आदिवासी जनजाति महासंघद्वारा राजदूत तुम्वाहाम्फे समक्ष ज्ञापन पत्र एवं ध्यानाकर्षण पत्र बुझाइयो
दक्षिण कोरिया ।
दक्षिण कोरियामा रहेको नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा महासंघ आबद्ध जातीय संस्थाहरू तथा सम्बद्ध संघ-संगठनहरूले नेपालमा भइरहेको मुक्कुमलुङ केवलकार परियोजनासम्बन्धी विवाद र त्यसका क्रममा भएको राज्यपक्षीय हस्तक्षेप तथा दमनको विरोधमा ज्ञापन पत्र बुझाएका छन्।
आइतबार, नेपाली राजदूतावास, सौल दक्षिण कोरियामा उपस्थित भई महामहिम राजदूत डा. शिवमाया तुम्बाहाम्फे मार्फत नेपाल सरकारलाई सम्बोधन गरिएको ज्ञापन पत्र हस्तान्तरण गरिएको हो। साथै, केही समयअघि आत्माहत्यागरी ज्यान गुमाएका तुलसी पुन मगरको घटनाको छानबिन र न्याय सुनिश्चित गर्न माग गर्दै विशेष ध्यानाकर्षण पत्र पनि बुझाइएको छ।
ज्ञापन पत्र बुझाउने टोलीको नेतृत्व महासंघका संरक्षक लोचन राई तथा वरिष्ठ उपाध्यक्ष शुभराज भोम्जनले गर्नुभएको थियो। साथै, महासंघमा आबद्ध जातीय संस्थाका अध्यक्षहरू, सल्लाहकारहरू, तथा अन्य सरोकारवालाहरू ...








