Breaking News 1

कोरियामा फोर्कलिफ्ट दुर्घटनामा परी बागलुङ घर भएका छन्त्यालको मृत्यु

कोरियामा फोर्कलिफ्ट दुर्घटनामा परी बागलुङ घर भएका छन्त्यालको मृत्यु

Breaking News 1, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, समाज
दक्षिण कोरिया / दक्षिण कोरियाको खाङवन वाञ्जुसीमा कार्यरत बागलुङ घर भएका केहरसिंह छन्त्यालको फोर्कलिफ्ट दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ। छन्त्याल शनिबार बिहान दुर्घटनामा परेका हुन्। तर, फोर्कलिफ्ट उनी स्वयं चलाइरहेका थिए वा अरू कसैले चलाउँदा दुर्घटना भएको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन। घटनास्थलको अवस्था सामान्य देखिए पनि छन्त्यालको मृत्यु भएको विषयमा शंका उत्पन्न भएको छ। घटना स्थल वरिपरि सिसीटिभी क्यामेरा नहुँदा घटनाको यथार्थ पत्ता लगाउन कठिन भएको बताइएको छ। उक्त घटनाको सत्यतथ्य छानबिनका लागि कोरियामा रहेका नेपालीहरूद्वारा माग गरिएको छ। मृतक छन्त्याल करिब आठ वर्षअघि कामको सिलसिलामा कोरिया आएका थिए। उनी लोकदोहोरी गीत–संगीतका पारखी समेत थिए र विभिन्न सांगीतिक कार्यक्रमहरूमा प्रस्तुति दिँदै आएका थिए।छन्त्याल कोरियास्थित नेपाली समुदायमा चिनिएका व्यक्तिमध्ये एक थिए। यस...
एनआरएनए कोरियाको महासचिवबाट अजय सोडारी बर्खास्त

एनआरएनए कोरियाको महासचिवबाट अजय सोडारी बर्खास्त

Breaking News 1, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, समाज
दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ, (एनआरएनए) दक्षिण कोरियाको महासचिवको पदबाट पूर्ण बहादुर बुढा उर्फ अजय सोडारीलाई बर्खास्त गरेको छ । संघका अध्यक्ष विपिन कुमार गुरङद्धारा हस्ताक्षर गरिएको एक विज्ञप्ती जारी गर्दै सोडारीलाई बर्खास्त गरिएको जानकारी गराइएको छ । महासचिव सोडारीले महासचिवको पदिय दायित्व उचित ढंगले निर्वाह गर्न नसकेको र स्पष्टिकरण सोद्धा पनि स्पष्टीकरणको जवाफ नआएकोले विधान अनुसार बर्खास्त गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । महासचिव सोडारीको फेसबुक पोष्टमा उल्लेख भए अनुसार उनि केही दिन अघि विविध समस्याका कारण कोरिया बसाइलाई बिट मार्दे नेपाल पुगेको अपडेट देखिन्छ । सोडारी कोरिया प्रवेश गरेको ३ वर्ष ३ महिनामानै फर्किएको उनकै फेसबुक पोष्टमा उल्लेख गरिएको छ । कोरियामा महासचिव सोडारीलाई एक विवादित पात्रको रुपमा धेरैले चिन्ने गरेको थियो । सोडारीको स्वदेश फिर्ती र बर्खास्ती संगै म...
स्व साइमन योञ्जन स्मृति कपको उपाधि जापान थर्ड आईलाई

स्व साइमन योञ्जन स्मृति कपको उपाधि जापान थर्ड आईलाई

Breaking News 1, खेलकुद, प्रमुख समाचार, मल्टिमिडिया, समाचार, स्थानीय तह विशेष
मकवानपुर/  गत वर्ष सिस्नेरीमा पहिरोमा परी निधन भएका एन्फा एकेडेमीका खेलाडी साइमन योञ्जनको स्मृतिमा आयोजित साइमन योञ्जन कप फुटसल प्रतियोगिताको उपाधि जापान थर्ड आईले जितेको छ । आईतबार सम्पन्न फाइनल खेलमा जापान थर्ड आईले फुटसल फ्याम्स चितवनलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । निर्धारित समयमा दुबै टिम १–१ गोलको बराबरीमा रोकिएका थिए, जसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । उपाधिसँगै जापान थर्ड आईले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो स्थान हासिल गरेको फुटसल फ्याम्स चितवनले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । असोज ३१ गतेदेखि सुरु भएको प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता मकवानपुरगढी गाउँपालिकाको मुख्य आर्थिक सहयोगमा र खेलकुद विकास समितिको आयोजनामा मकवानपुरगढी–३ स्थित मिनी फुटसल मैदानमा ...
हेटौंडामा तिहार लक्षित बजार अनुगमन

हेटौंडामा तिहार लक्षित बजार अनुगमन

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  हेटौंडामा तिहार लक्षित बजार अनुगमन सुरु गरिएको छ । तिहार नजिकिएसँगै उपभोक्ताको हितलाई मध्यनजगर गर्दै बुधवारदेखि उद्योग तथा वाणिज्य कार्यालय मकवापुरका प्रमुख रामप्रसाद भुसालको नेतृत्वमा बजार अनुगमन थालिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुर , हेटौंडा उपमहानगरपालिका , मकवापनुर उद्योग वाणिज्य संघ , उपभोक्ता हकहित संरक्षण मंचको संयुक्त टोलीले हेटौंडा बजारमा रहेका व्यवसायिक पसलहरुको अनुगमन गरिएको थियो । बुधवारदेखि सुरु भएको अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको बिक्री व्यवस्था अनुगमन गर्दै सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्यजस्ता पक्षहरुको अनुगमन गरिएको प्रमुख भुसालले बताए । हेटौँडा उपमहानगरपालिकाले प्लाष्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा रोक लगाएसँगै अनुगमन टोलीले व्यवसायिक पसलहरुमा विक्रि गर्न राखिएको प्लाष्टिकका फुलहरु हटाउन निर्देशन दिएको प्रमुख भ...
बागमती प्रदेश श्रम मन्त्रालय – क्षति व्यवस्थापनसँगै डिजिटल सेवा सुरु

बागमती प्रदेश श्रम मन्त्रालय – क्षति व्यवस्थापनसँगै डिजिटल सेवा सुरु

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा/  बागमती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी मन्त्रालयको आगामी योजना र हालका गतिविधि सार्वजनिक गरेको छ । मन्त्री जयराम थापाले गत साउन २० मा गठन भएको नयाँ सरकार पहिलो बैठकदेखि नै योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिनुभएको छ । मन्त्री थापाका अनुसार गत भदौ २४ गतेको जेनेरेशन जेड प्रदर्शनको क्रममा मन्त्रालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने मन्त्रालयअन्तर्गतका १२ वटा यातायात कार्यालयमध्ये दुई पूर्ण र दुई आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यद्यपि, यो कार्यालय सेवाग्राही केन्द्र भएकाले तुरुन्तै पुनर्निर्माणको काम अघि बढिसकेको छ । मन्त्री थापाले प्रदेश सरकार गठनसँगै सबै मन्त्रालयमा चुस्त(दुस्त ९स्मार्ट सेवा० सुनिश्चित गर्न खर्च कटौतीको प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो। संघीय सरकारबाट अनुमति पाएपछि एक महिना...
हेटौंडा –१४ मा “टोलस्तरीय खसी कप–२०८२” सुरु

हेटौंडा –१४ मा “टोलस्तरीय खसी कप–२०८२” सुरु

Breaking News 1, खेलकुद, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा  /  शुभ दिपावली २०८२ को अवसरमा श्रिजनशील युवा परिवारको आयोजनामा हेटौंडा उपमहानगरपालिका–१४ मा “टोलस्तरीय खसी कप–२०८२” सुरु भएको छ ।  उद्घाटन खेलमा युपि युनाइटेड र युपि ठन्डर्सबीच प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक खेलमा युपि युनाइटेडले ६–० को फराकिलो गोल अन्तरले विजय हासिल गरेको छ । कार्यक्रमका प्रमुख अतिथि हेटौंडा–१४ का वडा अध्यक्ष  दिपक खड्का  रहनुभएको थियो भने कार्यक्रमको सभाअध्यक्षता श्रिजनशील युवा परिवारका अध्यक्ष  दिनेश गुरुङले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, युवाहरू र टोलवासीको उत्साहपूर्ण उपस्थिति रहेको थियो । प्रतियोगिताको प्रथम पुरस्कारमा रु. ३० हजार बराबरको खसी एक थान सहित ट्रफि, मेडल र दोस्रो पुरस्कारमा रु. २० हजार बराबरको बोका एक थान सहित ट्रफि, मेडल प्रदान गरिने आयोजक समितिले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य यु...
मकवानपुर कोरिया मञ्चको ९ औं अधिवेशन सम्पन्न, अध्यक्षमा ठकुरी चयन, ५०  लाख कोरियन वोन बराबरको आपतकालिन राहत कोषको स्थापना

मकवानपुर कोरिया मञ्चको ९ औं अधिवेशन सम्पन्न, अध्यक्षमा ठकुरी चयन, ५० लाख कोरियन वोन बराबरको आपतकालिन राहत कोषको स्थापना

Breaking News 1, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, समाज
दक्षिण कोरिया । मकवानपुर कोरिया मञ्चको ९ औं अधिवेशन आइताबार सम्पन्न भएको छ । लामो समय देखि विबिधकारणले अधिवेशन हुन नसकिरहेको अवस्थामा आइताबार अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट संस्थाको अध्यक्षमा निरञ्जन बिक्रम ठकुरी चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा लक्ष्मण थोकर, महासचिवमा सरोज धनुकि, सचिवमा राम थोकर, कोषाध्यक्षमा रेस मगर र सदस्यहरुमा सपना बस्नेत,प्रकाश भोम्जन, निहारिका गोले र बिक्रम घलान चयन भएका छन् । अधिवेशनले संस्थाको सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पास गरेको छ । २०२३ मा सुजन चापागाईको व्यान्ड ल्याएर गर्न खोजिएको मकवानपुर सांगीतिक धमाका भाग २ को आयोजना गर्न खोज्दा अन्तिम चरणमा कलाकारको भिसाको कारण कार्यक्रम स्थगित भएको थियो । उक्त कार्यक्रमको अवसरमा गरिएको सबै आर्थिक हिसाब अधिवेशनले पास गरेको छ । १ करोड ७३ लाख ७३ हजार १२२ वोन संकलन भएको रकमबाट १ करोड ४८ लाख ९० हजार ८००...
कुलमानसँग छलफल गर्दै उज्यालो नेपाल पार्टी

कुलमानसँग छलफल गर्दै उज्यालो नेपाल पार्टी

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको उज्यालो नेपाल पार्टीले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङसँग छलफल गर्दैछ । उनेपाका अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङ आफूहरू पार्टी विस्तारको क्रममा रहेकाले मन्त्री कुलमान घिसिङ लगायतसँग छलफल गर्न लागिएको हो । कसरी, कुन तरिकाले जाने रु कसरी नयाँ सदस्यलाई समेट्ने भनेर छलफल चलिराखेको छ’ अध्यक्ष तामाङले भने, ‘यही क्रममा मन्त्री कुलमान घिसिङ लगायतसँग छलफल गर्ने तय भएको छ ।’ शनिबार साँझ ७ बजेदेखि ९ बजेसम्म भर्चुअल रुपमा छलफल गर्ने तय भएको छ । उनेपाका पदाधिकारीहरू र कुलमानसहित कुलमानका तर्फबाट अन्य केही सदस्यहरू र विज्ञहरू सहभागी रहने अध्यक्ष तामाङले जानकारी दिए ।...
नेपालले जित्यो टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक सिरिज

नेपालले जित्यो टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक सिरिज

Breaking News 1, खेलकुद, प्रमुख समाचार
काठमाण्डौं । वेस्ट इन्डिजलाई लगातार खेलमा हराउँदै नेपालले यूएईमा जारी युनिटी कप टी २०आई शृंखला एक खेल अगावै जितेको छ । नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । वेस्ट इन्डिज कुनैपनि बेला खेलमा हावी हुन सकेन । नेपालका आदिल आलमले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।...
मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको ९ औँ अधिवेशन हुँदै, ५० लाख कोरियन वन बराबरको आपतकालिन् राहतकोषको पनि घोषण गर्ने

मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको ९ औँ अधिवेशन हुँदै, ५० लाख कोरियन वन बराबरको आपतकालिन् राहतकोषको पनि घोषण गर्ने

Breaking News 1, दक्षिण कोरिया, समाचार, समाज
दक्षिण कोरिया । मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको ९ औँ अधिवेशन हुने भएको छ । कोरियन चाड छुसकको अवसर पारेर अक्टोबर ५ मा सौलको दोङदेमुन स्थित रहेको दर्शन नमस्ते रेष्टुरेण्टको सभाहलमा अधिवेशन गर्ने फाइनल भएको हो । अधिवेशनको दिनमानै कोरियामा रहेका मकवानपुरे तथा नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्ने हेतुले  लाख कोरियन वन बराबरको आपतकालिन् राहतकोषको समेत घोषणा गर्ने भएको छ । सेल्टर स्थापना गर्ने उद्धेश्य सहित सन् २०२३ को छुसकमा सुजन चापागाई एण्ड द ईन्फिनिटी ब्यान्ड ल्याएर मकवानपुर सांगीतिक धमाका भाग २ गर्ने अन्तिम तयारीमा पुगिसक्दा कलाकारको भिषा नलाग्दा स्थगित भएको कार्यक्रमलाई पुनः आयोजना गर्ने उद्देश्यले गर्दा अधिवेशन गर्ने समय लम्बिएको थियो । कार्यक्रमको तयारीको दौरानमा आन्तरिक तथा वाह्य सहयोगि दाताहरुबाट केही सहयोग रकम संकलन भएको थियो । संकलन भएको सहयोग रकम कार्यक्रम व्यवस्थापनमा खर्च ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"