नेपाल मगर संघ, गणतन्त्र कोरियाको १२ औं अधिवेशन सम्पन्न, अध्यक्षमा अञ्जन थापा मगर चयन
दक्षिण कोरिया । नेपाल मगर संघ, गणतन्त्र कोरियाको १२ औं अधिवेशन आईतबार सम्पन्न भएको छ । सौलको दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा भएको अधिवेशनबाट अञ्जन थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको अध्यक्ष विशन राईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा दक्षिण कोरियालाई कर्मथलो बनाएर रहदै आएको मगरहरुको बाक्लो सहभागिता रहेको थियो । आर्थिक प्रतिवेदन र सांगठानिक प्रतिवेदनलाई पास गर्दै सम्पन्न भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । अध्यक्ष तुल घर्ति मगरको अध्यक्षतामा सम्पन्न भएको खुल्ला सत्रमा महासंघको अध्यक्ष विशन राईको प्रमुख आतिथ्यता रहनुका साथै नेपाली सम्पर्क समिति दक्षिण कोरियाको बरिष्ठ उपाध्यक्ष हर्क विष्ट, महासंघको संरक्षक लोचन राई, मगर संघको संरक्षक सल्लाहकारहरु र दक्षिण कोरियामा कृयाशिल बिभिन्न जातिय संस्...







