Breaking News 1

सर्वोच्चले भन्योः टिकटक बन्द भएर अपूरणीय क्षति भएको देखिएन

सर्वोच्चले भन्योः टिकटक बन्द भएर अपूरणीय क्षति भएको देखिएन

Breaking News 1, समाचार
मंसिर ७, काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धले रिट निवेदकलाई अपूरणीय क्षति पुगेको बलियो आधार पेश हुन नसकेको टिप्पणी गरेको छ । टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो र सरकारसँग लिखित जवाफ मागेको थियो । बिहीबार आदेशको लिखित रुप सार्वजनिक गर्दै सर्वोच्च अदालतले रिट निवेदकहरुले प्रतिबन्धले नागरिकलाई अपुरणीय क्षति पुग्न जाने वस्तुपरक आधार पेश गर्न नसकेकाले अन्तरिम आदेश जारी गर्न नमिलेको उल्लेख गरेको हो । आदेशमा भनिएको छ, ‘टिकटकको वैधानिकता, नेपालको कानुनको दायरा, परिपालना नियमन एवं व्यवस्थापन समेतका सम्बन्धमा लिखित जवाफ पेश भएपछि अन्तिम सुनुवाइका बखत टुंगो लाग्नु उपयुक्त देखिएको साथै निवेदकहरुलाई अपुरणीय क्षति पुग्न जाने वस्तुगत एवं तथ्यपरक आधार समेत नदेखिएको अन्तरिम आदेश जारी गर्न मिलेन ।’ ...
प्रसाईँको कार्यक्रममा प्रहरी हस्तक्षेप

प्रसाईँको कार्यक्रममा प्रहरी हस्तक्षेप

Breaking News 1, समाचार
काठमाडौँ, ७ मङ्सिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको कार्यक्रममा झडप भएको छ। बल्खुमा जम्मा भएको प्रदर्शनकारी कालीमाटी हुँदै सहर जानेछन् भनेर प्रसाईँले आव्हान गरे पछि प्रहरीले रोकेको हो । प्रदर्शनकारी कालीमाटीतर्फ जाने र प्रहरीले रोक्ने भएपछि झडप सुरु भएको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको कार्यक्रममा प्रहरीले अश्रुग्याँस छाडेको छ। प्रसाईँले अब आन्दोलनकारी `सहर पस्ने´ भने पछि कालीमाटीतर्फ बढे पछि प्रहरीले रोकेको थियो । प्रहरीले रोके पछि दुवै पक्ष बिचमा झडप सुरु भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । बल्खुको स्थिति तनावग्रस्त बनेको छ। प्रहरी र प्रदर्शनकारी बिच झडप जारी छ ।...
काठमाडौँ प्रदर्शनका लागि ७ हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि सुरक्षा गरिने

काठमाडौँ प्रदर्शनका लागि ७ हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि सुरक्षा गरिने

Breaking News 1, समाचार
काठमाडौँ, ७ मङ्सिर । आज हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्नका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँमा आज नेकपा एमाले निकट युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानले एकै पटक प्रदर्शन गर्ने भए पछि व्यापक प्रहरी परिचालन गरिएको हो । जसअनुसार ७ हजार बढी सुरक्षाकर्मी यतिखेर काठमाडौँ उपत्यकाको सडकमा परिचालन भएका छन् । नियमित जस्तो हुने गरेको माइतीघरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले निषेधाज्ञा जारी गरेपछि युवा सङ्घले तीनकुने र प्रसाईँ नेतृत्वको अभियानले बल्खुमा कार्यक्रम गर्दै छन् । सुरक्षा निकायका अनुसार जुलुस आउने बाटो र कार्यक्रम स्थलमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् भने काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन भइरहेका छन् । जसका लागि उपत्यका प्रहरी कार्यालयले डिआइजीको नेतृत्वमा ‘कमान्ड’ सेन...
इजरायल–हमासबीच युद्ध विराम सम्झौता, हमासले ५० जनालाई रिहा गर्ने, इजरायलले आक्रमण रोक्ने

इजरायल–हमासबीच युद्ध विराम सम्झौता, हमासले ५० जनालाई रिहा गर्ने, इजरायलले आक्रमण रोक्ने

Breaking News 1, अन्तर्राष्ट्रिय
काठमाडौँ, ६ मङ्सिर । डेढ महिनादेखिको युद्धलाई रोक्दै इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका छन् । गत ७ अक्टोबरमा हमासले आक्रमणपछि चलेको युद्धलाई विराम गर्दै इजरायलले आक्रमण रोक्ने र हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका हुन् । इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमास सँगको सम्झौतालाई अनुमोदन गरेको छ ।   चार दिनको अस्थायी युद्ध विरामका क्रममा ती बन्धकलाई रिहा गरिने र रिहा हुनेमा महिला र बालबालिका हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउन प्रतिबद्ध छ ।   जसअनुसार चार दिनभित्र महिला र बालबालिकासहित ५० बन्धकलाई रिहा गरिनेछ । त्यस क्रममा युद्ध रोकिनेछ ।’ हमासले ५० जनालाई रिहा गर्ने इजरायल सरकारले ज...
नेपालकी रुक्साना कपाली बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा

नेपालकी रुक्साना कपाली बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा

Breaking News 1, समाचार
काठमाडौँ, ५ मङ्सिर । विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । बिबिसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सार्वजनिक गरेको सूचीमा रुक्साना कपाली पनि परेकी छन् ।   प्रत्येक वर्ष विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको बिबिसीले यस वर्षको सूचीमा कपालीको नाम पनि समावेश गरेको हो । रुक्साना कपालीले फरक लैङ्गिक पहिचान भएका मानिसको अधिकारका मुद्दा उठाउँदै आएकी छन् ।...
युरोकपमा छानिए २० वटा देश, कुन कुन देश छानिए त ?

युरोकपमा छानिए २० वटा देश, कुन कुन देश छानिए त ?

Breaking News 1, खेलकुद
काठमाडौँ, ५ मङ्सिर । युरोकप २०२४ मा कुल २० देश छनौट भएका छन् । युरोपका २४ देशले भाग लिने युरोकपमा छनौट खेलबाट अब एक देश छनौट हुन बाँकी छ भने बाँकी ३ देश प्लेअफबाट छानिने छन् । अब समूह डी बाट समूह चरणका अन्तिम खेल आज राति सकिए पछि आयोजकसहित युरोकपका २१ देश छनौट हुने छन् । युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुदैँछ । आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समूह ए बाट स्पेन र स्कटल्यान्ड, समूह बि बाट फ्रान्स र नेदरल्याण्डस, समूह सी बाट इङल्याण्ड र इटाली छानिएका छन् । त्यस्तै समूह डी बाट टर्की छनौट भएको छ भने अब अन्तिम खेलपछि क्रोएसिया र वेल्स मध्ये एक देश सिधै छनौट हुने छ । त्यसै गरी समूह इ बाट अल्बानिया र चेक रिपब्लिक छनौट भएका छन् भने समूह एफ बाट बेल्जियम र अस्ट्रिया छनौट भएका छन् । त्यसैगरी समुह जी बाट हंगेरी र सर्बिया, समूह एच बाट ड...
बिदेशी मुद्राको बिनिमय दरः कति पुग्यो डलर र युरोको भाउ ?

बिदेशी मुद्राको बिनिमय दरः कति पुग्यो डलर र युरोको भाउ ?

Breaking News 1, अर्थ, समाचार
मंसिर ५, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसामा कारोबारको अनुमति दिएको छ । गत सातासम्म युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको थियो । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४३ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८६ रूपैयाँ ५३ पैसा तथा बिक्री दर ८६ रूपैयाँ ९२ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ ९० पैसा तथा बिक्री दर ९७ रूपैय...
बिपिन जोशी अझै भेटिएका छैनन, खोजी जारी छः इजरायलस्थित नेपाली दुतावास

बिपिन जोशी अझै भेटिएका छैनन, खोजी जारी छः इजरायलस्थित नेपाली दुतावास

Breaking News 1, समाचार
मंसिर ४, काठमाडौं । प्यालेस्टाइनी अतिबादी समुह हमासको नियन्त्रणमा रहेका बिपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ । इजरायलस्थित नेपाली दूतावासले विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि अबस्था अझै अज्ञात रहेको जनाएको हो । हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेका मध्येमा विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको छ । उनको अवस्थाबारे भने अहिलेसम्म पनि यकिन गर्न नसकिएको दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ,  ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सबैलाई जानकारी गराइन्छ ।’ तर, केही मिडियाले जाेशी फेला परेकाे र उनलाइ रिहाइ गर्नका लागि पहल भइरहेकाे जनाइरहेकाे बेला इजरायलस्थित दुतावासले भने उनकाे स्थीति प्रस्ट पारेकाे हाे ।...
क्रिकेट विश्वकपको उपाधि अस्ट्रेलियालाइ

क्रिकेट विश्वकपको उपाधि अस्ट्रेलियालाइ

Breaking News 1, खेलकुद, समाचार
मंसिर ३ ,काठमाडौं ।  अस्ट्रेलियाले क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैठौं पटक विश्वकपको उपाधि जितेको हो । भारतले दिएको २४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा ट्राभिस हेडले शानदार १३७ रनको शतकीय पारी खेलेका थिए भने मार्नस लाबुसचाग्नेले अविजित ५८ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अलआउट हुदै २४० रन बनाएको थियो । अस्ट्रेलियाले यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुदै फाइनलमा पुगेको थियो । अस्ट्रेलियाले योसहित छैठौं पटक विश्वकपको उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो । त्यस्तै यसअघि १९८३ र २०११ को विश्वकप जितेको भारत दोस्...
जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

Breaking News 1, खेलकुद, समाचार
मंसिर ३ ,काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भएको छ । आइतबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो । नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाएपछि नेपाल ४५  रनले विजयी भएको हो । यसअघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । सिरिजमा समूह चरणमा नेपालले जापानलाई पराजित गरेको थियो भने आयोजक हङकङ र तान्जानियासँग पराजित भएको थियो । त्यस्तै जापानले भने समूह चरणका तीनै खेलसहित तेस्रो स्थानको खेलमा पनि हार व्यहोरेको छ । यस सिरिजको फाइनल खेलमा आज हङकङ र तान्जानिया खेल्दैछन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"