Breaking News 1

नेपाल मगर संघ, गणतन्त्र कोरियाको १२ औं अधिवेशन सम्पन्न, अध्यक्षमा अञ्जन थापा मगर चयन

नेपाल मगर संघ, गणतन्त्र कोरियाको १२ औं अधिवेशन सम्पन्न, अध्यक्षमा अञ्जन थापा मगर चयन

Breaking News 1, प्रमुख समाचार, प्रवास, मुख्य समाचार, समाज
दक्षिण कोरिया । नेपाल मगर संघ, गणतन्त्र  कोरियाको १२ औं अधिवेशन आईतबार सम्पन्न भएको छ । सौलको दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा भएको अधिवेशनबाट अञ्जन थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।   नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको अध्यक्ष विशन राईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा दक्षिण कोरियालाई कर्मथलो बनाएर रहदै आएको मगरहरुको बाक्लो सहभागिता रहेको थियो । आर्थिक प्रतिवेदन र सांगठानिक प्रतिवेदनलाई पास गर्दै सम्पन्न भएको अधिवेशनबाट नयाँ  नेतृत्व चयन गरिएको हो । अध्यक्ष तुल घर्ति मगरको अध्यक्षतामा सम्पन्न भएको खुल्ला सत्रमा महासंघको अध्यक्ष विशन राईको प्रमुख आतिथ्यता रहनुका साथै नेपाली सम्पर्क समिति दक्षिण कोरियाको बरिष्ठ उपाध्यक्ष हर्क विष्ट, महासंघको संरक्षक लोचन राई, मगर संघको संरक्षक सल्लाहकारहरु र दक्षिण कोरियामा कृयाशिल बिभिन्न जातिय संस्...
चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारको २६ प्रतिशत बजेट फ्रिज

चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारको २६ प्रतिशत बजेट फ्रिज

Breaking News 1, अर्थ, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/ बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ मा विनियोजित कुल बजेटको ७४ प्रतिशत मात्र खर्च गरेको छ ।  चालु आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेटमा प्रदेश सरकारले असारसम्म ७४ प्रतिशत अर्थात् ४७ अर्ब ७९ करोड रुपैयाँ खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रकको कार्यालय, हेटौंडाका अनुसार बागमतीका १४ मन्त्रालय, आयोग र निकायहरुबाट चालु खर्चतर्फ ७१ दशमलब ५ प्रतिशत अर्थात् १८ अर्ब ४० करोड रुपैयाँ र पुँजीगततर्फ ७८ दशमलब ५० प्रतिशत अर्थात् २८ अर्ब ४० करोड रुपैयाँ बजेट खर्च भएको छ । प्रदेश सरकारले चालु खर्चतर्फ २५ अर्ब ७२ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो भने विकास बजेटतर्फ ३७ अर्ब ३१ करोड रुपैयाँ गरी कुल ६४ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । गत वर्षको तुलनामा बागमती सरकारको बजेट खर्च सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्ष ७० प्रतिशत बजेट खर्च गरेको बागमती सरकारल...
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा फुटपाथ निर्माण गर्न साइड क्लियरेन्सको प्रक्रिया सुरु गरिने

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा फुटपाथ निर्माण गर्न साइड क्लियरेन्सको प्रक्रिया सुरु गरिने

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा पैदलयात्रीका लागि फुटपाथ निर्माण गर्न साइड क्लियरेन्सको प्रक्रिया सुरु गरिने भएको छ । वडा कार्यालयले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै शान्ति टोलस्थित मकवानपुर उद्योग वाणिज्य संघ चोकदेखि लोकप्रिय होटलसम्मको सडकखण्डमा सडक छेउका अस्थायी टहरा, संरचना र अन्य अव्यवस्थित निर्माणहरू हटाइने जानकारी दिएको हो । उक्त क्षेत्रमा पेटीको व्यवस्था नहुँदा पैदलयात्रीहरू सिधै मुख्य राजमार्गबाट हिँड्न बाध्य छन् । सडकमा सवारी चाप उच्च भएकाले पैदलयात्रीको सुरक्षामा गम्भीर जोखिम देखिएको छ । वडाका अनुसार, साइड क्लियरेन्सको क्रममा ढलबाट तीन मिटरभित्र रहेका अस्थायी टहरा, टिनका घर, टेबल, कुर्सी लगायतका वस्तु हटाइने छन् । यसपछि सो क्षेत्रमा व्यवस्थित ढंगले फुटपाथ निर्माण गरिनेछ । सम्बन्धित सडक त्रिभुवन राजपथ अन्तर्गत पर्ने भएकाले ५० मिटर सडक विस्तारको योजना स्थ...
एसईईमा शतप्रतिशत नतिजा निकालेको शारदा मा.वि.ले खुशी मनाए

एसईईमा शतप्रतिशत नतिजा निकालेको शारदा मा.वि.ले खुशी मनाए

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरगढी–५ स्थित शारदा माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत नतिजा निकाल्दै उत्कृष्ट शैक्षिक सफलता हासिल गरेको छ । विद्यालयबाट परीक्षा दिएका २५ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन् । उल्लेखनीय उपलब्धिको अवसरमा विद्यालयले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सफल विद्यार्थीहरू र अभिभावकहरूलाई माला लगाई सम्मान गर्दै खुशी मनाएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले पाँच वर्षे बहु–योजना बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँले मकवानपुरगढीको समृद्धिको आधार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई मानेर अघि बढिरहेको उल्लेख गर्नुभयो । अध्यक्ष लामाले पाँच वर्षे योजनाको पहिलो वर्षमै शिक्षामा छलाङ मार्नुपर्ने लक्ष्य रहे पनि तत्कालीन समयमा त्यो सफल हुन नसकेको बताउनुभयो। तर निरन्तर प्रयास गर्दै जाँदा यस श...
हेटौंडामा ट्रक दुर्घटना – चालकको मृत्यु, सहचालक सामान्य घाइते

हेटौंडामा ट्रक दुर्घटना – चालकको मृत्यु, सहचालक सामान्य घाइते

Breaking News 1, समाचार
हेटौंडा /  हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेमा भारतको वनारसबाट रिद्धिसिद्धि सिमेन्ट उद्योगका लागि कोइला बोकेर ल्याउँदै गरेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक सामान्य घाइते भएका छन् । दुर्घटना आज बिहान करिब २:३० बजे पूर्व–पश्चिम लोकमार्गस्थित चार्जिङ पोइन्ट नजिकै भएको हो । यूपी ६१ एटी ०९६२ नम्बरको लहरी ट्रकको ब्रेक फेल भएपछि ट्रक सडकको दाहिने किनारमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । ट्रक पल्टिएर चालक ट्रकभित्रै च्यापिएपछि तत्काल उद्धार कार्य सुरु गरिएको थियो । दुई वटा क्रेनको सहायतामा बिहान ४:४५ बजे भारतको गाजीपुर, पुरैनिया बस्ती निवासी ४५ वर्षीय चालक महेन्द्र यादवलाई अचेत अवस्थामा निकालिएको थियो । उहाँलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको भए पनि डाक्टरले मृत घोषणा गरेका हुन् । हाल मृतकको शव हेटौंडा ...
गैर आवसीय नेपाली संघ, दक्षिण कोरियाको अध्यक्षमा पार्वती मोक्तानको उम्मेद्वारी, को हुँन् मोक्तान ? के छ चुनावी प्रतिवद्धता ?

गैर आवसीय नेपाली संघ, दक्षिण कोरियाको अध्यक्षमा पार्वती मोक्तानको उम्मेद्वारी, को हुँन् मोक्तान ? के छ चुनावी प्रतिवद्धता ?

Breaking News 1, प्रमुख समाचार, प्रवास, राजनीति, समाचार, समाज
अञ्जना तामाङ दक्षिण कोरिया । गैर आवसीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको २०२५ २०२७ को लागि पार्वती मोक्तानले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष समेत रहेकी मोक्तानले आफ्नो चुनावी संकल्प सहित एयस पोडकाष्ट र आफ्नो सामाजिक सञ्जाल फेसब्क मार्फत उम्मेद्वारी घोषणा गरेकी हुन् । दक्षिण कोरियाको नेपाली समाजमा सकृय सामाजिक अभियान्ताको परिचय बनाउन सफल पार्वती मोक्तानले संघमा आफ्नो बलियो दावेदारी सहित उम्मेद्वारी घोषणा गरेका हुन् । अध्यक्षका उम्मेद्वार मोक्तानले एनआएनएको सदस्य बन्ने समय यहि जुन ३० गतेसम्म रहेकोले तत्काल स्मार्ट एनआरएनए डाउलोड गरेर सदस्य फारम भरेर सदस्य बन्न समेत आग्रह गरेकि छिन् । को हुन् पार्वती मोक्तान ? मनाङ जिल्लामा जन्मिएर सन् १९९५ मा दक्षिण कोरिया प्रवेश गरेकी पार्वती मोक्तान हाल दक्षिण कोरियामा व्यवसाय संगै सामाजिक कार्यमा ...
झिल्किनीको जलपरी झरना र चमेरो गुफा राक्सिराङको नयाँ पर्यटकीय सम्भावना

झिल्किनीको जलपरी झरना र चमेरो गुफा राक्सिराङको नयाँ पर्यटकीय सम्भावना

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
मकवानपुर / मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–३ मा अवस्थित झिल्किनी गाउँ अहिले पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै गएको छ । झिल्किनीमा रहेको जलपरी झरना र चमेरो गुफा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । प्रदेश सरकार र राक्सिराङ गाउँपालिकाको संयुक्त लगानीमा झिल्किनी क्षेत्रको पर्यटन पूर्वाधार विकास भइरहेको छ । हालसम्म करिब १ करोड २३ लाख रुपैयाँको लगानीमा पार्क निर्माण सम्पन्न भएको छ। उक्त पार्कभित्र भगवान बुद्धको भव्य मूर्ति, जलपरीको कलात्मक शिल्प, र पर्यटकका लागि प्रतीक्षालय निर्माण गरिएको छ । पर्यटकलाई बस्न, घुम्न र विश्राम गर्न सहज वातावरण बनाउन आवश्यक संरचना विस्तार गरिएको  छ । जलपरी झरनाको ठीक छेउमै रहेको चमेरो गुफा धार्मिक र प्राकृतिक दृष्टिकोणले झनै आकर्षक मानिन्छ। गुफाभित्र शिवको मूर्ति राखिएको छ भने सयौँ चमेराहरूको बास यही गुफामा पाइन्छ, जसले यसला...

“युवाको विकास र रोजगारीमा प्रदेश सरकार गम्भीर छ” – मन्त्री तामाङ

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुईवटा तालिम एकै दिन समापन गरिएको छ । बागमती प्रदेश उद्योग तथा वाणिज्य कार्यालयको आर्थिक सहयोगमा जिल्ला लघु उद्यम संघ (डिमेगा) मकवानपुरले ३० दिने नेपाली कागज उत्पादन तालिम सञ्चालन गरेको थियो भने राक्सिराङ गाउँपालिका र प्रदेश व्यावसायिक शिक्षा तथा तालिम परिषद्को आर्थिक सहयोगमा हाम्रो प्रशिक्षण केन्द्रले ३९० घण्टे केयर गिभर तालिम दिएको छ । दुवै तालिमको समापन कार्यक्रम डिमेगा मकवानपुरका अध्यक्ष दिपेन्द्र रोक्काको अध्यक्षतामा र बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मन्त्री तामाङले प्रदेश सरकारले युवालाई स्वदेशमै रोजगारी दिने लक्ष्यमा प्रतिबद्ध रहेको बताइन् । उनले आगामी आर्थिक वर्षमा सीमांतकृत समुदायलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउने योजना रहेको जानकारी दिइन् ...
बागमती प्रदेश सरकारले ल्यायो ६७ अर्वको बजेट

बागमती प्रदेश सरकारले ल्यायो ६७ अर्वको बजेट

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष ८२÷८३ का लागि ६७ अर्वको बजेट ल्याएको छ । आइतबार भएको प्रदेशसभा बैठकमा बागमती प्रदेश सरकारका तर्फवाट आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा करिब ५ प्रतिशतले वृद्धि भएको हो । प्रदेश सरकारले यस पटकको बजेटमा भौतिक पूर्वाधार र सामाजिक विकासलाई उच्च प्राथमिकतामा राख्दै आर्थिक समृद्धि र जनजीवन सुधारमा केन्द्रित कार्यक्रमहरू अघि बढाउने लक्ष्य लिएको छ । प्रस्तुत बजेटमा कृषी तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्व ६३ करोड ४२ लाख बजेट बिनियोजन गरेको छ । सस्कृती तथा पर्यटन मन्त्रालयलाई ३ अर्ब ६७ करोड ७० लाख त्यसैगरि सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि २५ करोड ७८ लाख,उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्रालय ७७ करोड ९६ लाख ब...
तामाङ पत्रकारहरूका लागि पहिलोपटक मकवानपुरमा तामयिक लिपि प्रशिक्षण सम्पन्न

तामाङ पत्रकारहरूका लागि पहिलोपटक मकवानपुरमा तामयिक लिपि प्रशिक्षण सम्पन्न

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा /  तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा तामाङ पत्रकारहरूका लागि लक्षित गर्दै तीनदिने तामयिक लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जेठ २८ गतेदेखि सुरु भएको यो कार्यक्रम मकवानपुर जिल्लामा पहिलोपटक तामाङ पत्रकारहरूका लागि सञ्चालन गरिएको हो । संघका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मकवानपुर जिल्लाभरिका तामाङ पत्रकारहरूका साथै तामाङ समुदायका सांस्कृतिक अभियन्ता, बुद्धिजीवी तथा अग्रजहरूको उल्लेखनीय सहभागिता रहेको थियो । तामाङ भाषाको मौलिक लिपि ‘तामयिक’ सिकाउने उद्देश्यसहित सञ्चालन गरिएको यस प्रशिक्षणले तामाङ भाषा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा अभिलेखीकरणमा महत्वपूर्ण योगदान पुगाउने विश्वास आयोजकले व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य मेम्बर लो र घेदुङ बागमती प्रदेश अध्यक्ष लिला कुमार घलानले प्रशिक्षकका रूपमा सहजीकरण...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"