Breaking News 1

अमेरिकाले तीन बर्षमा ६० लाख आप्रवासीलाई सिमानामा रोक्यो

अमेरिकाले तीन बर्षमा ६० लाख आप्रवासीलाई सिमानामा रोक्यो

Breaking News 1, अन्तर्राष्ट्रिय
वासिंगटन डिसी, २४ कार्तिक । अमेरिकी राष्ट्रपतिमा जो वाइडेन नियुक्त भए देखी ६० लाख आप्रावासीलाई सिमाना रोकिएको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासका अनुसार जनवरी २०२१ मा राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरे देखि करीव ६० लाख आप्रवासीहरूलाई उनीहरूलाई दक्षिणी सीमामा रोकेका हुन  । अधिकारीहरूले गत मेदेखि यता मात्रै देशमा रहन मापदण्ड पूरा नगर्ने ३ लाख ५० हजार भन्दा बढी आप्रवासीहरूलाई फिर्ता (डिर्पोट) गरिएको छ । जसका कारण अमेरिकामा अवैध आप्रवासन राष्ट्रपति जो बाइडेनका लागि प्रमुख राजनीतिक टाउको दुखाइ बनेको छ। यसका लागि रिपब्लिकन पार्टीले उनीमाथि लचिलो सीमा नीतिको आरोप लगाएको छ । बाइडेनले मेक्सिकोसँगको सीमालाई बलियो बनाउन र अध्यागमन एजेन्टहरू, वकिलहरू र शरण अधिकारीहरू भर्ती गर्न कांग्रेससँग थप १३.६ बिलियन डलरको माग गरेका छन्।...
जनयुद्धलाई कसैले दबाउन सक्दैनः प्रचण्ड

जनयुद्धलाई कसैले दबाउन सक्दैनः प्रचण्ड

Breaking News 1, राजनीति, समाचार
२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन् । बिहीबार पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक–पटक उठिराख्ने बताएका हुन् । उनले जनयुद्धलाई दबाइए चिहानबाट भए पनि फेरि उठ्ने बताए । ‘मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एक खालको कर्म पछिको ठुलो कर्म नेपाली जनताले अगाडी ल्याएको त्यहीँ (जनयुद्ध) नै हो, प्रचण्डले भने । प्रधानमन्त्रीले भने – ‘त्यो चिहानबाट फेरि उठ्छ । किनभने हजारौँ मान्छेहरूले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एकछिन दबाइयो भनेपनि फेरि उठ्छ त्यो । ’ प्रधानमन्त्री दाहालले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठुलो जनताको तहबाट भएको विद्रोह र पहलकदमी भएको भन...
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

Breaking News 1, समाचार
कात्तिक २३, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए । जसमा ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन् । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।...
एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको अध्यक्ष ओलीको भनाइ

एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको अध्यक्ष ओलीको भनाइ

Breaking News 1, राजनीति, समाचार
कात्तिक २२, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार बसेको सचिवालय बैकठमा अध्यक्ष ओलीले एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने भएकाले घेराबन्दी भइरहेको बताए । ‘मुलुकमा विगतदेखि नै राष्ट्रिय शक्तिलाई कमजोर गर्ने प्रयास भइरहेका छन्, एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्छ । त्यसकारण घेराबन्दी, आक्रमण र यसलाई कमजोर गर्ने षड्यन्त्र केन्द्रित छन् ’ अध्यक्ष ओलीले बैठकमा भनेका थिए । ‘मुलुकमा विगतदेखि नै राष्ट्रिय शक्तिलाई कमजोर गर्ने प्रयास भइरहेका छन्, एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्छ । त्यसकारण घेराबन्दी, आक्रमण र यसलाई कमजोर गर्ने षड्यन्त्र केन्द्रित छन् ’ अध्यक्ष ओलीले बैठकमा भनेका थिए । उनले एमालेभन्दा बाहिर पनि राष्ट्रिय सोच राख्ने शक्तिहरुलाई क्रमशः गोलबद्ध गर्दै अगाडि बढ्नुपर्ने बताए । देशक...
कर्णाली सरकारद्वारा १६ स्थानीय तहलाई दुई करोड हस्तान्तरण

कर्णाली सरकारद्वारा १६ स्थानीय तहलाई दुई करोड हस्तान्तरण

Breaking News 1, समाचार
कात्तिक २२, काठमाडौँ । कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ । प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५÷२५ लाख, कुशे गाउँपालिकालाई २० लाख, छेडागाड नगरपालिकालाई १० लाख, जुनीचाँदे गाउँपालिकालाई १० लाख र शिवालय गाउँपालिकालाई रु पाँच लाख हस्तान्तरण गरेको छ । त्यसैगरी रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई २५÷२५ लाख, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई २०÷२० लाख, मुसिकोट नगरपालिकालाई १० लाख र बाँफीकोट गाउँपालिकालाई पाँच लाख हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले सल्यानको दार्मा गाउँपालिकालाई १५ लाख तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई पाँच–पाँच लाख हस्तान्तरण गरिएको जानकारी दिए ...
रिगलको कैद माफी सर्वोच्च अदालतद्वारा बदर, तत्काल पक्राउ गर्न परमादेश

रिगलको कैद माफी सर्वोच्च अदालतद्वारा बदर, तत्काल पक्राउ गर्न परमादेश

Breaking News 1, समाचार
काठमाडौँ, १६ कात्तिक । सर्वोच्च अदालतले योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गरिदिएको छ । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हत्या आरोपमा जेल परेका रिगलको कैद माफी दिइएको थियो । बाँके नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रिगल माफी पाएर रिहा भएपछि सरकारको चौतर्फी आलोचना भइरहेका बेला सर्वोच्चले उनलाई माफी दिने सरकारको निर्णय बदर गरिदिएको हो । रिगललाई माफी दिने सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा बिहीबार सुनुवाइ गर्दै कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गर्दै रिगललाई तत्काल पक्राउ गर्न परमादेश दिएको छ ।...
जब प्रहरीले फेला पारेको ९ लाख सबन्धित व्यापारीलाई बुझायो

जब प्रहरीले फेला पारेको ९ लाख सबन्धित व्यापारीलाई बुझायो

Breaking News 1, समाज
विशाल बस्नेत / न्युज कारखाना महोत्तरी, १६ कात्तिक । प्याट्रोलिङ्गको क्रममा बर्दिबासमा प्रहरीले भेटाएको ९ लाख रुपैयाँ  जिम्मा लगाइएको छ । अनुसन्धानको क्रममा उक्त पैसा महतो किराना पसलका सञ्चालक जगदीश महतोको यकिन भएपछि  महतोलाई हस्तान्तरण गरिएको हो । उद्योग वाणिज्य सङ्घ बर्दिबासका अध्यक्ष विष्णु खडका, व्यवसायीहरू गुन्ज कार्की, ज्ञान बहादुर राउत, पत्रकार लगायतको रोहवरमा महतोलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । कालो झोलाभित्र रहेको ९ लाख ५ सय ६२ रुपैयाँ महतोलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवले जानकारी दिए । कसरी फेला परेको थियो ? गत ३ असोजको राती इलाका प्रहरी कार्यालय गौरिडाडाको प्रहरी विट भोला वसन्त चोकबाट प्रहरी जवान अजय मण्डल प्याट्रोलिङ्ग गरिरहेका थिए । प्याट्रोलिङ्गको क्रममा ५० मिटर पर महतो किराना पसल नजिक पुगेपछि उनले एउटा कालो झोला देखे । झोलालाई आफैल...
आइसिसी टी २०ः नेपाल र ओमानबिच समूह एको अन्तिम खेल हुँदै

आइसिसी टी २०ः नेपाल र ओमानबिच समूह एको अन्तिम खेल हुँदै

Breaking News 1, खेलकुद
काठमाडौँ, १६ कार्तिक । नेपाल र ओमानका बिचमा आज प्रतिस्पर्धा हुँदै छ । आइसिसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुनेछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ । यसअघि नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर अाेमानसँग प्रतिस्पर्धा गर्न पुगेको हो भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । उसले यसअघि मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो । नेपालले ओमानसँग आफ्नो समूह अर्थात् समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो ।  नेपाल र ओमानबिच आज हुने खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । टी–२० मा नेपाल र ओमानबिच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।...
राष्ट्रसङ्घीय महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

राष्ट्रसङ्घीय महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

Breaking News 1, समाचार
काठमाडौँ, १५ कात्तिक । नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुङ्गानाको लेक लागेर मृत्यु भएको छ । गत १२ कात्तिकमा महासचिव गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण हिमालको आधार शिविर पुगेका उनको बुधवार बिहान मृत्यु भएको छ । गत आइतबार महासचिव गुटेरेसको सुरक्षाका लागि उनीसँगै ढुङ्गाना हेलिकोप्टरमा अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए । तर, सोही दिन गुटेरेस हेलिकोप्टरमै फर्किए पनि असई ढुङ्गाना भने हिँडेर फर्किदा लेक लागेको हो । मङ्गलवार राति  हिमालय भन्ने ठाउँमा पुगेपछि असई ढुङ्गानालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो र बुधवार हेलिकोप्टरमा पोखरा ल्याउँदा निधन भएको हो ।...
‘क्षमता अनुरुप लगानी भित्राउन अर्थमन्त्री डा. महतको आव्हान’

‘क्षमता अनुरुप लगानी भित्राउन अर्थमन्त्री डा. महतको आव्हान’

Breaking News 1, समाचार
लन्डन, १५ कार्तिक । नेपाली डायरफोराले नेपालप्रति प्रेम देखाउने अहिले उपयुक्त समय भएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् । नेपाली दूतावास लन्डनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘नेपाली डायरफोराले नेपालमा लगानी गरेर वास्तविक माया देखाउने बेला आएको छ । तपाईंहरु सँग जे क्षमता छ, त्यो क्षमता उपयोग गरेर नेपालप्रतिको प्रेम देखाउने अहिले उपयुक्त समय हो ।’ दुई पक्षीय, बहुपक्षीय सहयोगले मात्र नेपालको विकास सम्भव छैन । संस्थागत निजी क्षेत्रको लगानीको आवश्यकता छ, मन्त्री डा. महतले भने, ‘नेपालीको धेरै ठुलो सङ्ख्या विश्वभर फैलिएको छ । विदेशमा नेपालीको दोस्रो पुस्ता हुर्किँदै छ । सिप, ज्ञान र पुँजीको हिसाबले नेपाली डायसफोराले आफ्नो अस्तित्व बनाउँदै छ ।’ अर्थमन्त्री डा. महतले भने ‘बेलायतमा नेपाली मूलका ब्रिटिस नागरिकता भएका अथवा नभएका ठुलो सङ्ख्या...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"