णय गरेको हो । तामाङ संस्कार रितिरीवाजको जर्गेना गर्ने उद्देश्यले ल्होछार कार्यक्रमको आयोजना गर्न लागिएको समितिले जनाएको छ । ल्होछार कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनुका साथै तामाङ संस्कृति झल्काउने तामाङ सेलो नृत्य, तामाङ सेलो गायन,बोेम्बो झाक्रि,लामा ताम्बाको प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । तामाङ समुदायको मुख्य परिकारहरुको स्थानियहरुले स्टल राखी प्रर्दशन समेत गर्ने छ । यसै गरी सोनाम ल्होछार कार्यक्रममा ४ देखि ५ हजार दर्शकशरुले अनुगमा गर्ने अनुमान गरिएको छ । कार्यक्रमको लागि ८ देखि १० लाख खर्च हुने अनुमान गरिएको उक्त पालिका घेदुङका अध्यक्ष सानो कान्छा थि...
मकवानपुरगढी गाउँपालिका घेदुङ कार्य समिति गठन-११ सदस्य चयन

मकवानपुरगढी गाउँपालिका घेदुङ कार्य समिति गठन-११ सदस्य चयन

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा/मकवानपुरको मकवानपुर गढी गाउँपालिका स्तरीय नेपाल तामाङ घेदुङ गढी गाउँपालिकाको कार्य समिति गठन गरिएको छ । बुधबार गढी -२ नम्बर स्थित समामुदायिक भवनमा भएको भेलामा कार्य समिति गठन गरिएको हो । नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष्य कालु घलानको प्रमुख आतिथ्यतामा भएको भेलामा ११ सदस्यलाई कार्य समितिमा चयन गरिएको छ । यसै गरी २ नम्बर वडा बाट अध्यक्ष्य पदमा सानु कान्छा थिङ,४ नम्बर वडा बाट उपाध्यक्ष्यमा बिक्रम योन्जन,१ नम्बर बाट उपाध्यक्ष्यमा मनमाया लो ,७ नम्बर वडा बाट सचिवमा यम रत्न भुलुन ,४ नम्बर वडा बाट सहसचिवमा सोमलाल घलान,२ नम्बर वडा बाट कोष अध्यक्ष्यमा एल आर स्याङतान,२ नम्बर वडा बाट सदस्यमा अन्जना तामाङ र सोही वडा बाट सदस्यमा सुरेश गोले,६ नम्बर वडा बाट सदस्यमा विकास थिङ र ३ नम्बर वडा बाट सदस्यमा सुर्य रुम्बालाई चयन गरिएको छ । पालिका स्तरीय गठनमा १७ सदस्यहरुलाई गठन गर्नु पर्नेमा हाललाई ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"