Breaking News 1

स्वर्णिम वाग्ले रास्वपाको उपसभापति, सुमना श्रेष्ठ सहित ३ जना सहमहामन्त्री

स्वर्णिम वाग्ले रास्वपाको उपसभापति, सुमना श्रेष्ठ सहित ३ जना सहमहामन्त्री

Breaking News 1, राजनीति, समाचार
काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह–कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ । यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् । यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन् । उनी र वाग्ले सहित पार्टीमा अब दुई उपसभापति रहनेछन् । महामन्त्रीमा मुकुल ढकाल यथावत् छन् । प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार निरन्तर नै रहनेछन् ।...
रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

Breaking News 1, समाचार
महोत्तरी, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो  केन्द्रीय समितिलाई ५२ सदस्यीय बनाएको छ । जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई ५२ सदस्यीय बनाएको हो । बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेसँगै ५२ सदस्यीय बनेको हो।   केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा स्वर्णिम वाग्ले, डा चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत रहेका छन् ।...
११ माघमा राष्ट्रिय सभाको निर्वाचन

११ माघमा राष्ट्रिय सभाको निर्वाचन

Breaking News 1, राजनीति, समाचार
१३ मंसिर,काठमाडौं । राष्ट्रिय सभाको रिक्त हुने सदस्य चयनका लागि आगामी ११ माघमा निर्वाचन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा रिक्त हुने सदस्य पदका लागि आगामी ११ माघमा निर्वाचन गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार निर्वाचन आयोगले दिएको परामर्शका आधारमा राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको हो । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि सकिँदै छ ।...
देशभरिका कारागारमा योग शिविर चलाइने

देशभरिका कारागारमा योग शिविर चलाइने

Breaking News 1, समाचार, समाज
१२ मङ्सिर, काठमाडौं ।  मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरीका कारागारमा योगशिविर संचालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह राना सहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर संचालन गर्ने निर्णय गरेको हो। एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ। केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन्। नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर संचालन...
रास्वपाको बैठकमा मंगलबार सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने

रास्वपाको बैठकमा मंगलबार सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने

Breaking News 1, राजनीति, समाचार
११ मङ्सिर, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आजबाट सुरु भएको छ। बैठक आज दिउँसो १२:३० बजेबाट सुरु भएको हो। आजको बैठकमा केन्द्रीय सदस्यहरू, सांसदहरू, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् । बैठकमा रास्वपा मधेश प्रदेश सभापति र महामन्त्रीलगायतको पनि सहभागीता रहेको थियो। बैठकमा महामन्त्री मुकुल ढकालले समसामयिक राजनीतिक तथा पार्टी गतिविधिको जानकारी गराएका थिए। महामन्त्रीपछि प्रदेशका सभापतिहरूले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। सोमबार पार्टी सभापतिबाहेक २० सांसदलाई ७ मिनेटका दरले बोल्न समय दिइएको छ। त्यस्तै पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक तथा लेखा प्रतिवेदन पेश गर्नेछन्। आर्थिक व्यवस्थापन विभाग प्रमुख लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले उक्त प्रतिवेदनमाथि धारणा राख्नेछन्...
चीनमा रहस्यमय रोग फैलियो, यथार्थ सार्बजनिक गर्न डब्लुएचओको आग्रह

चीनमा रहस्यमय रोग फैलियो, यथार्थ सार्बजनिक गर्न डब्लुएचओको आग्रह

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
मंसिर ११, बेइजिङ । चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ। यस्तो अवस्थामा चीनको स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति आएको छ । यसका अनुसार यो संक्रामक फोक्सोको रोगको पछाडि धेरै रोगजनक ब्याक्टेरिया छन्। यससँगै चीनको स्वास्थ्य मन्त्रालयले यसको पछाडि कुनै नयाँ भाइरल कारण हुन सक्ने बताएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार एक पत्रकार सम्मेलनमा इन्फ्लुएन्जामा संक्रमण बढ्नुको प्रमुख कारण भएको बताए । उनले राइनोभाइरस, माइकोप्लाज्मा निमोनिया र रेस्पिरेटरी सिन्सिटियल भाइरस पनि फैलिरहेको बताए । फेङले मुलुकमा औषधि आपूर्तिको ग्यारेन्टी हुनुपर्ने र उपचारको सुविधा बढाउनुपर्ने बताए । स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले विशेषगरी...
महिला सशक्तीकरणका लागि बजेट विनियोजन हुनेछ : अर्थमन्त्री डा. महत

महिला सशक्तीकरणका लागि बजेट विनियोजन हुनेछ : अर्थमन्त्री डा. महत

Breaking News 1, समाचार
मंसिर १०, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन गरिने बताएका छन् । राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै मन्त्री डा. महतले सामाजिक सुरक्षा भत्तामा अहिले राज्यको क्षमताभन्दा बढी रकम खर्च भइरहेको उल्लेख गर्दै सडक, यातायात, खानेपानीआदि पूर्वाधार क्षेत्रमा बजेट विनियोजन हुँदा पनि यो वा त्यो रुपमा महिलाको सहजीकरणका पक्षलाई ध्यान दिइएको बताए । अधिकारको रक्षा र कार्यान्वयनका लागि लोकतान्त्रिक व्यवस्था हुन अत्यावश्यक भएको उल्लेख उनले समाजमा कमजोर वर्गमाथि बलियो समूहले भौतिक, मानसिक र आर्थिक हिंसा गर्ने गलत प्रचलन रहेकामा विद्यमान कानुन र संरचनाका माध्यमबाट त्यसलाई निराकरण गर्नुपर्नेमा जोड दिए । महिलाहरुलाई श्रोतले सम्पन्न बनाउनुपर्छ, ...
युरो र डलरको भाउ बढेको बढ्यै

युरो र डलरको भाउ बढेको बढ्यै

Breaking News 1, अर्थ, समाचार
मंसिर ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९२ पैसामा कारोबारको अनुमति दिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १२ पैसा र बिक्री दर १६७ रुपैयाँ ८८ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८७ रूपैयाँ ४२ पैसा तथा बिक्री दर ८७ रूपैयाँ ८१ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ ९६ पैसा तथा बिक्री दर ९७ रूपैयाँ ७० पैसामा कारोबार गर्न अनुमति दिएको छ । जापानी येन १० को खरिददर ८ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ८ रूपैयाँ ९६ पैसा ब...
विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली

विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली

Breaking News 1, समाचार
काठमाडौँ, ८ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको असरका बारेमा नेपालले औपचारिक रूपमा विश्वसामु आफ्नो आवाज बुलन्द गर्न पर्ने विचार ब्यक्त गरेका छन्। पार्टीको परराष्ट मामिला विभाग र वन तथा वातावरण विभागद्वारा जलवायु परिवर्तन न्याय कोप (२८ ) मा नेपालले लिनुपर्ने अडान विषयक संयुक्त रूपमा आयोजित विज्ञहरूसँगको छलफल कार्यक्रममा जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा परावणीय संकट निम्तिन सक्ने बताउदै नेपालले संकट टार्न विश्व समुदायको ध्यान आकर्षण गर्न ढिला गर्न नहुने बताए । हिमाललाई तीब्र असर पुर्‍याउने काम विकसित देशले गरिरहेका छन। त्यस बापत विकसित देशले केही रकम दिएर मात्र पुग्दैन । विकसित देशले हिमाललाई कसरी बचाउने भन्ने तर्फ ध्यान दिने बेला आएको छ, उनले भने । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट मामिला विभाग प्रमुख डा. राजन भट्टाराईले जलवायु पर...
इजरायल-हमासबिच केही बेरमा युद्ध बिराम हुँदै, हमासले आजै १३ बन्दीलाई रिहा गर्ने

इजरायल-हमासबिच केही बेरमा युद्ध बिराम हुँदै, हमासले आजै १३ बन्दीलाई रिहा गर्ने

Breaking News 1, अन्तर्राष्ट्रिय
कतार, ८ मङ्सिर । इजरायल र हमासबीचको युद्धबिच भएको सम्झौताअनुसार आजदेखि बन्धकहरूलाई रिहा गरिने भएको छ । जवाफमा गाजापट्टीमा इजरायली सेनाको आक्रमण केही समयमै रोकिने भएकाे छ । सो युद्ध विराम पछि बन्धकहरूको पहिलो समूह शुक्रवार साँझ इजरायललाई हस्तान्तरण गरिनेछ। सात हप्ताको युद्धपछि इजरायल र हमासबीच ४ दिने युद्ध विराम हुने भएको हो । कतारका अनुसार त्यसपछि गाजामा इन्धन र मानवीय आपूर्तिमा आज तीव्रता आउनेछ। कतारको विदेश मन्त्रालयका अनुसार युद्ध विराम नेपाली समय अनुसार बिहान १०ः३० बजे सुरु हुनेछ, जबकि बन्धकहरूको पहिलो समूहलाई हमासले युद्ध विरामको केही घण्टापछि भारतीय समय अनुसार साँझ ७ः ३० बजे रिहा गर्नेछ। बन्धकहरूको पहिलो समूहमा एकै परिवारका १३ महिला र बालबालिका समावेश हुनेछन्। कतार र अमेरिकाबिच भएको सम्झौता अनुसार चार दिनमा ५० जना बन्धकलाई रिहा गर्ने सहमति भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामन...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"