Breaking News 1

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र गण्डकी विजयी

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र गण्डकी विजयी

Breaking News 1, खेलकुद
काठमाण्डौ /प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश विजयी भएका छन् । भैरहवाको सिद्धार्थनगरमा भएको खेलमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४ विकेटले हरायो । एपीएफले दिएको १ सय २२ रनको लक्ष्य आर्मीले २३ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । आर्मीका कप्तान विनोद भण्डारीले नट आउट ३४ रन बनाए । एपीएफका रमेश कुर्मीले ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको एपीएफ ३२ ओभर ४ बलमा १ सय २१ रनमा अल आउट भयो । एपीएफका कप्तान रोहित पौडेलले ५९ रन बनाए । आर्मी ६ अङ्कसहित तालिकाको चौथो र एपीएफ ४ अङ्कसहित सातौँ स्थानमा छ । उज्यालो नेर्टोकबाट साभार गरिएको...
संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सरकारबाट सिफारिस

संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सरकारबाट सिफारिस

Breaking News 1, राजनीति, समाचार
काठमाडौं/ सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपरान्ह ४ बजे संघीय दुवै सदनको संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बताउनु भयो । राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको पद लामो समयदेखि रिक्त थयो । उहाँले राष्ट्रिय खेलकुद विकास नियमावली ०७९ को नियम १६ को उपनियम १ को खण्ड (क) बमोजिम मनोनयन गर्ने निर्णय गरिएको बताउनु भयो ।...
हेटौंडा ४ नम्बर वडाको आयोजनामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम १२ गते हुदै

हेटौंडा ४ नम्बर वडाको आयोजनामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम १२ गते हुदै

Breaking News 1, बागमती प्रदेश, शिक्षा, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका हेटौंडा - ४ नम्बर वडाको आयोजनामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । माघ १२ गते शुक्रबारका दिन हेटौंडा- ४ स्थित रोयल पार्टि प्यालेसमा प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुन लागेको हेटौंडा  - ४ नम्बर वडाले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।   हेटौंडा -४ मा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक अध्ययन तथा गुणस्तर सुधारको लागि उक्त कार्यक्रम गर्न लागेको शैक्षिक सुधार समिति हेटौंडा उपमहानगर - ४ का अध्यक्ष्य श्री राम दाहालले बताएका छन् । विद्यार्थिहरुको सिर्जनशिल प्रतिभा, गायन र नृत्य कलालाई प्रदर्शन गर्न लागेको जनाएको छ । उक्त प्रदर्शनि कार्यक्रममा वडा भित्र संञ्चालित विद्यालयले गरेको अभ्यासको प्रस्तुतिकरण गराउने, विद्यालय विद्यालय बिच प्रतिस्पर्धा गराउने ,विद्यार्थिहरुको शिर्जनशिलत...
हेटौंडामा लागूऔषध खैरो हिरोइन सहित एक जना पक्राउ

हेटौंडामा लागूऔषध खैरो हिरोइन सहित एक जना पक्राउ

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा / लागूऔषध खैरो हिरोइन २५ ग्राम १०० मिलिग्राम सहित एक जना पक्राउ परेको छ । बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ६१५५ नम्बरको सुमो गाडीमा चेक जाँच गर्दा लागूऔषध खैरो हिरोइन सहित एक जना पक्राउ परेको हो । पक्राउ पर्नेका काठमाण्डौ बागेश्वरी नगरपालिका– ७ थली बस्ने २१ वर्षको उमेश परियार रहेका छन् र्। ा निजले लगाएको कालो ज्याकेटको खल्तिमा लागूऔषध हिरोइन फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । हिरोइनसहित उमेशलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।...
प्रधानमन्त्रीको निर्देशन तत्काल चालक अनुमति पत्र उपलब्ध गराउनू

प्रधानमन्त्रीको निर्देशन तत्काल चालक अनुमति पत्र उपलब्ध गराउनू

Breaking News 1, मुख्य समाचार, समाचार
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ । हरेक दिनजसो केही न केही निर्देशन दिँदै आउनुुभएका प्रधानमन्त्रीले हिजो चालक अनुुमति पत्र दिन यातायात व्यवस्था विभागलाई निर्देशन दिनुुभएको हो ।   यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अर्को हप्तादेखि लाइसेन्स छपाइको प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुुभएको छ । उहाँका अनुसार लाइसेन्स छाप्नको लागि ६ लाखप्रति कार्ड जर्मनीबाट आइसकेको छ र कार्डको गुणस्तर जाँच गरेपछि पूर्ण क्षमतामा लाइसेन्स छपाइको काम शुरु हुन्छ । छपाइ कार्ड सकिएकाले सात महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको विभागले एक हप्तापछि पूर्ण रूपमा छपाइ शुरु हुने जनाएको हो । उज्यालो नेर्टोकबाट साभार गरिएको...
झुरझुरेमा जनमुक्ति सेना नेपाल पीएलए मकवानपुर को तेस्रो भेला

झुरझुरेमा जनमुक्ति सेना नेपाल पीएलए मकवानपुर को तेस्रो भेला

Breaking News 1, बागमती प्रदेश, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/मकवानपुरको बागमति गाउँपालिका स्थित झुर झुरझुरेमा सोमबार सञ्चालन गरिएको छ । जनमुक्ति सेना नेपाल जिल्ला समिति मकवानपुरले भेला सञ्चालन गरिएको हो । नेकपा माओवादि केन्द्रका केल्द्रिय महा सचिव देव गुरुङको प्रमुख आथिथ्यतामा भेला भएको थियो । महा सचिव गुरुङले २०६२ ६३ को जनयुद्धमा परी ज्यान गुमाएका परिवारहरुलाई शोक समेत व्यक्त गरेका छन् । बागमतिको झुरझुरे थलिमा माघ ८ गते आल्दोलनको क्रममा एकै दिन २९ जना सहिद भएका थिए । झुरझुरे युद्ध मैदानलाई ऐतिहासिक संगा्रहालयको रुपमा निर्माण गर्ने बताएका छन् ।  ...
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पाचौँ अधिवेशन फेब्रुअरी १० मा हुने

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पाचौँ अधिवेशन फेब्रुअरी १० मा हुने

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रवास, बागमती प्रदेश, मुख्य समाचार, समाचार, समाज
  दक्षिण कोरिया / सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाको पाचौं अधिवेशन सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखका दिन बिहान ११ बजे सौलको 서울시 중구 마른내로 १४६,७ 층 서울 이여성상담센터 हुने भएको छ। “आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलन को आधार” मुल नारा लिएर सन् २०१४ मा कोरियामा रहेका सिन्धुपाल्चोक बासीहरू मिलेर स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो कार्यसमितिको बैठकबाट समाजको पाँचौ अधिवेशन फेब्रुअरी १० तारिख शनिबारका दिन ११ बजे गर्ने निर्णय गरिएको हो। अधिवेशनलाइ सफल पार्नको लागि संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, सम्पुर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लाई उपस्थितीका लागि आयोजकले निमन्त्रणा समेत गरेको छ।  ...

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन

Breaking News 1, मुख्य समाचार, समाचार
काठमाडौं / सत्तारुढ दल नेपाली काँग्रेसको भ्रातृ संगठनले माइतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । आइतवार काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघरमा सरकारले लगाएको निषेधाज्ञा हटाउन माग गर्दै विरोध प्रदर्शन गरेको हो । निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेसँगै उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले माइतीघरको निषेधाज्ञा खारेज गर्, अभिव्यक्ति स्वतन्त्रता कामय गर् लगायतका प्लोकार्ड र नारा लगाएर विरोध प्रदर्शन गरेका थिए ।...
राष्ट्र बचाउ अभियान अन्तरर्गत प्रसाई हेटौंडामा- यसरी गरे ठुला दलका नेतालाई च्यालेन्ज

राष्ट्र बचाउ अभियान अन्तरर्गत प्रसाई हेटौंडामा- यसरी गरे ठुला दलका नेतालाई च्यालेन्ज

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, समाचार, समाज, स्थानीय तह विशेष
अन्जना तामाङ हेटौंडा/ राष्ट्र राष्ट्रियता र धर्म संस्कृति र नागरिक बचाउ अभियानलाई दुर्गा प्रसाईले देशका विभिन्न स्थानमा सभा सञ्चालन गर्दै आएका छन् । यसै अभियानको सन्दर्भमा बागमति प्रदेशको राजधानि हेटौंडामा पनि शनिबार सभा सञ्चालन गरिएको हो । यस अभियानलार्ई प्रसाईले मिटर ब्याज पिडित र सहकारी पिडितहरुको बिषयलाई लिएर सम्बोधन गरेका थिए । मिटर ब्यािज र सहकारी पिडितलाई मन्चमै राखेर उनिहरुका समस्यालाई औल्याए । प्रसाईलाई सभाकै समयमा सहकारी, लघुवित्त पिडितहरुले निवेदन र घर लिनाम गरिएका पत्रिकामा छापिएका समाचार ल्याएर दिएका थिए । २०२८ सालमा उद्योगपतिहरुलाई समान्ति भनेर टाउको काटी राज्यको दोहन गरेको कम्युनिष्टहरुलाई ठाडो आरोप लगाए । सर्बाहारा वर्गका मानिसहरुको मत लिएर अहिले बिचल्लि बनाएको उनले बताए । प्रसाई माथि मोसो लगाउन लाउने र चप्पल हान्न लगाएकोमा आफुले सहकारी ठगी नगरेको भन्दै केहि फरक नपर्ने बत...
पहिचानवादीसँग वार्ताकालागि कोशी प्रदेश सरकारले बनायो वार्ता समिति

पहिचानवादीसँग वार्ताकालागि कोशी प्रदेश सरकारले बनायो वार्ता समिति

Breaking News 1, प्रदेश १, प्रमुख समाचार, समाचार
६ माघ, विराटनगर - कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षधर पहिचानवादीसँग वार्ताकालागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषदको शनिबार बसेको बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको हो । सदस्यहरुमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रती र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेका छन् । गत फागुन १७ गतेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचानवादी पक्षले पुन: नामाकरणको माग गर्दै आन्दोलन गर्दै आएका छन् । त्यसक्रममा पहिचानवादी पक्षधर पदम लिम्बुको मृत्यु भएपछि आन्दोलन झन् सशक्त हुँदै आएको छ । उनीहरुले संघीय र प्रदेश मन्त्री तथा सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा आउजाउ गर्न समेत ठप्प गर्दै आएका छन् । मुख्यमन्त्री केदार कार्कीले किरात सभ्यतालाई शिरमा राखेर आदिवासी जनजातिको पहिचान कायम गर...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"